NMB Bank
prabhumoneytransfer
NIC ASIA Bank 2-  2024

यातायातमन्त्री दाहालले सार्वजनिक गरे एक महिनाको उपलब्धि

 

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पद बहालीको एक महिना अवधिमा हासिल भएका उपलब्धिहरु सार्वजनिक गरेका छन् ।

आइतबार मन्त्रालयमा एक कार्यक्रमको आयाजना गरी एक महिना अवधिमा हासिल भएका उपलब्धिहरु सार्वजनिक गरेका हुन् ।

उनले मन्त्रालयबाट तयार भएको राष्ट्रिय यातायात नीति, २०८१ नेपाल सरकार (मन्त्रीपरिषद्) बाट स्वीकृतिका लागि पेश भएको जानकारी दिए । मन्त्रालय अन्तर्गतका सबै विभागहरुको वर्तमान अवस्थाको ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने कार्य सम्पन्न भएको उनको भनाई छ ।

उनले भने,‘मन्त्रालयबाट तयार भएको राष्ट्रिय यातायात नीति, २०८१ नेपाल सरकार (मन्त्रीपरिषद्) बाट स्वीकृतिका लागि पेश भएको छ । मन्त्रालय अन्तर्गतका सबै विभागहरु (सडक विभाग, रेल विभाग, यातायात विभाग र पानी जहाज कार्यालय) को वर्तमान अवस्थाको ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने कार्य सम्पन्न भएको छ ।’

त्यस्तै वर्षात् अवधिभर राष्ट्रिय राजमार्गहरुमा यातायात अवरोध नहुनेगरी आवश्यक व्यवस्था गरिने र अवरोध भएको खण्डमा विशेष अवस्थामा वाहेक बढिमा २ घण्टा भित्र अवरोध हटाई सवारी सुचारु गर्ने व्यवस्था मिलाईएको भन्दै सो कार्यका लागि १३५ वटा यान्त्रिक उपकरणहरु विभिन्न सडक खण्डमा तैनाथ अवस्थामा राखिएको र १२९ वटा यान्त्रिक उपकरणहरु आवश्यकता अनुसार तत्काल परिचालन हुने गरि राखिएको जानकारी दिए ।

उनले भने,‘वर्षात् अवधिभर राष्ट्रिय राजमार्गहरुमा यातायात अवरोध नहुने गरी आवश्यक व्यवस्था गरिने र अवरोध भएको खण्डमा विशेष अवस्थामा वाहेक बढिमा २ घण्टा भित्र अवरोध हटाई सवारी सुचारु गर्ने व्यवस्था मिलाइएको छ । सो कार्यका लागि १३५ वटा यान्त्रिक उपकरणहरु विभिन्न सडक खण्डमा तैनाथ अवस्थामा राखिएका छन् भने १२९ वटा यान्त्रिक उपकरणहरु आवश्यकता अनुसार तत्काल परिचालन हुने गरि राखिएको छ ।’

वर्षातका कारण अवरुद्ध हुने सडक यातायातको लाइभ जानकारी मन्त्रीज्यूको कार्यकक्षमै हुने गरी रोड क्लोजर अपडेटको सिस्टम जडान, निर्माणधीन बाहेकका प्रमुख राजमार्गहरुमा प्रथम चरणको पटके मर्मत कार्य सम्पन्न गरी पटके मर्मत कार्यका लागि सबै सडक डिभिजन कार्यालयहरुबाट बोलपत्र आव्हानको सूचना प्रकाशन, चालक अनुमतिपत्रलाई राष्ट्रिय परिचयपत्रसँग आवद्ध गर्ने प्रयोजनको लागि राष्ट्रिय परिचयपत्र तथा तथा पन्जिकरण विभाग र यातायात व्यवस्था विभागबीच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न जस्ता कार्यहरु सम्पन्न गरिएको उनले जनाएका छन् ।

 

उनको अनुसार बर्दिवास–निजगढ (चोचा) खण्डको सम्पन्न हुन बाँकी तीन वटा रेलपुल मध्ये दुई वटा रेलपुल (मराहा र बर्दिवास) सम्पन्न भएको छ भने समग्र मन्त्रालय तर्फ आ.व. २०८१÷८२ मा विनियोजन भएको बजेट मध्ये श्रावण मसान्तसम्म रु.६ अर्ब १८ करोड खर्च भइ ४.११ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ ।

 

टुँडिखेलमा फूलपाती बढाइँ कार्यक्रम [तस्बिरहरू]

टुँडिखेलमा फूलपाती बढाइँ कार्यक्रम [तस्बिरहरू]

वि.सं.२०८१ असोज २४ बिहीवार २१:४६

काठमाडौँ । दसैँको सातौँ दिन बिहीबार फूलपाती बढाइँ गरिएको छ।...

दशैंमा दिइने आशीर्वाद श्लोकमा देवीदेवता तथा पौराणिक पात्रहरुको व्याख्या गरिन्छ : प्राडा भट्टराई

दशैंमा दिइने आशीर्वाद श्लोकमा देवीदेवता तथा पौराणिक...

वि.सं.२०८१ असोज २४ बिहीवार ११:०६

  काठमाडौं । हिन्दुृहरुको महान चाड दशैंको प्रमुख विशेषता भनेकै...

जग्गा सम्बन्धी व्यवस्था पुनरावलोनका लागि कार्यदल गठन

जग्गा सम्बन्धी व्यवस्था पुनरावलोनका लागि कार्यदल गठन

वि.सं.२०८१ असोज २३ बुधवार २२:४७

काठमाडौं । शहरी विकास मन्त्रालयले जग्गा आवास विकासमा देखिएका समस्या...

प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा बुढानिलकण्ठमा नयाँ रिसोर्टको उद्घाटन

प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा बुढानिलकण्ठमा नयाँ...

वि.सं.२०८१ असोज २३ बुधवार २२:२२

काठमाडौँ २३ असोज । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व...

गौशाला धर्मशाल सम्बन्धमा हामीमाथि अन्याय भयो : मारवाडी सेवा समिति

गौशाला धर्मशाल सम्बन्धमा हामीमाथि अन्याय भयो :...

वि.सं.२०८१ असोज २३ बुधवार २२:०९

  काठमाडौं । लामो समयदेखि मारवाडी सेवा समितिले सस्तो भाडामा...

श्रमिकको मुद्दा साझा समस्याको रुपमा देखिएको छ  : अर्थमन्त्री पौडेल

श्रमिकको मुद्दा साझा समस्याको रुपमा देखिएको छ ...

वि.सं.२०८१ असोज २३ बुधवार २१:५८

  काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले, श्रमिकका मुद्दाहरु कुनै एउटा...