Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

स्वास्थ्य क्षेत्रको व्यवस्थापन प्रभावकारी बनाउन ठोस निर्णय आवश्यक  : मन्त्री पौडेल

Machhapuchchhre Bank Limited

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले स्वास्थ्य क्षेत्रको व्यवस्थापन प्रभावकारी बनाउन ठोस निर्णय गर्न आवश्यक रहेको बताएका छन् ।

विहीबार मन्त्रालयमा भएको संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ (१) मा व्यवस्था भए बमोजिम विषयगत समितिको पहिलो बैठकमा उनले सिमित स्रोत साधनलाई अधिकतम प्रयोग गरेर नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा ठोस निर्णय गर्न आवश्यक रहेको बताए ।

उनले भने, ‘राज्यको आर्थिक अवस्था राम्रो छैन् । यस्तो अवस्थामा हामीले तत्काल जनशक्ति विकास गर्ने अवस्था छैन् ।

पूर्वाधार विकास गर्ने अवस्था पनि छैन् । आवश्यक उपकरण पनि प्रयाप्त छैन् यो अवस्थामा भएको स्रोत साधनलाई अधिकतम प्रयोग गरेर नागरिकलाई कसरी प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन सकिन्छ भन्ने र स्वास्थ्य क्षेत्रको व्यवस्थापन प्रभावकारी बनाउने सन्दर्भमा ठोस निर्णय गर्न आवश्यक छ ।’

समय अनुसार आवश्यकता परिवर्तन भएको भन्दै कानूनलाई पनि समयसापेक्षित गर्न जरुरी रहेको पनि उनको भनाई छ ।

यस्तै, उनले तीन तहको सरकारले सेवा दिने एउटै नागरिक रहेको भन्दै सबै मिलेर सहकार्यमा नागरिकलाई सेवा उपलब्ध गराउनुपर्ने बताए ।

उनले भने, ‘देशको तीन तहको सरकार हो । तीन वटा देशको होइन्, सेवा गर्न खोजेको एउटै नागरिकलाई हो । त्यसैले सेवा उपलब्ध गराउन खोजेका नागरिकहरुलाई मिलेर सहकार्य गरेर सेवा दिन सक्नुपर्छ । उपलब्ध साधन स्रोतलाई धेरैभन्दा धेरै लाभ लिने गरि छलफल गरेर निष्कर्ष निकाल्न जरुरी छ ।’

यसका साथै उनले नेपालको संविधानले आधारभूत स्वास्थ्यलाई सुनिश्चित गरेको अवस्था भएपनि जनताले आधारभूत स्वास्थ्य सेवा प्रभावकारी तरिकाले उपलब्ध गर्न पाएको छ कि छैन् भन्ने कुरामा समीक्षा गर्न जरुरी भएको पनि बताए ।

कृषि बैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ : कृषिमन्त्री अधिकारी

कृषि बैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ : कृषिमन्त्री...

वि.सं.२०८१ फागुन ७ बुधवार ०९:३८

  काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि...

सत्ता छोड्नेवित्तिकै विरोध गर्ने प्रवृत्ति त्यागौँ : उर्जामन्त्री खड्का 

सत्ता छोड्नेवित्तिकै विरोध गर्ने प्रवृत्ति त्यागौँ :...

वि.सं.२०८१ फागुन ७ बुधवार ०९:३४

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सत्ता छोड्नेवित्तिकै...

जलवायु परिवर्तन न्यूनिकरणप्रति नेपाल दृढ प्रतिबद्ध छ : मन्त्री साही

जलवायु परिवर्तन न्यूनिकरणप्रति नेपाल दृढ प्रतिबद्ध छ...

वि.सं.२०८१ फागुन ६ मंगलवार २१:२०

  काठमाडौं । वन तथा वातावरणमन्त्री ऐन बहादुर साहीले नेपालको...

कागेश्वरी मनोहरा नगरपालिकाले नेपाल प्रहरीलाई सहयोग गर्याे डीएसएल क्यामेरा

कागेश्वरी मनोहरा नगरपालिकाले नेपाल प्रहरीलाई सहयोग गर्याे...

वि.सं.२०८१ फागुन ६ मंगलवार २१:१०

  कागेश्वरी मनोहरा । कागेश्वरी मनोहरा नगरपालिकाले नेपाल प्रहरीलाई क्यामेरा...

केबुलकार बनाउन माग गर्दै ताप्लेजुङमा स्थानीयबासीको विशाल प्रदर्शन

केबुलकार बनाउन माग गर्दै ताप्लेजुङमा स्थानीयबासीको विशाल...

वि.सं.२०८१ फागुन ६ मंगलवार २०:३७

काठमाडौं । दुर्गम हिमाली जिल्ला ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म...

बेलायती लगानीकर्तालाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

बेलायती लगानीकर्तालाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष...

वि.सं.२०८१ फागुन ६ मंगलवार २०:३२

  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा...