Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

सञ्चार क्षेत्रको पुरानो नीति र ढाँचा परिवर्तन गर्न आवश्यक छ : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सूचनाको हकलाई व्यवस्थित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
सोमबार राष्ट्रिय सूचना दिवसको अवसरमा बोल्दै मन्त्री गुरुङले सूचना र सञ्चारको क्षेत्रमा सरकारले धेरै काम गर्न बाँकी रहेको बताएका हुन् ।

 

उनले भने, ‘सूचनाको हक सम्बन्धिको ग्यारेन्टी त छँदै छ, तर पनि सूचनाको हकलाई व्यवस्थित गर्न सरकार प्रतिबद्ध रहेको जानकारी गराउँछु । सही ढंगले सञ्चालन नियमन कसरी गर्न सकिन्छ त्यसको लागि सरकारप्रतिबद्ध छ । सूचना र सञ्चारको क्षेत्रमा सरकारले धेरै काम गरिसकेको अवस्था छ, तर पनि जति हुनुपथ्यो त्यति पर्याप्त भएका छैन ।’

 

साथै उनले धेरै काम भए पनि पर्याप्त मात्रामा नभएको जिकिर गरे। उनले नेपालमा भएका सञ्चार क्षेत्र सबै पुरानो नीतिमा चलेको बताए ।
उनले भने, ‘सूचनासँग जोडिएको क्षेत्रलाइ संस्थागत विकास कसरी गर्ने भनेर सोच्नुपर्छ । नेपालमा जति पनि संञ्चार क्षेत्र छन् ,सबै पुरानो नीतिमा चलिरहेका छन् ।

 

यसको लागि ढाँचाहरू परिवर्तन गर्नुपर्छ, नीति नियमको हिसाबले जनताको सूचनाको हकलाई धेरै व्यवस्थित गर्नुपर्छ, नेपाल सरकार चुस्त दुरूस्त बनाउन लागिरहेको छ।’

बजेटमा व्यवस्था गरिएको ‘टेक एण्ड पे–पीपीए’ दुर्भाग्यपूर्ण

बजेटमा व्यवस्था गरिएको ‘टेक एण्ड पे–पीपीए’ दुर्भाग्यपूर्ण

वि.सं.२०८२ असार ९ सोमवार २२:००

  काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा राखिएको नदी प्रवाही...

पोखरा महानगरको १७ औं नगरसभा प्रारम्भ, ८ अर्ब ३५ करोड बजेट सार्वजनिक

पोखरा महानगरको १७ औं नगरसभा प्रारम्भ, ८...

वि.सं.२०८२ असार ९ सोमवार २१:५३

पोखरा । पोखरा महानगरपालिकाको १७ औं नगरसभा आइतबारबाट औपचारिक रूपमा...

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना...

वि.सं.२०८२ असार ८ आइतवार २३:४६

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास...

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित उपयोग गर्नुपर्ने

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित...

वि.सं.२०८२ असार ८ आइतवार १९:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’...

वि.सं.२०८२ असार ८ आइतवार १७:२३

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ’टेक एण्डे पे’...

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको स्ववियु वैधानिक, दुवै रिट खारेज

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको...

वि.सं.२०८२ असार ७ शनिवार २२:५४

  काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी...