ज्योति विकास बैंकका ग्राहकलाई लुगासुगामा २२ प्रतिशतसम्मको आकर्षक छुट

Monday Aug 26, 2024
वि.सं.२०८१ भदौ १० सोमवार ०३:२२

काठमाडौं । ज्योति विकास बैंकले काठमाडौं–पेप्सीकोलास्थित प्रख्यात क्लोथिङ स्टोर लुगासुगामा बैंकका ग्राहकहरूलाई २२ प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ ।
यो सम्झौता सँगै, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त स्टोरमा सामान खरिद गर्दा २२ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, हालै बैंकले काठमाडौंस्थित प्रख्यात ट्रयाङकुलिटी स्पाका देशभरका १७ वटै आउटलेटहरूमा हरेक सेवा तथा सुविधाहरूमा ग्राहकहरूलाई ३० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।
साथै, ट्रयाङकुलिटी वेलनेस कार्ड धारक ज्योति विकास बैंकका ग्राहकहरूले ब्युटी सैलून सेवाहरूमा ४० प्रतिशत छुट तथा स्पा, मसाज, स्टिम, साउना, जकुजी लगायतका अन्य सेवाहरूमा ६० प्रतिशत सम्मको विशेष छुट प्राप्त गर्ने अवसर पाउनेछन् ।
बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशभरका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ ।