Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

एप्पल फार्म राइडको आयोजना हुँदै,६० भन्दा बढी रोयल एनल्फिल्ड बाइकर्सहरु सहभागी हुने

काठमाडौं । रोप्यल एनफिल्डको प्रायोजनमा काठमाडौं लिजेण्ड्सले एप्पल फार्म राइडको आयोजना गर्ने भएको छ ।

यो राइडको मुख्य उद्देश्य लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको पर्यटन र स्थानीय परम्परा, संस्कृति, स्याउ फर्म र अन्य स्थानीय दर्शनीय क्षेत्रहरुको प्रचार प्रसार तथा प्रवर्धन गर्ने रहेको छ ।

लगभग ६० भन्दा बढी रोयल एनल्फिल्ड बाइकर्सहरु सहभागी हुने यस कार्यक्रममा सहभागीहरु स्थानीय होम स्टे र टेन्टमा बस्नेछन भने स्थानीय आमा समुहले आफ्नो खेतबारीमा उत्पादित अर्गानिक खानेकुराहरुको व्यवस्था गर्ने छन ।


काठमाडौं लेजेन्ड्स अगस्ट २०२० मा गठन भएको काठमाडौंका रोयल इन्फिल्ड उत्साही र साहसिक राइडरहरूको टोली हो । यो टोलीको मुख्य उद्देश्य मोटरसाइकलमा नेपालका अनपेक्षित क्षेत्रहरू अन्वेषण गर्नु र ती स्थानहरूमा पुग्न सवारहरूलाई उच्च स्तरको सडक सुरक्षा कायम गर्दै, व्यवस्थित गर्नु हो ।

काठमाडौं उपत्यकाको उत्तरमा लगभग ७५ किलोमिटरको दूरीमा गोसाईकुण्ड गाउँपालिकामा अवस्थित लाङटाङ राष्ट्रिय निकुञ्ज १७१० वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

यो निकुञ्ज विशेष वनस्पति र जनावरको संरक्षण गर्न स्थापित गरिएको हो ।
यो निकुन्ज तीन जिल्लामा फैलिएको छ. असमा नुवाकोट, रसुवा र सिंधुपाल्चोक पर्दछन् । लाङटाङ राष्ट्रिय निकुञ्जमा हरियो नदीको उपत्यकासम्मका दृश्यहरु, पुराना सल्ला, धुपी र गुराँसका वनहरु छन् ।

 

त्यस्तै, यो क्षेत्रमा पवित्र खोला नाला देखि उच्च उचाइमा पर्ने पवित्र तालहरू जस्तै विश्व प्रसिद्ध पवित्र गोसाइँकुण्ड ताल र लाङटाङ, गणेश र लिरुङ हिमालहरु पनि पर्दछन। निकुञ्जलाई संकटमा रहेका रातो पाण्डा, हिमालयन कालो भालू, बाह्र सिंगे लगायतका विभिन्न जातका मृगहरु, चित्तल, घोरल आदि र २५० भन्दा बढी प्रजातिका चरा लगायतका जनावरहरुको लागि समेत प्रख्यात छ ।

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढ्यो

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेललेले अर्थतन्त्र क्रमिक...

नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितोमा प्रवाह कर्जाको सिमा बृद्धि

नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितोमा...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:२९

काठमाडौं । नेपाल राष्ट्र बैंकले घर निर्माण वा खरिद गर्न...

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब २५ अर्ब

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब...

वि.सं.२०८२ असार २७ शुक्रवार १५:०६

काठमाडौं । काठमाडौं महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सम्पन्न भएको...

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

वि.सं.२०८२ असार २७ शुक्रवार १३:२६

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले आर्थिक वर्ष...

दुःखद घडीमा साथ : बीमा दाबीअन्तर्गत मृतकका आश्रितलाई  ११ लाख ४४ हजार आर्थिक सहयोग

दुःखद घडीमा साथ : बीमा दाबीअन्तर्गत मृतकका...

वि.सं.२०८२ असार २७ शुक्रवार १३:१७

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लम्की शाखाले...

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका छौं : अर्थमन्त्री पौडेल

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका...

वि.सं.२०८२ असार २७ शुक्रवार १३:०४

काठमाडौं । अर्थमन्त्री विष्णुु पौडेलले जलविद्युतको विकासमा निजी क्षेत्रको लगानी...