Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

ज्योति विकास बैंकका ग्राहकलाई ‘साइन इखाडाेल फिटनेश’ सँग सम्झाैता

Machhapuchchhre Bank Limited

 

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंस्थित ‘साइन इखाडोल फिटनेश एन्ड रिक्रिएशन सेन्टर’ सँग सम्झाैता गरेकाे छ ।

बैंकका ग्राहकहरूलाई १०% को छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएकाे हाे ।

सम्झौतापश्चात् अब ज्योति विकास बैंकका ग्राहकले ठुलो भर्‍याङस्थित शाइन इखाडोल फिटनेस तथा रिक्रिएशन सेन्टरको खानामा १०% छुट प्राप्त गर्नेछन् । उक्त स्विमिङ पुलसहितको फिटनेस तथा रिक्रिएशन सेन्टरमा पौडीसम्बन्धी तालिमको पनि व्यवस्था रहेको छ ।

हालै बैंकले ललितपुरस्थित ‘मेडेक्स मल्टिस्पेसालिटी क्लिकिन एन्ड डाइग्नाेस्टिक सेन्टर’मा २०% सम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

यसका साथै बैंकले काठमाडौंस्थित ‘ट्रान्क्विलिटी स्पा’ का देशभरका १७ वटै आउटलेटहरूमा ग्राहकलाई ३०% सम्मको छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।

यसैगरी, बैंकले ‘जास्मिन फिटनेश क्लब एन्ड स्पा’मा २०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।

ज्योति विकास बैंकले ग्राहकको सुविधालाई प्राथमिकतामा राखी विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै ग्राहकहरूलाई छुट र सुविधा प्रदान गर्दै आइरहेको छ ।

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याएकाे बैंकले जनाएकाे छ ।

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

कुमारी बैंक र सूर्यविनायक मिसन हस्पिटलबीच सम्झौता

कुमारी बैंक र सूर्यविनायक मिसन हस्पिटलबीच सम्झौता

वि.सं.२०८१ फागुन ६ मंगलवार ०८:४४

  काठमाडौं । कुमारी बैंक र सूर्यविनायक भक्तपुरस्थित सूर्यविनायक मिसन...

प्रभु महालक्ष्मी लाइफको २ लाख २१ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

प्रभु महालक्ष्मी लाइफको २ लाख २१ हजार...

वि.सं.२०८१ फागुन ६ मंगलवार ०८:३८

  काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २ लाख...

‘बि स्टार यूनिसेक्स एकेडेमी तथा सलुन’को दोस्रो ब्रान्च बनस्थलिमा खुल्यो

‘बि स्टार यूनिसेक्स एकेडेमी तथा सलुन’को दोस्रो...

वि.सं.२०८१ फागुन ६ मंगलवार ०८:३०

काठमाडौँ । विक्रम गौतमले सञ्चालन गरेको ‘बि स्टार यूनिसेक्स एकेडेमी...

डल्फिन पोलिप्लास्टलाई नेपाल गुणस्तर प्रमाण पत्र प्रदान पीभीसी पाइप उत्पादनमा विशेषज्ञता

डल्फिन पोलिप्लास्टलाई नेपाल गुणस्तर प्रमाण पत्र प्रदान...

वि.सं.२०८१ फागुन ६ मंगलवार ०८:२२

  ७ फागुन २०८१, काठमाडौं । डल्फिन पोलिप्लास्ट इन्डस्ट्रीज प्रा.लि.ले...

सानिमा फ्लेक्सी फण्ड : सार्वजनिक लगानीको लागि खुल्ला

सानिमा फ्लेक्सी फण्ड : सार्वजनिक लगानीको लागि...

वि.सं.२०८१ फागुन ६ मंगलवार ०८:१४

  काठमाडौं । सानिमा बैंक लिमिटेडको कोष प्रवर्धक तथा सानिमा...

 सर्वोत्तम सिमेन्टले किन्यो जगदम्बा सिमेन्ट

 सर्वोत्तम सिमेन्टले किन्यो जगदम्बा सिमेन्ट

वि.सं.२०८१ फागुन ६ मंगलवार ०८:०६

  काठमाडौं । नेपाली सिमेन्ट उद्योगमा ऐतिहासिक पुनर्संरचना भएको छ।...