Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

नेपाली तयारी पोशाकलाई एनटीपीपीमा समावेश गर्न माग

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अमेरिकामा अत्याधिक माग भएका नेपाली तयारी पोशाकलाई नेपाल ट्रेड प्रिफेरेन्स प्रोगाम थप गर्न सरकारले पहल गर्नुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा उद्योग वाणिज्य महासंघद्वारा आयोजित नेपाल–अमेरिकामा व्यापारका सम्भावना र चुनौती विषय कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।
उनले अमेरिकाले नेपाललाई नेपाल ट्रेड प्रिफेरेन्स प्रोगाम (एनटीपीपी)मा समावेश ७७ वस्तुमा तयारी पोशाकलगायत अमेरिकामा अत्याधिक माग भएका वस्तु थप गर्न आवश्यक रहेको बताए ।

उनले अमेरिकाले नेपाललाई नेपाल ट्रेड प्रिफेरेन्स प्रोगाम (एनटीपीपी) अन्तर्गत विभिन्न ७७ प्रकारका नेपाली वस्तु अमेरिका निर्यात गर्दा शुन्य भन्सार महशुल सुविधा प्रदान गर्दै आएको बताए ।

उनले उक्त सूचिमा रहेका वस्तुहरु सोच जस्तो नेपालबाट अमेरिका निर्यात गर्न नसकेकाले निर्यातको लागि बढी सम्भावना भएका तयारी पोसाकलगायतका थप वस्तुहरु (एनटीपीपी) समावेश गर्नको लागि सरकारले निजी क्षेत्रको सहकार्यमा पहल गर्न जरुरी रहेको बताए ।
उनले भने‘नेपाल अमेरिकाको दोस्रो कि ट्रेडर पाटर्नरको रुपमा रहेको छ ।

अमेरिकाले नेपाललाई नेपाल ट्रेड प्रिफेरेन्स प्रोगाम (एनटीपीपी) अन्तर्गत विभिन्न ७७ प्रकारका नेपाली वस्तु अमेरिका निर्यात गर्दा शुन्य भन्सार महशुल सुविधा प्रदान गरेको छ ।
उक्त सूचिमा रहेका वस्तुहरु सोच जस्तो नेपालबाट अमेरिका निर्यात गर्न नसकेकाले निर्यातको लागि बढी सम्भवना भएका तयारी पोशाक लगायतका थप वस्तुहरु (एनटीपीपी)समावेश गर्नको लागि सरकारले निजी क्षेत्रको सहकार्यमा पहल गर्नु जरुरी छ ।’

उनले नेपाल र अमेरिकाबीच व्यापारमा चूनौतिहरु रहेको बताउँदै (एनटीपीपी) बाट नेपालले उच्च प्रतिफल लिन नसकेको दाबी गरे । उनले (एनटीपीपी) को म्याद २०२५ डिसेम्बरमा सकिन लागेको भन्दै म्याद थपको लागि पहल गर्न आवश्यक रहेको उल्लेख गरे ।

उनले अल्पविकसित बाट विकासोन्मुख मुलुकमा २०२६ मा स्तरोन्नति हुँदा नेपाललाई हुने फाइदा र बेफाइदाका विषयमा छलफल गर्न आवश्यक देखिएको धारणा राखे ।
‘(एनटीपीपी)को म्याद २०२५ डिसेम्बरमा सकिँदै छ । म्याद बढाएर ७७ वस्तुको सूचिलाई पुनरावलोकन गरी अमेरिकामा अत्याधिक माग भएका थप नेपाली वस्तुहरुलाई समावेश गर्नुपर्ने देखिन्छ ।

अल्पविकसितबाट विकासउन्मुख मुलुकमा २०२६ मा स्तरउन्नती हुँदा नेपाललाई हुने फाइदा र बेफाइदाका विषयमा छलफल गर्न आवश्यक छ ।

नेपालबाट निर्यात हुने वस्तु गलैँचा पहिलो नम्बरमा छ । तयारी पोशाकमा ७७ प्रतिशतबाट खुम्चिएर १४ प्रतिशतमा झरेको छ । नेपाली तयारी पोशाकको माग अमेरिकामा दिनप्रतिदिन बढ्दो छ,’उनले भने ।

केही पाइन्छ कि भनेर १० करोडको भवन हस्तान्तरण गरेको होइन : मीन बहादुर गुरुङ

केही पाइन्छ कि भनेर १० करोडको भवन...

वि.सं.२०८२ असार ३१ मंगलवार ०८:२०

  काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक एवम उद्योगी मीन...

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको आग्रह

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको...

वि.सं.२०८२ असार ३० सोमवार १८:४७

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक...

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै : मन्त्री पाण्डे

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै :...

वि.सं.२०८२ असार ३० सोमवार १७:१८

  काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले...

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको उत्साह

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको...

वि.सं.२०८२ असार ३० सोमवार १७:१५

काठमाडौं । मौद्रिक नीतिको उत्साह एक दिन पनि टिक्न नसकेपछि...

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो...

वि.सं.२०८२ असार ३० सोमवार १७:०७

काठमाडौं । शिवम् सिमेन्टले आफ्नो ब्रान्ड क्याम्पेन ‘क्वालिटीको मामिलामा नो...

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

वि.सं.२०८२ असार ३० सोमवार १६:५०

काठमाडौं । विश्वव्यापी रूपमा परिचित खड्लज परफ्यूम आधिकारिक रूपमा नेपाली...