Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

माैलापुरमा माध्यमिक विधालयमा व्यवस्थापन समिति चयन गर्न शुक्रवार( भाेली) मतदान हुदै

Machhapuchchhre Bank Limited

प्रेमचन्द्र झा

राैतहट। माैलापुर नगरपालिका वडा नम्बर ६ पथराबुधराम स्थित माध्यमिक विधालयमा व्यवस्थापन समिति चयन गर्न भदाै ०७ गते शुक्रवार विधालयमा मतदान हुदैछ । मतदानका लागि आवश्यक सम्पुर्ण तयारी पूरा भएको मतदान अधिकृत सुरेन्द्र प्रसाद कुशवाहाले वताए ।
शान्तिपूर्ण ढंगले मतदान हुनेमा आफु पुर्ण विश्वस्त रहेको वताउदै मतदान अधिकृत कुसवाहाले ईएमएस प्रविधिमा नाम अनलाइन रहेका विधार्थीका अभिभावकले मात्रै मतदान गर्न पाउने सर्वपक्षीय सर्वदलीय बैठकबाट सर्वसम्मत निर्णय भई सकेको बताए ।

 

सो विधालयमा एक हजार नाै सय एकचालीस विधार्थीको नाम ईएमएसमा रहे पनि करिब एक हजार चार सय अभिभावककाे नाम मतदाता सुचिमा राखिएको हाे । एक जना अभिभावककाे ६ जना सम्म विधार्थी विधालयमा अध्ययन गरि रहेकाे भए पनि एक भन्दा बढी विधार्थी भएको अभिभावकलाई एकमत मात्रको भार दिईएको मतदान अधिकृत कुशवाहाले बताए ।

 

साे विधालयमा सहमतिमा व्यवस्थापन समिति चयन गर्न पटक पटक गरि पाँच पटक भन्दा बढि नै अभिभावक भेला बाेलाए पनि सहमति नभएपछि अन्तिम प्रयास काे रुपमा मतदान बाट विधालय व्यवस्थापन समितिका लागि मतदान हुने भएको कुरा प्रधानाध्यापक दिपेन्द्र साहले बताए ।

सो मतदानमा विधालय व्यवस्थापन समितिका लागि अध्यक्ष विवेक यादव र भुपेन्द्र प्रसाद जयसवालकाे टिम विच प्रतिशपर्धा भई रहेका छन । दुवै पक्षले आफु जित्ने दाबी गरिरहेका छन । स्थानिय प्रशासनले विधालयको चारकिला वरिपरि प्रचार प्रसारमा राेक समेत लगाईका छन ।

विधालय व्यवस्थापन समितिका चार जना सदस्य पदका लागि भोली शुक्रबार विहान ०७ बजे देखि मतदान हुने छन । मतपत्र मतपेटिका लगायतका मतदानमा आवश्यक जन शक्तिको व्यवस्थापन भई सकेको प्रधानाध्यापक सिंहले बताए । आवश्यक चार पदका लागि आठ जना उमेदवारी दर्ता गराएका छन ।

उमेदवारहरुलाई गत भदाै०५ गते चुनाव चिन्ह समेत प्रदान गरिएको थियो । विवेक यादव समुहले कुर्सी र भुपेन्द्र प्रसाद जयसवाल समुहले चुनाव चिन्ह पंखा पाएका छन ।यादव समुहबाट विवेक यादव ,
मनोज कुमार ठाकुर,
सीता कुमारी देवी,
र रमिता देवीले उमेदवारी दर्ता गराएका छन । जयसवाल समुहबाट भुपेन्द्र जयसवाल , रिकेश्वर यादव,सिमा देवी र सीता कुमारी देवीकाेउमेदवारी परेका छन । दुबै पक्षले आफ्नो चुनावी एजेन्डा विधालयको पठन पाठनमा आमुल परिवर्तन गर्नुको साथै भ्रष्टाचार राेक्ने दाबी गरेका छन ।

विधालयको नाममा रहेको माछा पोखरी पनि व्यवस्थापन समितिका पदाधिकारीले एजेन्डाको रुपमा सारेका छन । यश अधि २०७४ सालमा पनि मतदान प्रक्रियाबाट व्यवस्थापन समितिको चयन गरिएको थियो ।

तीन वर्ष पछि कार्यकाल समाप्त भएपछि निकै विवादमा आएका सो विधालयमा सहमतिमा व्यवस्थापन समिति गठन गर्न स्थानिय माैलापुर नगर पालिका सहितका सरोकारबालाले निकै प्रयास गरेका थिए । दुबै पक्षमा कोही सहमतिमा व्यवस्थापन समिति गठन गर्न सहमत नभएपछि चुनावमा जानू परेको साेही विधालयका शिक्षक लखिन्द्र यादवले बताए ।

यश सम्बन्धमा राैतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले मतदान हुन लागेकाे विषयमा आफुलाई नगरपालिका बाट जानकारी प्राप्त भएको बताए ।आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाईएको प्रजिअ रेग्मीले भने ।

मोदी जल विद्युत परियोजनामा करोडौँको चलखेल राजमन्त्री तामाङ र निर्देशक घिसिङको कम्पनी छनौटको तयारी

मोदी जल विद्युत परियोजनामा करोडौँको चलखेल राजमन्त्री...

वि.सं.२०८१ चैत ११ सोमवार १२:१०

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको मातहत रहेको १८ मेगावाट क्षमताको अप्पर...

जेडटीई पुनः नेपाली बजारमा प्रवेश, ब्लेड ए र नुबिया सिरिज सार्वजनिक

जेडटीई पुनः नेपाली बजारमा प्रवेश, ब्लेड ए...

वि.सं.२०८१ चैत ११ सोमवार ०९:०१

  काठमाडौं । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विश्वव्यापी अग्रणी...

संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णय

संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन...

वि.सं.२०८१ चैत ११ सोमवार ०८:५७

  काठमाडौं । नेपाली काङ्ग्रेसले संविधानको पक्षमा दृढताका साथ उभिने...

उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित वितरण आवश्यक : मन्त्री खड्का

उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित...

वि.सं.२०८१ चैत ११ सोमवार ०८:५१

  काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले...

आज केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

आज केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का...

वि.सं.२०८१ चैत १० आइतवार ०८:०७

  काठमाडौं । हाल कोशी तथा मधेश प्रदेशलगायत देशको पहाडी...

चलचित्रका माध्यमबाट पर्यटन क्षेत्रले लाभ लिनसक्छ : मन्त्री पाण्डे

चलचित्रका माध्यमबाट पर्यटन क्षेत्रले लाभ लिनसक्छ :...

वि.सं.२०८१ चैत १० आइतवार ०८:०२

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गुणस्तरीय चलचित्र...