कांग्रेस–एमालेबीच भएको सहमतिमा शंका गर्नुपर्दैन् : सभापति देउवा
Tuesday Aug 20, 2024
वि.सं.२०८१ भदौ ४ मंगलवार २३:१४
काठमाडौं । नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले नेकपा एमालेबीच भएको सहमतिमा शंका नगर्न आग्रह गरेका छन् ।
नेपाली कांग्रेसका नेता प्रदीप गिरिको दोस्रो स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
उनले भने, ‘ओलीजी र मबीच भएको सहमतिमा कुनै शंका÷उपशंका नगर्दा पनि हुन्छ । हामीले संविधान संशोधन भनेका छौँ । त्यसमा दुईवटा पार्टी मिलिसक्यौँ । अरु पार्टीको खिलाप हुँदै होइन । यो सोच÷विचार नै गरिएको सहमति हो ।’
साथै उनले अब माओवादी, एकीकृत समाजवादीलगायतका दलहरू पनि एक ठाउँमा आउनुपर्ने बताए । प्रसङ्ग बदल्दै देउवाले प्रदीप गिरि ज्ञानको भण्डार रहेको समेत जिकिर गरे ।
साथै उनले अभियन्ता भारती सिलवाललाई किताब लिएकोबारे आफूलाई जानकारी नभएको जवाफ दिएका छन् ।
‘के किताब उहाँको मैले लगेँ भनेर मलाइ सम्झना छैन । किताबले मलाई फाइदा भएको होला ।
धन्यवाद दिन चाहन्छु’, देउवाले भने । कार्यक्रममा देउवा भन्दा अगाडि मन्तव्य दिएकी सिलवालले धेरै वर्षअघि लगेको आफ्नो एक पुस्तक फिर्ता गर्न आग्रह गरेकी थिइन् ।