Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

खेल क्षेत्रमा उल्लेख्य प्रगति भइरहेको छ : प्रधानमन्त्री

Machhapuchchhre Bank Limited

 

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल ओलम्पिकको सहभागिताको तलाबाट पदक विजेताको तलामा उक्लिएको भन्दै खुशी व्यक्त गरेका छन् ।

शुक्रबार ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनलाई ६५ लाख रुपैयाँ नगदसहित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पारा खेलाडी गोवर्धनले यस स्थानमा पुग्नका लागि मार्गदर्शन र आफ्ना सीपहरुको अधिकतम् प्रयोग गर्न सफल भएको भन्दै प्रसंशा गरे ।

उनले भने, ‘खेल क्षेत्र एउटा स्थान विषेश र देश विशेषको पहिचानको कुरा हो । खेलले कुन देशले जित्यो भन्ने कुरा विश्वभर प्रचारित हुन्छ । हाम्रो सहभागिता लामो समयदेखि भएको भएपनि पदक प्राप्त गर्न सकेका थिएनौं ।

तर अब सहभागिताको तलाबाट पदकको तलामा उत्रिएका छौं । खेल क्षेत्रका सबै क्षेत्रमा यसैगरी उन्नति प्रगति गर्दै जानेछौं भन्ने विश्वास लिएका छौं । खेलको क्षेत्रमा उल्लेख्य प्रगति गरेका छौंं ।

खेलाडीहरुको खेलपनि हेरेको छु । टिमहरु अन्तर्राष्ट्रियस्तरका छन् । खेल प्रविधिको विकास गर्दै सफलता हासिल गर्दै जानुपर्नेछ । राज्यले सम्मान गरेको छ । यस सम्मानले अन्य खेलाडीहरुलाई समेत प्रोत्साहन गरेको छ भन्ने विश्वास लिएका छौं ।

यो सम्मान र प्रोत्साहन हो । यो सम्मानको स्थानसम्म पुग्नका लागि मार्गदर्शन र आफ्ना सीपहरुको माध्यमबाट पुरस्कृत गरिने कोशिसका लागि पनि धन्यवादको पात्र हुनुहुन्छ ।’

नेपालले खेलकुदको क्षेत्रमा उल्लेख्य प्रगति गरेको भन्दै प्रधानमन्त्री ओलीले प्रविधिको विकाससँगै अगाडी बढुन जरुरी रहेको बताए ।

सरकारले ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनको खातामा ६५ लाख रुपैयाँ गरिदिएको छ ।

सरकारले डिजिटल माध्यमबाट उनको खातामा सो रकम जम्मा गरेको कार्यक्रममा बताइएको छ । यस्तै प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार पुरस्कार व्यवस्थापक २ लाख ९२ हजार पुरस्कार रकम दिइएको छ ।

सरकारले राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार सो पुरस्कार दिएको हो ।

 

प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त

प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:५१

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई शुक्रवार...

सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी

सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:४८

  काठमाडौं । सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी निर्वाचित...

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन : सञ्चालनमा

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन :...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:४३

  हेटौंडा । बागमती प्रदेशको प्रमुख औद्योगिक एकाइ हेटौंडा सिमेन्ट...

सरकारी नीतिकै अभावमा सुनचाँदी व्यवसायमा विकृती मौलाएको छ : संस्थापक अध्यक्ष शाक्य

सरकारी नीतिकै अभावमा सुनचाँदी व्यवसायमा विकृती मौलाएको...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:३३

        माणिकरत्न शाक्य संस्थापक अध्यक्ष नेपाल सुनचाँदी...

नेशनल आइसिटी अवार्डमा आवेदन दिने समय २ दिन मात्रै बाँकी

नेशनल आइसिटी अवार्डमा आवेदन दिने समय २...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:०४

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना...

कर्मचारीतन्त्र बलियो बनाउन निजामती ऐनमा सुधार आवश्यक : मुख्य सचिव

कर्मचारीतन्त्र बलियो बनाउन निजामती ऐनमा सुधार आवश्यक...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:०१

  काठमाडौँ। सरकारका मुख्य सचिव एकनारायण अर्यालले निजामती ऐन भावनामा...