Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

अर्थमन्त्रीले गरे सञ्चय कोषको प्रशंसा, विश्वास कायम राख्न सुझाव

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री बिष्णु पौडेलले राम्रो काम गर्नको लागि कुनै पनि निकायलाई सीमा नतोकिएको बताएका छन् ।

मंगलबार ललितपुरको पुल्चोकस्थित कर्मचारी सञ्चय कोषको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले कर्मचारी सञ्चय कोषको अवस्था सहि ढंगले चलेको उल्लेख गर्दै कोषप्रति सञ्चयकर्ताले राखेको विश्वास कायम राख्न आग्रह गरे ।

उनले भने, ‘कर्मचारी सञ्चय कोषको अवस्था ठिकै ढंगले चलेको जानकारी पाए । राम्रो काम गर्नका लागि कुनै पनि सीमा तोकिएको छैन । तपाईहरुले कति धेरै काम गरेपछि चित्त बुझाउँनुहुन्छ । त्यसकारण राम्रो गर्नुभएको छ, राम्रो गर्नुस् । सञ्चयकर्ताहरुले यो संस्थामाथि भरोसा गरेको छ ।

संस्थाको सबैभन्दा ठुलो भरोसा भनेको पनि सञ्चयकर्ता हो । उनीहरुको विश्वास संस्थाप्रति सवल हुँदै जानेगरी संस्थाले काम गर्नुपर्छ ।’
कोषमा नयाँ नयाँ प्रविधिको प्रयोग गर्दै जनशक्तिको आवश्यक सदुपयोग गर्नुपर्ने उनको भनाइ थियो ।

उनले भने, ‘संस्थाले नयाँ नयाँ प्रविधिमा जानुपर्छ । त्यस्तैगरी कुन जनशक्ति कुन कामका लागि, कसरी परिचालन गर्नेबारेमा ध्यान दिनुहोला । धेरैभन्दा धेरै सञ्चयकर्ताहरुको बीचमा पुग्नको लागि यथेष्ट ठाउँ रहेकाले यसको सदुपयोग गर्न जरुरी छ ।

यससम्बन्धी कानून संशोसन, नियमावलीका कुरामा तपाईका आग्रहका आधारमा म कानून र नियमावली बनाएर पठाइदिन्छु भन्ने नठान्नुहोला । मसँग सयौं कामहरु छन् । यसका लागि तपाई आफैंले फाइल बोकेर जान सक्नुपर्यो । छलफल र मिटिङ गर्नुपर्यो ।’

 

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्‍यो जानकारीमूलक गाइड

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले...

वि.सं.२०८२ असार २६ बिहीवार २३:०७

  काठमाडौं, जुलाई १०, २०२५ — नेपालमा मनसुन बाढीको प्रकोप...

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान’ले सम्मानित

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान’ले...

वि.सं.२०८२ असार २६ बिहीवार २३:००

  काठमाडौं । नेपाल जनप्रशासन सङ्घले यस वर्ष ‘हेमबहादुर मल्ल...

आतंकवाद विरुद्ध नेपाललाई समन्वित सुरक्षा संयन्त्र र विमुक्तिकरण कार्यक्रम आवश्यक

आतंकवाद विरुद्ध नेपाललाई समन्वित सुरक्षा संयन्त्र र...

वि.सं.२०८२ असार २६ बिहीवार २२:५१

  ९ जुलाई, काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय सहयोग तथा संलग्नता...

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे, नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे, नयाँ...

वि.सं.२०८२ असार २६ बिहीवार ०९:००

  काठमाडौँ । नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन...

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रविधिसम्बृद्ध यात्रा

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स...

वि.सं.२०८२ असार २६ बिहीवार ०८:५५

  काठमाडौँ । ललितपुरको हरियालीले भरिएको हात्तीवनमा अवस्थित लिटिल एन्जल्स...

गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री

गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र...

वि.सं.२०८२ असार २६ बिहीवार ०८:४८

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज गुरु पूर्णिमाको...