Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

दराज नेपालद्वारा ९.९ वार्षिक उत्सव अभियानको घोषणा, उपभोक्तालाई बचत गर्ने अवसर

kumari  bank

 

काठमाडौं । देशकै अग्रणी अनलाइन शपिङ प्ल्याटफर्म दराज नेपालले स–गौरव आफ्नो बहुप्रतिक्षित ९.९ वार्षिक उत्सव अभियान सार्वजनिक गरेको छ ।

यस कार्यक्रम मार्फत उपभोक्ताले ६०% सम्मको अविश्वसनीय फ्ल्यास सेल छुट, निःशुल्क डेलिभरी र १ करोड बराबरको भाउचर सुविधा प्राप्त गर्न सक्ने दराजले जानकारी दिएको छ । सेप्टेम्बर ९ (भाद्र २४, २०८१) देखि सेप्टेम्बर ११ (भाद्र २६, २०८१) सम्म चल्ने यस अभियान मार्फत नेपाली उपभोक्तालाई किनमेलको रोमाञ्चक अनुभव प्रदान गर्ने लक्ष्य कम्पनीले लिएको छ ।

यस ९.९ बार्षिक उत्सव अभियानको प्रमुख आकर्षणहरु मध्ये एकको रूपमा, खरीदकर्ताहरूले न्यूनतम मूल्य रु.४ सय ९९ बराबरका उत्पादनहरूको खरिद गर्दा छानिएका बिक्रेताहरू मार्फत उपभोक्ताका घरको ढोकैसम्म निःशुल्क डेलिभरीको सुविधा प्राप्त गर्न सक्नेछन् । यसका लागि उपभोक्ताले दराज एपको होमपेजमा उपलब्ध “फ्री डेलिभरी“ ब्यानरमा क्लिक गरी “फ्री डेलिभरी“ भाउचरहरू सङ्कलन गर्न सक्नेछन् ।

साथै, दराजका खरिदकर्ताहरूले अभियान अवधि भर दैनिक रूपमा फ्ल्यास सेलबाट सबैभन्दा कम मूल्यमा विभिन्न क्याटेगरी तथा सेटाफिल, बोट, एक्स–एज र पिलग्रिम लगायत साझेदार ब्रान्डहरू मार्फत ६०% सम्म छुटमा विशेष अफरहरूको मज्जा पनि लिन सक्नेछन् ।

त्यसैगरी, दराज एपमा दैनिकरुपमा अपडेट हुने फ्ल्याश सेल सेक्सनमार्फत खरिदकर्ताहरूलाई उत्पादनहरुको खरिद गर्दा थप बचत गर्ने अवसर सदा झैँ कायम रहनेपनि कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार ९.९ वार्षिक सेल अभियान अत्यधिक छुट र बचतसंग मात्र सम्बन्धित नभइ आफ्ना उपभोक्ता तथा विक्रेताहरु समेतलाई एक बेजोड अनलाइन किनमेल अनुभव प्रदान गर्ने माध्यम पनि हो ।

दक्षिण कोरियामा नेपाली विद्यार्थीले दुःख पाएपछि एनओसी दिन शिक्षा मन्त्रालयको स्थगन

दक्षिण कोरियामा नेपाली विद्यार्थीले दुःख पाएपछि एनओसी...

वि.सं.२०८२ वैशाख २९ सोमवार २२:५३

  काठमाडौं । सरकारले दक्षिण कोरियाका लागि जारी गर्दै आएको...

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (एनआइटीएफ) को आज अन्तिम दिन

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (एनआइटीएफ) को आज...

वि.सं.२०८२ वैशाख २९ सोमवार २२:०५

  काठमाडौं । काठमाडौंको भुकृटीमण्डपमा चलिरहेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला...

प्रिमियरका विद्यार्थीहरूद्वारा विद्यालयभित्र उद्यमशीलता, नवप्रवर्तन र नेतृत्वको अभ्यास

प्रिमियरका विद्यार्थीहरूद्वारा विद्यालयभित्र उद्यमशीलता, नवप्रवर्तन र नेतृत्वको...

वि.सं.२०८२ वैशाख २९ सोमवार २१:३७

काठमाडौं । प्रिमियर इन्टरनेशनल IB कन्टिन्युम स्कूल अन्तर्गतको NEB कार्यक्रमका...

Premier Empowers NEB Students through Innovation, Entrepreneurship, and Student Voice

Premier Empowers NEB Students through Innovation, Entrepreneurship,...

वि.सं.२०८२ वैशाख २९ सोमवार २१:३०

The NEB students at Premier International IB Continuum School led...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २८औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत नगद लाभांश पारित

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २८औं वार्षिक साधारण सभा...

वि.सं.२०८२ वैशाख २९ सोमवार १०:५७

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको आ.ब. २०८०/०८१ को...

नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध...

वि.सं.२०८२ वैशाख २८ आइतवार २३:४९

  काठमाडौँ । नबिल बैंकले आफ्नो बौद्ध शाखामा पाँचौ प्रायोरिटी...