Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

इक्यान कन्क्लेभ : महिलाको प्रतिनिधित्व ५० प्रतिशत बनाउनुपर्नेमा मन्त्रीको जोड

 

 

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर सुडीले गणतन्त्रय स्थापना भएपछि महिला सशक्तिकरणका क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताएका छन् । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले वार्षिकोत्सवका अवसरमा मंगलबार होटल हिल्टनमा आयोजना गरेको दोस्रो वुमन लिडरसिप कन्क्लेभमा उनले गणतन्त्र स्थापनापछि महिलाहरुको सहभागिता र सशक्तिकरणमा उल्लेख्य उपलब्धि हासिल भएको बताए ।

 

उनले संवैधानिक व्यवस्था अनुसार नै गणतन्त्रमा केन्द्र, प्रदेश र स्थानीय तहमा महिलाको नेतृत्व तहमा ४० प्रतिशतको व्यवस्थाकै कारण अहिले पालिकाहरुमा प्रतिनिधित्व बढेको स्मरण गरे ।

 

“संविधानमार्फत हामीले महिलाका लागि ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेका छौँ, तर त्यो पर्याप्त छैन, आजका दिनसम्म जे जति उपलब्धि हासिल भएका छन् । त्यसलाई संस्थागत गर्दै ५० प्रतिशत सहभागिताको सुनिश्चितता हुनु आवश्यक छ”, उनले भने ।

 

पछिल्लो समय दूरदराजमा महिलाहरुमा पछिल्लो समय जागरुकता बढेको र त्यसलाई थप प्रोत्साहन गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए । मन्त्री सुडीले आफूलाई मतदान गर्ने कुल मतदातामध्ये ५६ प्रतिशत महिला रहेको उल्लेख गर्दै भने, “मलाई महिलाहरुले विजयी बनाउने र उनीहरुको हक हितका लागि काम नगर्ने भन्ने हुँदैन, यो मेरो जिम्मेवारी पनि हो । म सरकारको प्रतिनिधिका हैसियतमा महिलाहरुको अर्थपूर्ण सहमगिता बढाउनका लागि पहल गर्ने प्रतिबद्धता जनाउछु ।”

 

आफू पाँच वर्ष प्रदेशमा मन्त्री रहँदा प्रदेश लोकसेवा आयोगको परीक्षामा ५० प्रतिशत कोटा महिलाका लागि छुट्याइनुपर्ने विषयमा कानून निर्माण गरेको समेत स्मरण गरे ।

 

मन्त्री सुडीले आगामी असोज ६ गतेसम्म देशभरमा विभिन्न क्षेत्रमा क्रियाशील एक हजार महिलालाई राजधानी काठमाडौँमा जम्मा गरेर नेतृत्व विकास र संविधान तथा कानूनबारे जानकारी दिने गरी मन्त्रालयले तयारी गरिरहेको समेत जानकारी दिए ।

 

कार्यक्रममा इक्यानका अध्यक्ष शेषराज भट्टराईले महिलाहरुको उपस्थितिले कुनै पनि क्षेत्रलाई बलियो बनाउन सक्ने विषय शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील महिलाले प्रमाणित गरेको बताए । उनले भने, “महिला र पुरुष सबै उत्तिकै क्षमतावान छौँ, अवसर प्राप्त भएका बखतमा विभिन्न क्षेत्रमा महिलाहरुलाई आफूलाई प्रमाणित गरिसक्नु भएको छ, इक्यानको यो कार्यक्रम यही यथार्थलाई थप प्रमाणित गर्नु हो ।”

 

उनले कुनै पनि क्षेत्रमा महिलाको सहभागिता मात्रै नभइ अर्थपूर्ण सहभागिताले मात्रै वास्तविक प्रतिनिधित्व हुने उल्लेख गर्दै राज्यका नीति निर्माणका तहमा पनि उहाँहरुको उपस्थिति बलियो हुनुपर्छ भन्ने इक्यानको मत रहेको बताए । उनले महिलाको उपस्थितिले व्यवसायलाई थप बलियो बनाउनेमा आफू विश्वस्त रहेको समेत उल्ल्लेख गरे ।

 

त्यस अवसरमा शैक्षिक परामर्श क्षेत्रमा लामो समयदेखि क्रियाशील भइ राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा समेत महत्वपूर्ण योगदान दिने विभिन्न उद्यमी महिलाहरुलाई सम्मान गरिएको थियो । मन्त्री सुडीले उनीहरुलाई प्रमाणपत्र र अध्यक्ष भट्टराईले खादा ओढाएर सम्मान गरेका थिए ।

 

कार्यक्रममा डा नम्रता पाण्डेले सहभागीलाई काम र व्यक्तिगत जीवनलाई कसरी सन्तुलित राख्ने भन्ने विषयमा मोटिभेसन दिनुभएको थियो । उनले महिलाका लागि निजी जीवन, परिवार र व्यवसायिक जीवनबीचको सन्तुलन कायम गर्न चुनौतीपूर्ण भए पनि आध्यात्मिकताका माध्यमबाट त्यसलाई सन्तुलनमा राख्न सकिनेमा जोड दिइन् ।

 

सम्मानित हुनेमा डा सन्तोष अग्रवाल, रश्मी भण्डारी, विजया चापागाँई, सन्ध्या भण्डारी, सफला ताम्रकार, उषा श्रेष्ठ, कविता पाण्डे पौडेल, सलिना थापा, सुष्मा आचार्य र … थिए ।

 

कार्यक्रममा इक्यानका निर्वतमान अध्यक्ष प्रकाश पाण्डे, पूर्वअध्यक्षहरु विष्णुहरि पाण्डे, राजेन्द्र पाण्डे, सल्लाहकार अरुण लामिछानेलगायत शैक्षिक परामर्श क्षेत्रमा सक्रिय दुई सयभन्दा बढी व्यवसायमा आबद्ध महिलाहरुको सहभागिता थियो ।

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् :...

वि.सं.२०८१ माघ ३ बिहीवार २०:५५

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र...

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु ल्याइएको हो : प्रधानमन्त्री

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:४२

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख...

स्काईवर्थ सपना साकारको विजेता घोषणा, रवि अर्यालले जिते एमजी कमेट ईभी

स्काईवर्थ सपना साकारको विजेता घोषणा, रवि अर्यालले...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३८

काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गतको स्मार्ट एप्लायन्सेस् प्रा.लि.ले ‘स्काईवर्थ...

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न स्मार्ट डीपो निर्माण हुने

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३४

  काठमाडौं। नेपाल आयल निगम लिमिटेडले धनगढीस्थित सुदुरपश्चिम डीपोलाई सुविधासम्पन्न...

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको स्थान्तरणको प्रक्रिया

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३०

  काठमाडौं । नेपाल आयल निगमले धनगढी डिपोको भण्डारण क्षमता...

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

वि.सं.२०८१ माघ २ बुधवार १४:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको...