भेनस हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
Friday Sep 13, 2024
वि.सं.२०८१ भदौ २८ शुक्रवार १०:०१
काठमाण्डौँ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाण्डौ–११, मध्यबानेश्वर मा स्थित भेनस हस्पिटल प्रा.लि.( ख्भलगक ज्यकउष्तब िएखत। ीतम।) र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
एक समारोहका बिच भेनस हस्पिटल प्रा.लि. का तर्फबाट जनरल म्यानेजर मनी ढकाल र प्रभु बैंक लि.का तर्फबाट बाग्मती प्रदेश क्षेत्र नं १ का प्रमुख दिपेन्द्र बाबु बिष्ट ले समझदारी ज्ञापनपत्र(ःइग्) मा हस्ताक्षर गर्नुभएको छ ।
सो समारोह मा प्रभु बैंक लिमिटेड,बानेश्वर शाखा प्रमुख रचिता विष्ट र भेनस हस्पिटल प्रा.लि. की प्रशासन प्रमुख मनी न्योैपाने समेतको उपस्थित रहेको थियो ।
सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले भेनस हस्पिटल प्रा.लि मा उपचार सेवा लिँदा फार्मेसी, हेल्थ प्याकेज, डाईग्नोष्टिक, अन्र्तगतका सेवाहरुमा ७ ∞ देखी १५∞ सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड, प्रिभलेज कार्ड तथा क्यूआर बाट समेत भुक्तmानी गर्न सक्नेछन् । साथै भेनस हस्पिटलले अन्तरङ्ग तथा बहिरङ्ग, रेडियोलोजी, प्याथोलोजी लगायत का सेवा समेत प्रदान गर्दे आईरहेको छ ।