Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

सभापति देउवालाई ३२ बर्षअघि लगेको पुस्तक फिर्ता गर्न आग्रह

काठमाडौँ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले ३२ बर्षअघि लगेको एउटा पुस्तक फिर्ता नगरेको विषयले चर्चा पाएको छ ।

काठमाडौँको बत्तीपुतलीमा आयोजित स्वर्गीय नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको दोस्रो स्मृति सभामा अभियन्ता भारती सिलवालले कांग्रेस सभापति देउवालाई धेरै वर्षअघि लगेको आफ्नो एक पुस्तक फिर्ता गर्न आग्रह गरेपछि अधिकांश वक्ताले सोही विषयलाई लिएर देउवाको व्यङ्ग्य गरेका छन् ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारती सिलवाल गिरिले कांग्रेसका सभापति देउवा पढ्ने व्यक्ति भएको सन्देश दिन खोजेको भन्दै व्यङ्ग्य गरे ।

पोखरेलले स्व. प्रदीप गिरिकी पत्नी भारतीले ३२ वर्षअघि देउवाले पुस्तक लगेपनि फिर्ता नगरेको आरोप लगाएकी थिइन् सोही प्रसंगमा सम्बन्धित रहेर उनले यस्तो बताएका हुन् ।

उनले भने,‘‘आज भन्दा ३२ वर्षअघि प्रमुख अतिथिजीले उहाँबाट एउटा किताब लिएर जानुभएछ । ३२ वर्षपछि उहाँले किताबको अपेक्षा गरेर प्राप्त हुन्छ भनेर चर्चा गरेको जस्तो मलाई लागेन । उहाँले बढो जोडका साथ भन्नुभयो तर पुस्तक पाइन्छ भनेर चर्चा गरेको ठानेको छैन् । त्यसले दुई सन्देश देखेको छु ।

एउटा नेपालका नेताहरूले पढ्दैनन् भन्ने भाष्यलाई चिर्ने सन्देश गएको देउवाजी पढ्ने मान्छे हो भन्ने सन्देश दिन खोज्नुभयो । दोस्रो कुरा, राजनीति गर्ने मान्छे पढ्नु पर्दछ जे.कृष्णमूर्तीको जस्ता किताब सहभागीले पनि पढ्नुभयो भने समाजलाई बुझ्न सहज हुन्छ भन्ने सन्देश दिन खोज्नुभयो ।’

सिलवालले शेरबहादुर देउवाले आफ्नो अनुमतिविना किताब लगेको र अझैसम्म फिर्ता नदिएको बताएकी थिइन् । उनले १९९० तिर देउवाले आफ्नो कोठाबाट जयकृष्णमुर्तिको किताब लगेको बताइन् ।

उनले भनिन्,‘मेरो एउटा किताब जयकृष्णमूर्तिको हातमा लिएर जान थाल्नुभयो मेरो अनुमतिविना । के थियो त्यसको नाम याद छ शेरबहादुरजी तपाईंलाई ?’ उनले आफू ३२ वर्ष अगाडिको किताबको प्रतिक्षामा रहेको बताइन् ।

 

 

 

 

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्‍यो जानकारीमूलक गाइड

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले...

वि.सं.२०८२ असार २६ बिहीवार २३:०७

  काठमाडौं, जुलाई १०, २०२५ — नेपालमा मनसुन बाढीको प्रकोप...

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान’ले सम्मानित

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान’ले...

वि.सं.२०८२ असार २६ बिहीवार २३:००

  काठमाडौं । नेपाल जनप्रशासन सङ्घले यस वर्ष ‘हेमबहादुर मल्ल...

आतंकवाद विरुद्ध नेपाललाई समन्वित सुरक्षा संयन्त्र र विमुक्तिकरण कार्यक्रम आवश्यक

आतंकवाद विरुद्ध नेपाललाई समन्वित सुरक्षा संयन्त्र र...

वि.सं.२०८२ असार २६ बिहीवार २२:५१

  ९ जुलाई, काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय सहयोग तथा संलग्नता...

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे, नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे, नयाँ...

वि.सं.२०८२ असार २६ बिहीवार ०९:००

  काठमाडौँ । नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन...

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रविधिसम्बृद्ध यात्रा

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स...

वि.सं.२०८२ असार २६ बिहीवार ०८:५५

  काठमाडौँ । ललितपुरको हरियालीले भरिएको हात्तीवनमा अवस्थित लिटिल एन्जल्स...

गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री

गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र...

वि.सं.२०८२ असार २६ बिहीवार ०८:४८

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज गुरु पूर्णिमाको...