Ncell NPL
NIMB
Everest Bank

दिनको पहिलो भुक्तानी, अर्थात् ‘बोहनी’ अब फोनपे क्युआरबाटै लिन सकिने

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

ललितपुर। नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक, फोनपेले देशभरका व्यवसायहरुलाई आफ्नो पहिलो भुक्तानी, जसलाई चलन चल्तीको भाषामा ‘बोहनी’ भनिन्छ, फोनपे क्युआरमार्फत स्वीकार्न प्रेरित गर्ने उद्देश्यले ‘बोहनी, फोनपे क्यु.आर बाटै’ भन्ने पहलको सुरुवात गरेको छ।

यस पहलले बिहानको पहिलो भुक्तानी नगदमा मात्र स्वीकार गर्ने नगद परम्परालाई चुनौती दिँदै डिजिटल भुक्तानीको सहजतालाई स्वीकार गर्न अभिप्रेरित गर्दछ। फोनपे क्युआरमार्फत बोहनी स्वीकार गर्दा, व्यवसायीहरूले बिहानको समयमा स-साना रकमको समस्याबाट मुक्ति पाउनुको साथ-साथै उधारो दिनुपर्ने अवस्थालाई सजिलै टार्न पनि सक्नेछन्।

अभियानमा सहभागी हुन, व्यवसायीहरूले फोनपे बिजनेस एपमा लग-इन गरेर सहभागिता स्वीकार गर्नुपर्नेछ, र अभियान अवधिमा फोनपे क्युआर मार्फत भुक्तानी लिएको हुनु पर्नेछ। यस अभियान अन्तर्गत एक भाग्यशाली व्यवसायीले नयाँ EV Scooter जित्ने अवसर पनि प्राप्त गर्न सकिन्छ।

फोनपेका चिफ बिजनेस अफिसर सुमित दासका अनुसार, “यस पहलको आशय भनेको हाम्रो व्यवसायीहरूलाई, डिजिटल भुक्तानीलाई आफ्नो दैनिक व्यवसायिक कार्यहरूमा समाहित गर्न अझ बढी प्रोत्साहन गर्नु हो।

हामी व्यवसायीहरूलाई पारम्परिक बोहनी, नगदमा स्वीकार गर्ने तरिकालाई त्यागेर फोनपे क्युआर अपनाउन प्रोत्साहित गर्दछौं, जसबाट व्यवसायहरूले अझ बढी सुविधा, न्युनतम जोखिम, र उच्च व्यवसायिक दक्षताको अनुभव गर्न सक्नेछन्।”

२० लाख भन्दा बढी ग्राहक र नेपाल भर १४ लाख भन्दा बढी व्यवसायहरूमा फोनपे क्युआर स्ट्यान्डीहरू तैनाथ भइसकेको अवस्थामा, फोनपे आफ्नो डिजिटल भुक्तानी नेटवर्कलाई विस्तार गर्दै देशभरका व्यवसायहरूलाई सुरक्षित, छिटो र सुविधाजनक भुक्तानी समाधानहरूको लाभ प्रदान गर्न प्रतिबद्ध छ।

फोनपे, नेपाल राष्ट्र बैंक (नेपाल राष्ट्र बैंक) द्वारा इजाजतपत्र प्राप्त र नियमन गरिएको नेपालको सबैभन्दा ठूलो भुक्तानी प्रणाली संचालक हो। यफ वान सफ्ट (F1soft) समूहको सहायक कम्पनी, फोनपे एक ISO २७००१ :२०१३ प्रमाणित कम्पनी हो।

फोनपे ले बैंक तथा वालेटका ग्राहकहरुका साथै व्यवसायहरुलाई छिटो, सुरक्षित र भरपर्दो डिजिटल नगदरहित भुक्तानी सेवाहरु दिदै नगदरहित अर्थतन्त्रमा योगदान पुर्याउन सक्रिय प्रयासहरु गर्दै आएको छ। फोनपे, भुक्तानी प्रणालीको पहुँचलाई फराकिलो बनाउन, सञ्चालनमा थप दक्षता हासिल गर्दै प्रविधिको प्रयोग मार्फत मोबाइल भुक्तानी नेटवर्कमा नयाँ आविष्कारहरू ल्याउनमा केन्द्रित छ।

बेकोले ल्यायो फ्रि ए. सी. सर्भिस क्याम्प र विशेष एक्सचेन्ज योजना

बेकोले ल्यायो फ्रि ए. सी. सर्भिस क्याम्प...

वि.सं.२०८२ फागुन ३० शनिवार १९:३०

  काठमाडौं। अन्तर्राष्ट्रिय रूपमा परिचित होम एप्लायन्स ब्रान्ड Beko ले...

वायु प्रदूषण ‘हानिकारक’ स्तरमा, Midea का शक्तिशाली एयर प्युरिफायर स्वच्छ हावाकालागि उपलब्ध

वायु प्रदूषण ‘हानिकारक’ स्तरमा, Midea का शक्तिशाली...

वि.सं.२०८२ फागुन ३० शनिवार १९:२५

  काठमाडौँ उपत्यकालगायत प्रमुख सहरहरूमा वायु प्रदूषणको स्तर चिन्ताजनक रूपमा...

ग्यास संकटको पूर्ण समाधान: सीजीका साना घरायसी उपकरण (SDA) ले ल्यायो ८ अत्याधुनिक कुकटपहरू, ‘ग्लास’ मा २ वर्षको अभूतपूर्व वारेन्टी

ग्यास संकटको पूर्ण समाधान: सीजीका साना घरायसी...

वि.सं.२०८२ फागुन ३० शनिवार १९:२०

  काठमाडौँ, नेपाल – मध्यपूर्व एसियाPमा बढ्दै गएको भू-राजनीतिक अस्थिरताका...

ग्यास संकटका बीच आधुनिक समाधान: मिडियाका पाँच इन्डक्सन हब नेपाली बजारमा

ग्यास संकटका बीच आधुनिक समाधान: मिडियाका पाँच...

वि.सं.२०८२ फागुन २९ शुक्रवार १४:५८

    काठमाडौं। पछिल्लो समय मध्यपूर्व क्षेत्रमा बढ्दो भू–राजनीतिक तनाव...

बाइकर, इन्फ्लुएन्सर र अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको उपस्थितिमा सीएफमोटोको २५० डुअल ईएफआई मोटरसाइकल लन्च

बाइकर, इन्फ्लुएन्सर र अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको उपस्थितिमा सीएफमोटोको...

वि.सं.२०८२ फागुन २९ शुक्रवार १२:११

  काठमाडौँ, नेपाल, फागुन २८, नेपालको लागि सिएफमोटोको आधिकारिक तथा...

ओपो ए६ स्मार्टफोन नेपालमा सार्वजनिक: लामो ब्याट्री, चम्किलो एमोलेड डिस्प्ले र अन्डरवाटर क्यामेरा सुविधा

ओपो ए६ स्मार्टफोन नेपालमा सार्वजनिक: लामो ब्याट्री,...

वि.सं.२०८२ फागुन २९ शुक्रवार १०:२४

काठमाडौं, नेपाल – ओपो ले नेपालमा आफ्नो नयाँ स्मार्टफोन ओपो...