मूल्य सूचिको बारेमा भ्रम सिर्जना भयो कानूनी उपचारमा जान्छाैँ : गेलाल

Friday Sep 13, 2024
वि.सं.२०८१ भदौ २८ शुक्रवार १४:५०

काठमाडाैं । स्काईवेलका लागि नेपालको आधिकारिक वितरक जी मोटर्स र एलआरआर ग्रुपबीचको विवादले उग्र रुप लिएको छ । नेपाली अटोमोबाइल बजारमा राम्रो साख बनाउँदै गर्दा, राम्रो व्यापार गर्दैगर्दा कम्पनीको बदनाम गर्नेगरी एलआरआर मोर्टस र एलआरआर ग्रुपले स्काईवेलका उत्पादनलाई समेत समेट्नेगरी भन्सार प्रयोजनका लागि मूल्य सूचि सार्वजनिक गरेको भन्दै जी मोटर्सले आपत्ति जनाएको हो ।
आधिकारीक स्काईवेलका उत्पादक कम्पनी एबम एक्स्पोर्ट डिभिजन हेर्ने प्रतीनिधीले नेपालमा जी मोटर्स बाहेक अरु कोही पनि आधिकारिक बिक्रेता छैन भन्ने लिखित जानकारी वाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण बिभाग र भन्सार बिभागमा समेत गराई सकेको अवस्थामा बजारमा आम ग्राहकलाई भ्रम फैलाउने, हाम्रो यस प्रा. लि.को ख्यातीलाई असर पुर्याउने, अबौंको लगानी डुबाउने प्रपन्च गर्ने कार्य नगर्न हुन उक्त ग्रुप एबम कम्पनीलाई यसै बिज्ञप्ती मार्फत अनुरोध छ’ जी मोटर्सका तर्फबाट प्रबन्ध निर्देशक कैलाश बाबु गेलालेद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
‘यस्तो कार्य गैरकानुनी त छदैछ साथै हामीले बिक्री बितरण गरीरहेका बस्तुको मुल्यसुचीको बारेमा बजारमा भ्रम सिर्जना गरेकोले आवश्यक कानुनी उपचारमा प्रा.लि जाने छ’ जी मोटर्सका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले बताए । अर्थबजार डटकमसंग कुरा गर्दै गेलालले भने स्काईवेलको मात्र अस्तित्वको कुरा छैन यहाँ धेरै इभिहरुको यही पिडा छ, यसको राम्रो संग कानूनी लडाइमा जान सकिएन भने बजार धवस्त हुन्छ ।
कम्पनीले वाणिज्य बिभागको समेत मिलेमतोमा गैर कानुनी रुपमा हङकङ्ग स्थित एजेन्ट कम्पनीसँग झुठो सम्झौता गरी स्काईवेलका प्यासेन्जर कार तथा एसयूभी आयात गर्ने प्रयास गरेको समेत उनले आरोप लगाए ।
संरक्षण र मिलोमतोले नै यस्ता काम भएका छन् – त्यसैले नेपाल सरकार एवम् वाणिज्य बिभागले असल नियतले कार्य गर्ने व्यवसायीलाई सधैं संरक्षणको नीति लिनुपर्ने उनको भनाइ छ ।
एक आधिकारिक बिक्रेता उत्पादक कम्पनीले नियुक्ती गरेको अवस्थामा र अबौं लगानी गरेका व्यवसायीलाई सहज रुपमा सुरक्षित तवरणबाट व्यवसाय गर्ने वातावरण समेत सिर्जना गर्न आवश्यक रहेको गेलाल बताउछन् ।