Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

इथानोल मिश्रणको नीतिमा सरकार अघि बढिसक्यो : मन्त्री भण्डारी

Machhapuchchhre Bank Limited

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नीतिमा धेरै अघि बढिसकेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ नाफिजले सोमबार राजधानीमा आयोजना गरेको ‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको वृहत बहस’ कार्यक्रममा मन्त्री भण्डारीले इथानोल मिश्रणको नीतिमा सरकारले आवश्यक तयारी पूरा गरिसकेको बताएका हुन् ।

मन्त्री भण्डारीले भने, ‘नेपाललाई वार्षिक आवश्यक चिनी तीन लाख मेट्रिकटन आवश्यक पर्छ । एक लाख ८० हजार मेट्रिक टन आयात भएको छ । तरपनि बजारमा अभाव छ ।

भोलि यही नियति नेपाल आयल निगमले भोग्ने त होइन । नेपालमा अमेरिका वा अन्य देशबाट आयात हुने मकै १० हजार मेट्रिकटन आउँछ । आयात गरेर हामीले इथानोल बनाउने हो ।

त्यसपछि उपभोक्तामा जाँदा त्यसको मूल्य कति हुने ? १० हजार मेट्रिकटन इथानोल नबनाउँदा आइरहेको छ । करिब एक अर्बको आसपासमा आयात भइरहेको छ ।

इथानोल बनाउने हो भने त्यसको दोब्बर बढी ल्याउनुपर्ला । हामीसँग उत्पादन छैन । आयातलाई २० प्रतिशत कम गर्नसक्ने तहमा छौँ । उत्पादन छ, आयात प्रतिस्थापन गर्दैछौं । २० प्रतिशत योगदान गर्छौँ । उत्पादन गर्छौँ भन्ने तहमा छौँ भने मन्त्रालयको विशेष प्राथमिकतामा रहेको इथानोल मिश्रणको विषयमा मन्त्रालय सहमत छ ।

विनियमावली बनिसकेको छ । मूल्य तोक्न बाँकी छ । त्यो पनि एक महिनाभित्र टुग्याउँछौं । त्यसपछि उत्पादनसँग १० प्रतिशतमा जाने हो भने दुईलाख प्रत्येक दिनको लागि हामीसँग छैन । सरकारको प्राथमिकतामा रहेको कार्यक्रम प्रतिकुलतामा भएपनि सुरु गर्न चाहन्छौँ ।

मूल्य चाँडै तोक्छौं । यो एक महिनाभित्र सरकारले नीतिगत रूपमा टुँग्याउनेपर्ने विषयहरूलाई टुग्याउँछौं । वैदेशिक लगानीमा इथानोल उत्पादन गर्ने प्रस्तावहरू मन्त्रालयमा आएका छन् । कसरी उत्पादन गर्ने चिनी उत्पादक संघले मात्रै सम्भव छ ।’

इथानोल उत्पादनमा जाँदा पेट्रोलियम पदार्थको खपत घट्नुका साथै स्वदेशमा नै रोजगारीको सिर्जना गर्न समेत सहयोग पुग्ने उनको भनाइ छ ।
साथै उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले इथानोल उत्पादनमा जाँदा पेट्रोलियम पदार्थको खपत घट्नुका साथै स्वदेशमा नै रोजगारीको सिर्जना हुने बताए ।

 

उनले इथानोल उत्पादनले मुलुकको कृषि क्षेत्रमा फाइदा हुने बताए । उनले मुलुकमा जलविद्युत उत्पादनको ठुलो सम्भावना भएपनि तत्काल आवश्यकता अनुसार उत्पादन गर्न नसक्ने भन्दै वातावरणमा पनि राम्रो हुने बताए ।
उनले १० प्रतिशतसम्म इथानोल प्रयोग गर्दा सवारी साधनको इन्जिन पनि परिवर्तन गर्न नपर्ने अवस्था रहेको बताए ।

नेपाल आयाल निगमका प्रमुख कार्यकारी अधिकृत डा.चण्डिकाप्रसाद भट्टले इथानोल उत्पादन र प्रयोग हुँदा इन्धनको खपत घट्ने बताए । उनले इथानोलको प्रयोगले दैनिक ४ लाख किलोलिटर इन्धनको खपत घटाउन सहयोग पुग्ने बताए ।

उनले सरकार इथानोल उत्पादन र प्रयोगमा निकै अघि बढिसकेको बताउँदै पेट्रोलियम पदार्थमा इथानोल मिश्रणका लागि २०६० सालमा नै योजना बनेपनि विविध कारणले विलम्ब हुन गएको बताए । उनले यसलाई कार्यान्वयनमा लैजाने पहल भइरहेको र केही महिनामै उत्पादन सुरु हुने पनि बताए ।

उनले इथानोल उत्पादन र प्रयोगको सन्दर्भमा प्रस्तावसँगै कार्यविधि पनि बनाउनुपर्ने भएकाले उद्योग विभागले कार्यविधिका लागि स्वीकृति दिइसकेको बताए । उनले इथानोलको प्रयोगले दैनिक चार लाख किलोलिटर इन्धनको खपत घटाउन सहयोग पुग्ने बताए ।

गुणाकरको राजीनापछि राष्ट्र बैंकमा अन्योल, सक्षम नेतृत्वको खाँचो तीव्र

गुणाकरको राजीनापछि राष्ट्र बैंकमा अन्योल, सक्षम नेतृत्वको...

वि.सं.२०८२ वैशाख ६ शनिवार १७:२९

  गर्भनरमा जुनियरको ‘ईन्ट्री’ हुने डरले नेपाल राष्ट्र बैंकका अधिकारीहरु...

प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त

प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:५१

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई शुक्रवार...

सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी

सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:४८

  काठमाडौं । सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी निर्वाचित...

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन : सञ्चालनमा

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन :...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:४३

  हेटौंडा । बागमती प्रदेशको प्रमुख औद्योगिक एकाइ हेटौंडा सिमेन्ट...

सरकारी नीतिकै अभावमा सुनचाँदी व्यवसायमा विकृती मौलाएको छ : संस्थापक अध्यक्ष शाक्य

सरकारी नीतिकै अभावमा सुनचाँदी व्यवसायमा विकृती मौलाएको...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:३३

        माणिकरत्न शाक्य संस्थापक अध्यक्ष नेपाल सुनचाँदी...

नेशनल आइसिटी अवार्डमा आवेदन दिने समय २ दिन मात्रै बाँकी

नेशनल आइसिटी अवार्डमा आवेदन दिने समय २...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:०४

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना...