BYD : Content Block  Release Date: 27th Aug 2024
NIC ASIA Bank Ltd.
राजस्व अनुसन्धान  विभाग

पार्टीप्रति आस्था भएपनि सरकारको निर्देशन कर्मचारीले मान्नैपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कर्मचारीको जुन पार्टीप्रति आस्था राख्ने भएतापनि सरकारले दिएको निर्देशन मान्नुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा शुभकामना आदान प्रदान तथा ‘कर्मचारी’ पुस्तक बिमोचन) कार्यक्रमलाई सम्बोधन गर्दै उनले कर्मचारीले जुन पार्टीप्रति आस्था राख्ने भएतापनि कर्मचारीले असहयोग गर्यो भने सरकारको काम पूरा नहुने भएकाले सरकारले दिएको निर्देशन मान्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘हिजो को कुन पार्टीमा थियो आज कुन पार्टीमा छ भन्ने कुरा होइन । कोइ कांग्रेसको समर्थक होला, कोही एमालेको समर्थक होला ।

जुन पार्टीप्रति आस्था राख्ने भएपनि कर्मचारीले सरकारले दिएको निर्देशन मान्नुपर्ने हुन्छ । कर्मचारीले असहयोग गर्यो भने सरकारले गर्नुपर्ने काम हुदैन । त्यसकारण यसमा सबै पार्टी समर्थित कर्मचारी भएतापनि सरकारको निर्णय लागु गर्ने काम उनीहरुको कर्तव्य हो ।’

उनले निर्वाचित सरकारले बनाएका नीति नियमहरु कार्यान्वयन गर्ने काम निजामति कर्मचारीहरुको रहेको निर्वाचित सरकार र निजामति कर्मचारी सरकारीबीच सहकार्य र समन्वयको आवश्यकता रहेको बताए ।

 

उनले भने, ‘निजामति कर्मचारीलाई स्थायी सरकारका रुपमा लिइन्छ । निर्वाचित सरकार अस्थायी सरकार र निजामति कर्मचारी स्थायी सरकार गरि दुईवटा सरकारका रुपमा लिइएको छ । निजामति कर्मचारीहरु अवकाश नहुञ्जेलसम्म रहिरहन्छ भने निर्वाचित सरकार निश्चित समयपछि फेरिन्छ ।

जित्यो भने रहने हार्यो भने जाने । नीति नियमहरु एकीकृत निर्वाचीत सरकारले बनाउने हो । त्यसको कार्यान्वयन गर्ने काम निजामति कर्मचारीहरुको हो । त्यसैले यी दुई सरकारबीचमा सहकार्य र समन्वयको आवश्यकता छ ।’

निजी क्षेत्रको समस्या समाधान गरेर अर्थतन्त्रको दबावबाट बाहिर निस्कनुपर्छ : अर्थमन्त्री

निजी क्षेत्रको समस्या समाधान गरेर अर्थतन्त्रको दबावबाट...

वि.सं.२०८१ भदौ २३ आइतवार १६:५२

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग कार्पेट व्यवसायीहरुले भेटवार्ता...

नेपाललाई विश्वसामु चिनाउने कडीको रुपमा खेल क्षेत्रलाई लिनुपर्छ : सभापति देउवा

नेपाललाई विश्वसामु चिनाउने कडीको रुपमा खेल क्षेत्रलाई...

वि.सं.२०८१ भदौ २३ आइतवार १६:४५

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पेरिस पारालिम्पिकमा...

मातृभाषालाई प्रदेश र स्थानीय तहले आफ्नो कामकाजको भाषा बनाउनुपर्छ : मन्त्री पाण्डे

मातृभाषालाई प्रदेश र स्थानीय तहले आफ्नो कामकाजको...

वि.सं.२०८१ भदौ २३ आइतवार १६:३५

  काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मातृभाषालाई...

बैंकिङ कसूरमा घट्नाको प्रकृति हेरेर सजायको व्यस्था गरौं : अर्थमन्त्री पौडेल

बैंकिङ कसूरमा घट्नाको प्रकृति हेरेर सजायको व्यस्था...

वि.सं.२०८१ भदौ २३ आइतवार १६:३३

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले चेक अनादरको प्रवृत्ति बढ्दै गएको...

कोरियामा इपिएसमार्फत रोजगारी पाउने नेपालीको संख्या एकलाख नाघ्यो

कोरियामा इपिएसमार्फत रोजगारी पाउने नेपालीको संख्या एकलाख...

वि.सं.२०८१ भदौ २३ आइतवार ११:५५

  काठमाडौं । इपिएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया पुग्ने नेपालीको...

संविधान दिवस तीन दिन मनाइने, प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति

संविधान दिवस तीन दिन मनाइने, प्रधानमन्त्रीको अध्यक्षतामा...

वि.सं.२०८१ भदौ २२ शनिवार १५:२९

  काठमाडौं । नेपाल सरकारले संविधान दिवस (राष्ट्रिय दिवस), २०८१...