BYD : Content Block  Release Date: 27th Aug 2024
NIC ASIA Bank Ltd.
राजस्व अनुसन्धान  विभाग

स्वास्थ्य मन्त्रालयद्धारा अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा आविष्कार केन्द्रलाई

 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितीमा बुधबार मन्त्रालय र केन्द्रबीच हस्ताक्षर भएको छ ।

मन्त्रालयका तर्फबाट गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदन उपाध्याय र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

अस्पतालमा खेर गैरहेका उपकरण मर्मत गर्नका लागि सघाउन मन्त्री पौडेलले केही दिन अघि पुनसँग आग्रह गरेका थिए । त्यसलगत्तै मन्त्रालयले उनी नेतृत्वको केन्द्रसँग औपचारिक सम्झौता गरेको हो ।

अब केन्द्रले हाल मन्त्रालयअन्र्तगतका १७ अस्पतालमा बिग्रिएर रहेका स्वास्थ्य उपकरणको अवस्थाबारे जानकारी लिनेछ । त्यसपश्चात मर्मत सम्भव भएका सबै उपकरणको केन्द्रका प्राविधिकहरुले मर्मत गर्नेछन् ।

हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री पौडेलले अस्पतालमा मर्मत अभावमा उपयोगमा आउन नसकेका उपकरणलाई केन्द्रको सहयोगमा मर्मतपछि उपचार सेवामा सहजता आउने विश्वास व्यक्त गरे ।

देशको सीप प्रयोग गरेर स्वदेशमै केही गर्न खोजिरहेका वैज्ञानिकहरुको योगदानलाई यो राज्यका तर्फबाट कदर हो, मन्त्री पौडेलले भने, स्वदेशी सीपमा कम खर्चमा उपकरणको मर्मत हुने आशा लिएको छु ।

उनले केन्द्रको सहयोगमा राज्यको खेर गैरहेको सम्प्त्तिको उपयोगबाट बिरामी पनि लाभान्वित हुने र उपकरण खरिदका लागि हुने खर्चसमेत कम हुने आशा गरे ।

केन्द्र प्रमुख पुनले राज्यले आफूहरुलाई विश्वास गरेर ठूलो जिम्मेवारी दिएको भन्दै खुशी प्रकट गरे । राज्यले हामीलाई विश्वास गरेर ठूलो जिम्मेवारी दिएको छ, उनले भने, अब हामी हाम्रै श्रोत साधन र प्राविधिकको उपयोग गरेर मर्मत गर्नेछौं ।

उनले यसले आफूहरुलाई हौसला दिएको भन्दै मन्त्री पौडेललाई धन्यवाद दिए । मन्त्रीज्यूलाई कार्यसफलताको कामना छ, उनले भने, हामी पनि यहाँलाई सघाउँछौं ।

मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले शुरुवातमा १७ वटा संघीय अस्पतालको उपकरणको अवस्थाबारे विवरण केन्द्रबाट प्राप्त भए पछि सम्बन्धित अस्पतालमै गएर केन्द्रले मर्मत थाल्ने बताए ।

राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण दिन सरकार तयार छ  : प्रधानमन्त्री

राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण...

वि.सं.२०८१ भदौ २७ बिहीवार २१:१२

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राष्ट्रिय र...

हरित पूर्वाधारमा लगानी गर्न विज्ञहरुको सुझाव

हरित पूर्वाधारमा लगानी गर्न विज्ञहरुको सुझाव

वि.सं.२०८१ भदौ २७ बिहीवार १८:१६

काठमाडौं, २७ भदौ । नेपाल पूर्वाधार विकासको प्रारम्भिक चरणमा रहेकाले...

स्टार्टअप उद्यमलाई चेम्बर अफ कमर्सको साथ

स्टार्टअप उद्यमलाई चेम्बर अफ कमर्सको साथ

वि.सं.२०८१ भदौ २७ बिहीवार १७:५७

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले स्टार्टअप उधमशिलता कार्यका लागि...

समन्वयसहित रचनात्मक ढङ्गले काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

समन्वयसहित रचनात्मक ढङ्गले काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको...

वि.सं.२०८१ भदौ २७ बिहीवार १७:५०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको लक्ष्य हासिल गर्ने...

‘भूपरिवेष्ठित अवस्थिती देशको पूर्वाधार विकासको मुख्य चुनौती’

‘भूपरिवेष्ठित अवस्थिती देशको पूर्वाधार विकासको मुख्य चुनौती’

वि.सं.२०८१ भदौ २७ बिहीवार १७:३४

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूपरिवेष्ठित अवस्थिती र...

अन्तर्मन्त्रालय स्वास्थ्य समन्वय बैठक २ वर्षमा पहिलो पटक, अब वर्षमा २ पटक बस्ने निर्णय

अन्तर्मन्त्रालय स्वास्थ्य समन्वय बैठक २ वर्षमा पहिलो...

वि.सं.२०८१ भदौ २७ बिहीवार १७:२३

काठमाडौं । स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न सरकारी मन्त्रालय तथा...