Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

दिनको पहिलो भुक्तानी, अर्थात् ‘बोहनी’ अब फोनपे क्युआरबाटै लिन सकिने

Machhapuchchhre Bank Limited

ललितपुर। नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक, फोनपेले देशभरका व्यवसायहरुलाई आफ्नो पहिलो भुक्तानी, जसलाई चलन चल्तीको भाषामा ‘बोहनी’ भनिन्छ, फोनपे क्युआरमार्फत स्वीकार्न प्रेरित गर्ने उद्देश्यले ‘बोहनी, फोनपे क्यु.आर बाटै’ भन्ने पहलको सुरुवात गरेको छ।

यस पहलले बिहानको पहिलो भुक्तानी नगदमा मात्र स्वीकार गर्ने नगद परम्परालाई चुनौती दिँदै डिजिटल भुक्तानीको सहजतालाई स्वीकार गर्न अभिप्रेरित गर्दछ। फोनपे क्युआरमार्फत बोहनी स्वीकार गर्दा, व्यवसायीहरूले बिहानको समयमा स-साना रकमको समस्याबाट मुक्ति पाउनुको साथ-साथै उधारो दिनुपर्ने अवस्थालाई सजिलै टार्न पनि सक्नेछन्।

अभियानमा सहभागी हुन, व्यवसायीहरूले फोनपे बिजनेस एपमा लग-इन गरेर सहभागिता स्वीकार गर्नुपर्नेछ, र अभियान अवधिमा फोनपे क्युआर मार्फत भुक्तानी लिएको हुनु पर्नेछ। यस अभियान अन्तर्गत एक भाग्यशाली व्यवसायीले नयाँ EV Scooter जित्ने अवसर पनि प्राप्त गर्न सकिन्छ।

फोनपेका चिफ बिजनेस अफिसर सुमित दासका अनुसार, “यस पहलको आशय भनेको हाम्रो व्यवसायीहरूलाई, डिजिटल भुक्तानीलाई आफ्नो दैनिक व्यवसायिक कार्यहरूमा समाहित गर्न अझ बढी प्रोत्साहन गर्नु हो।

हामी व्यवसायीहरूलाई पारम्परिक बोहनी, नगदमा स्वीकार गर्ने तरिकालाई त्यागेर फोनपे क्युआर अपनाउन प्रोत्साहित गर्दछौं, जसबाट व्यवसायहरूले अझ बढी सुविधा, न्युनतम जोखिम, र उच्च व्यवसायिक दक्षताको अनुभव गर्न सक्नेछन्।”

२० लाख भन्दा बढी ग्राहक र नेपाल भर १४ लाख भन्दा बढी व्यवसायहरूमा फोनपे क्युआर स्ट्यान्डीहरू तैनाथ भइसकेको अवस्थामा, फोनपे आफ्नो डिजिटल भुक्तानी नेटवर्कलाई विस्तार गर्दै देशभरका व्यवसायहरूलाई सुरक्षित, छिटो र सुविधाजनक भुक्तानी समाधानहरूको लाभ प्रदान गर्न प्रतिबद्ध छ।

फोनपे, नेपाल राष्ट्र बैंक (नेपाल राष्ट्र बैंक) द्वारा इजाजतपत्र प्राप्त र नियमन गरिएको नेपालको सबैभन्दा ठूलो भुक्तानी प्रणाली संचालक हो। यफ वान सफ्ट (F1soft) समूहको सहायक कम्पनी, फोनपे एक ISO २७००१ :२०१३ प्रमाणित कम्पनी हो।

फोनपे ले बैंक तथा वालेटका ग्राहकहरुका साथै व्यवसायहरुलाई छिटो, सुरक्षित र भरपर्दो डिजिटल नगदरहित भुक्तानी सेवाहरु दिदै नगदरहित अर्थतन्त्रमा योगदान पुर्याउन सक्रिय प्रयासहरु गर्दै आएको छ। फोनपे, भुक्तानी प्रणालीको पहुँचलाई फराकिलो बनाउन, सञ्चालनमा थप दक्षता हासिल गर्दै प्रविधिको प्रयोग मार्फत मोबाइल भुक्तानी नेटवर्कमा नयाँ आविष्कारहरू ल्याउनमा केन्द्रित छ।

कुमारी बैंक र सूर्यविनायक मिसन हस्पिटलबीच सम्झौता

कुमारी बैंक र सूर्यविनायक मिसन हस्पिटलबीच सम्झौता

वि.सं.२०८१ फागुन ६ मंगलवार ०८:४४

  काठमाडौं । कुमारी बैंक र सूर्यविनायक भक्तपुरस्थित सूर्यविनायक मिसन...

प्रभु महालक्ष्मी लाइफको २ लाख २१ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

प्रभु महालक्ष्मी लाइफको २ लाख २१ हजार...

वि.सं.२०८१ फागुन ६ मंगलवार ०८:३८

  काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २ लाख...

‘बि स्टार यूनिसेक्स एकेडेमी तथा सलुन’को दोस्रो ब्रान्च बनस्थलिमा खुल्यो

‘बि स्टार यूनिसेक्स एकेडेमी तथा सलुन’को दोस्रो...

वि.सं.२०८१ फागुन ६ मंगलवार ०८:३०

काठमाडौँ । विक्रम गौतमले सञ्चालन गरेको ‘बि स्टार यूनिसेक्स एकेडेमी...

डल्फिन पोलिप्लास्टलाई नेपाल गुणस्तर प्रमाण पत्र प्रदान पीभीसी पाइप उत्पादनमा विशेषज्ञता

डल्फिन पोलिप्लास्टलाई नेपाल गुणस्तर प्रमाण पत्र प्रदान...

वि.सं.२०८१ फागुन ६ मंगलवार ०८:२२

  ७ फागुन २०८१, काठमाडौं । डल्फिन पोलिप्लास्ट इन्डस्ट्रीज प्रा.लि.ले...

सानिमा फ्लेक्सी फण्ड : सार्वजनिक लगानीको लागि खुल्ला

सानिमा फ्लेक्सी फण्ड : सार्वजनिक लगानीको लागि...

वि.सं.२०८१ फागुन ६ मंगलवार ०८:१४

  काठमाडौं । सानिमा बैंक लिमिटेडको कोष प्रवर्धक तथा सानिमा...

 सर्वोत्तम सिमेन्टले किन्यो जगदम्बा सिमेन्ट

 सर्वोत्तम सिमेन्टले किन्यो जगदम्बा सिमेन्ट

वि.सं.२०८१ फागुन ६ मंगलवार ०८:०६

  काठमाडौं । नेपाली सिमेन्ट उद्योगमा ऐतिहासिक पुनर्संरचना भएको छ।...