Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

स्वास्थ्य उपचारमा छरिएको श्रोत एकीकृत गर्ने हो भने स्वास्थ्य बीमा प्रभावकारी बनाउन सकिन्छ : मन्त्री पौडेल

Machhapuchchhre Bank Limited

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सेवालाई प्रभावकारी बनाउन राज्यले स्वास्थ्यका लागि व्यवस्था गरेका सबै सेवा र सहयोग एकीकृत प्रणालीमा ल्याउनुपर्ने बताएका छन् ।

व्यवस्थापिका संसदको शिक्षा,स्वास्थ्य तथा सुचना प्रविधि समिति बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिंदै मन्त्री पौडेलले छरिएका सुविधा प्रभावकारी नहुने बताए । हाल राज्यको मातहत रहेका सबै बीमा तथा खर्च रकम एउटै प्रणालीमा राख्न सकिए अहिले भन्दा श्रोत बढ्ने भन्दै सबै कर्मचारीले तलबको केही प्रतिशत स्वास्थ्य बीमामा आबद्ध भएर योगदान गर्न सके श्रोत पनि बढ्ने बताए ।

मन्त्री पौडेलले राज्यको योगदान रकम समेत थप गर्न र करमार्फत श्रोत थपेमा स्वास्थ्य बीमा प्रभावकारी बनाउन सकिने विश्वास व्यक्त गरे ।

उनले श्रोत सुनिश्चिततासँगै बीमाको प्रणालीमा देखिएको गलत दाबीजस्ता समस्या समेत सुधार गर्ने काममा लागिरहेको भन्दै त्यसो भएमा स्वास्थ्य बीमा प्रभावकारी बन्ने बताए । हालको १ लाख बीमा रकमले मात्र सेवा प्रभावकारी नहुने भन्दै सेवामा सुधार अनि श्रोतसमेत थप गर्न सके ५ लाखको बीमा बनाउन सकिने भन्दै त्यसै विश्वासका आधारमा आफू लागि परेको बताए ।

मन्त्री पौडेलले यस कार्यमा सहयोगका लागि संसदीय समितिसँगसमेत आग्रह गरे ।
उनले अस्पतालहरुमा जनशक्ति अभावको समस्या रहेको भन्दै नयाँ खोल्नुभन्दा सातवटै प्रदेशका अस्पतालमा विशिष्टिकृत सेवा थप गरेर भएकै जनशक्तिबाट विशिष्ट उपचार दिन प्रयास थालिएको बताए ।

उनले स्वास्थ्य जनशक्ति अभावको समस्या समाधान गर्नका लागि दरबन्दी थप गर्न प्रस्ताव लगिए पनि अर्थ मन्त्रालयबाट स्वीकृति नआउने गरेको गुनासो गर्दै मन्त्री पौडेलले दरबन्दी थप गर्न नसक्दासम्म भएकैलाई बढी सुविधा दिएर नागरिकलाई सेवा दिने प्रयासमा सरकार लागेको बताए ।

मन्त्री पौडेलले संघ मातहतका अस्पतालको सेवा प्रभावकारी गराउन प्रयासले काम थालेको भन्दै लाइन घटाउनका लागि अनलाइन प्रणाली शुरु भएको जानकारी दिए । उनले अपरेशनको कुर्ने समय घटाउनका लागि पनि भएकै जनशक्तिलाई सुविधा तथा सिफ्ट बढाउने प्रयास थालिएको समेत जानकारी दिए ।

बैठकमा बोल्ने सांसदहरुले मन्त्री पौडेलले थालेको स्वास्थ्य सुधारका प्रयास सकारात्मक भएको भन्दै सफलताका लागि शुभकामना दिए ।

 

मोदी जल विद्युत परियोजनामा करोडौँको चलखेल राजमन्त्री तामाङ र निर्देशक घिसिङको कम्पनी छनौटको तयारी

मोदी जल विद्युत परियोजनामा करोडौँको चलखेल राजमन्त्री...

वि.सं.२०८१ चैत ११ सोमवार १२:१०

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको मातहत रहेको १८ मेगावाट क्षमताको अप्पर...

जेडटीई पुनः नेपाली बजारमा प्रवेश, ब्लेड ए र नुबिया सिरिज सार्वजनिक

जेडटीई पुनः नेपाली बजारमा प्रवेश, ब्लेड ए...

वि.सं.२०८१ चैत ११ सोमवार ०९:०१

  काठमाडौं । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विश्वव्यापी अग्रणी...

संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णय

संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन...

वि.सं.२०८१ चैत ११ सोमवार ०८:५७

  काठमाडौं । नेपाली काङ्ग्रेसले संविधानको पक्षमा दृढताका साथ उभिने...

उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित वितरण आवश्यक : मन्त्री खड्का

उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित...

वि.सं.२०८१ चैत ११ सोमवार ०८:५१

  काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले...

आज केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

आज केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का...

वि.सं.२०८१ चैत १० आइतवार ०८:०७

  काठमाडौं । हाल कोशी तथा मधेश प्रदेशलगायत देशको पहाडी...

चलचित्रका माध्यमबाट पर्यटन क्षेत्रले लाभ लिनसक्छ : मन्त्री पाण्डे

चलचित्रका माध्यमबाट पर्यटन क्षेत्रले लाभ लिनसक्छ :...

वि.सं.२०८१ चैत १० आइतवार ०८:०२

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गुणस्तरीय चलचित्र...