Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सको विशेष साधारणसभाबाट राजेशकाजी श्रेष्ठ अध्यक्षमा सर्वसम्मत निर्वाचित

kumari  bank

 

काठमाडौं । अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स (आईसीसी) नेपाल राष्ट्रिय समितिको विशेष साधारणसभाबाट राजेशकाजी श्रेष्ठ अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् ।
सन् १९१९ मा फ्रान्सको पेरिसमा स्थापित विश्वका व्यवसायीहरुको सर्वोच्च संस्था र १७० देशका करीव चार लाख ५० हजार सदस्य भएको यस संस्थाको नेपालको राष्ट्रिय समितिमा श्रेष्ठ अध्यक्ष भएका हुन् ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले नेपालमा व्यवसायिक वातावरण निर्माणका लागि आईसीसीले सरकार, रोजगारदाता, बैंक र वित्तीय क्षेत्र, एवं कानून निर्माता एवं विभिन्न व्यावसायिक संघहरुसित मिलेर समन्वयात्मक ढंगमा कार्य गर्ने बताए ।

उनले आईसीसी लगायत विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरुको ध्यान नेपालमा लगानी प्रवर्द्धन गर्न तथा नेपालबाट निर्यात प्रवर्द्धनका साथै पर्यटन प्रवर्द्धन गर्न, देशभित्र र बाहिर परिआउने व्यावसायिक विवादहरुको मध्यस्थताका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
सबैका लागि शान्ति, समृध्दि र अवसरलाई बढावा दिन खुला अन्तर्राष्ट्रिय व्यापार र लगानी प्रणालीलाई बढावा दिएर हरेक दिन हरेक व्यवसाय र हरेक क्षेत्रका व्यवसायका लागि कार्य गर्नु आईसीसीको मुख्य उद्देश्य रहेको श्रेष्ठको भनाई छ ।

आईसीसी नेपालको निवर्तमान अध्यक्षमा सुरेन्द्रवीर मालाकार छन् भने वरिष्ठ उपाध्यक्षमा लोकमान्य गोल्छा, संघ–संस्थातर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ, लिमिटेड कम्पनीहरुको तर्फबाट उपाध्यक्षमा गणेश कार्की, बैकिङ क्षेत्रको उपाध्यक्षमा सुनिल केसी, बीमा क्षेत्रको उपाध्यक्षमा चंकी क्षेत्री, एशोसियट कम्पनीहरुकोतर्फबाट उपाध्यक्षमा राजेन्द्र अर्याल, पदेन उपाध्यक्षमा राजेन्द्र मल्ल, मानार्थ उपाध्यक्षमा लाक्पा सोनाम शेर्पा छन् ।

 

यसैगरी, महासचिवमा नरेश श्रेष्ठ, कोषाध्यक्षमा कुशप्रसाद मल्ली तथा सचिवमा रामशरण भण्डारी र रेखा घिमिरे निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरुमा ज्ञानेन्द्र ढुंगाना, अशोक शेरचन, अशोक अग्रवाल, मीनबहादुर गुरुङ, अर्जुन शर्मा, सुदेश खालिङ, रमेश शर्मा, सुदर्शन चापागाईं, सञ्जय अग्रवाल, उर्मिला श्रेष्ठ, सुुसन कर्माचार्य, देशबन्धु बस्नेत, पवित्रकुमार कार्की, रविचन्द्र सिंह, विजय श्रेष्ठ, त्रिभुवनधर तुलाधर, सुजन श्रेष्ठ, विप्लब पौडेल, दीपक कुमार श्रेष्ठ तथा पोषकराज पौडेल निर्वाचित भएका छन् ।

सेबोन अध्यक्षको एकपछि अर्को कदम: बजार सुधारमा हलचल, बिचौलिया आक्रोशित

सेबोन अध्यक्षको एकपछि अर्को कदम: बजार सुधारमा...

वि.सं.२०८२ जेठ ८ बिहीवार २१:३७

काठमाडौं । सेयर बजारका केही खेलाडीहरुले कमजोर वित्तीय अवस्थाका कम्पनीहरुको...

४१ देखी ४५ प्रतिशत कारोबार अनौपचारिक तरिकाले हुन्छ : कुमार दाहाल

४१ देखी ४५ प्रतिशत कारोबार अनौपचारिक तरिकाले...

वि.सं.२०८२ जेठ ७ बुधवार २३:०२

  काठमाडौं । वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार...

बैंकको उद्देश्य र पैसाको अवधारणामा हामी आफैं कन्फ्युज हुन्छौं : पूर्वगभर्नर नेपाल

बैंकको उद्देश्य र पैसाको अवधारणामा हामी आफैं...

वि.सं.२०८२ जेठ ७ बुधवार २२:४७

  काठमाडौं । बुधबार बसेको अर्थ समितिको बैठकमा बैंक तथा...

लगानीमैत्री र मनोबल बढाउने कार्यक्रम आवश्यक : महासंघ अध्यक्ष ढकाल

लगानीमैत्री र मनोबल बढाउने कार्यक्रम आवश्यक :...

वि.सं.२०८२ जेठ ७ बुधवार २२:२६

  काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलले...

विपद् सम्बन्धी पूर्व सूचित गर्ने प्रविधिको विकास हुन आवश्यक छ : मन्त्री खड्का

विपद् सम्बन्धी पूर्व सूचित गर्ने प्रविधिको विकास...

वि.सं.२०८२ जेठ ७ बुधवार २२:१२

  काठमाडौं । उर्जामन्त्री दिपक खड्काले अकस्मात पानी परेर बाढी...

गभर्नर विश्वनाथ पौडेलले गरे पदभार ग्रहण

गभर्नर विश्वनाथ पौडेलले गरे पदभार ग्रहण

वि.सं.२०८२ जेठ ७ बुधवार २१:२६

  काठमाडौं । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकमा...