Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

सामसुङविरुद्ध मोबाइल व्यवसायीले गरेको आन्दोलन स्थगित

Machhapuchchhre Bank Limited

काठमाडौ । नेपाल मोबाइल व्यवसायी महासंघले सामसुङ ब्राण्डका मोबाइलको भिजिबिलिटी बन्द गर्नेगरी घोषणा गरेको आन्दोलनका कार्यक्रम स्थगित गरेको छ।

महासंघ, मोबाइल फोन इम्पोर्टर एसोसियसन र नेपाल मोबाइल बितरक संघकाबीच शुक्रबार भएको त्रिपक्षीय सहमतिपछि महासंघले सामसुङ मोबाइल ब्राण्डविरुद्ध घोषणा गरेको आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको हो ।

महासंघले उठाएको मार्जिन बढाउनुपर्ने बिषयलाई मोबाइल फोन इम्पोर्टर एसोसियसन र नेपाल मोबाइल बितरक संघले समेत समर्थन गर्दै मार्जिन लगायतका बिषयमा आगामी १३ मंसिरमा ठोस निर्णय लिने सहमति भएको हो ।

सहमतिमा नेपाल मोबाइल ब्यवसायी महासंघका अध्यक्ष भरत भट्टराई, मोबाइल फोन इम्पोर्टर एसोसिएसनका अध्यक्ष दीपक मल्होत्रा र नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्यादोले हस्ताक्षर गरेका छन ।

सुदूरपश्चिम प्रदेशको धनगढीमा गत २० भाद्रमा आयोजित सामसुङ रिटेल मिट कार्यक्रममा आयोजक र व्यवसायी पक्षबीच मार्जिनको बिषयमा विवाद हुँदा महासंघ केन्द्रले संघर्षका कार्यक्रम घोषणा गरेको थियो । जसअनुसार भाद्र २६ र २७ गते सामसुङ मोबाइलको भिजिबिलिटी बन्द गरिएको थियो ।

‘असमझदारीपछि सृजित अवस्था, विभिन्न चरणमा भएका वार्ता र संवादपछि हामी तीनै निकाय (नेपाल मोबाइल व्यवसायी महासंघ, मोबाइल फोन इम्पोर्टर एसोसिएसन र नेपाल मोबाइल वितरक संघ) एकताबद्ध भएर मार्जिनलगायत तीनै निकायले उठाएका अन्य जायज मुद्दाहरूको विषयमा संयुक्त रुपमा अघि बढ्ने निष्कर्षमा पुगेका छौं’, सहमतिपछि शुक्रबार तीनै संस्थाद्वारा संयुक्त रुपमा जारी बिज्ञप्तिमा भनिएको छ ।

बिज्ञप्तिमा महासंघले उठाएको मार्जिनको विषय तीनै निकायको आवश्यकताको विषय भएको भनिएको छ भने सो विषयमा आआफ्ना संस्थाका तर्फबाट आवश्यक तयारी गरी १३ मंसिर २०८१ अर्थात् आगामी २८ नोभेम्बरका दिन ठोस निर्णयमा पुग्नेगरि साझा सहमति बनेको उल्लेख छ ।

‘धनगढी घटनापछि सबै पक्षबाट भएका कमी कमजोरीलाई सुधार्दै अघि बढ्न हामी तयार रहेका छौं ।

 

साथै सो घटनापछि व्यावसायिक वातावरण प्रतिकूल हुनेगरी कुनैपनि काम कारबाही नहुने वातावरण बनाउन हामी सबै पक्ष सहमत भएका छौं ।

हामी बीचमा भएका यी सहमतिपछि मोबाइल व्यवसायी महासंघले घोषणा गरेका सबै संघर्षका कार्यक्रम हाललाई स्थगित गरिएको सबै सरोकारवालामा जानकारी गराउँदछौं’ संयुक्त बिज्ञप्तिमा भनिएको छ ।

निजामती कर्मचारी संगठनमा दुवै प्रतिवेदन पारित

निजामती कर्मचारी संगठनमा दुवै प्रतिवेदन पारित

वि.सं.२०८१ फागुन ६ मंगलवार १५:०६

  काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले १२ औं महाधिवेशनमा...

लेखासमितिका कारण १५ खर्ब लगानी रहेको जलविद्युत क्षेत्र अन्यौलमा छ, १८ महिनादेखि आइपीओ रोकियो : इप्पान अध्यक्ष कार्की

लेखासमितिका कारण १५ खर्ब लगानी रहेको जलविद्युत...

वि.सं.२०८१ फागुन ६ मंगलवार १२:४८

  ६ फागुन, काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल...

नेपाल औषधी थोक व्यवसायी संघको अध्यक्षमा गणेश नेपाल विजयी

नेपाल औषधी थोक व्यवसायी संघको अध्यक्षमा गणेश...

वि.सं.२०८१ फागुन ६ मंगलवार ००:३३

काठमाडौं । नेपाल औषधी थोक व्यवसायी संघको अध्यक्षमा गणेश नेपाल...

इन्टरनेशनल हुलाक टिकट महोत्सव गर्न संचारमन्त्रीको प्रस्ताव

इन्टरनेशनल हुलाक टिकट महोत्सव गर्न संचारमन्त्रीको प्रस्ताव

वि.सं.२०८१ फागुन ६ मंगलवार ००:३१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाकको...

आर्थिक अभावमा कोही पनि बालबालिका क्यान्सरको उपचारबाट बञ्चित हुनु पर्दैन : मन्त्री पौडेल

आर्थिक अभावमा कोही पनि बालबालिका क्यान्सरको उपचारबाट...

वि.सं.२०८१ फागुन ६ मंगलवार ००:२९

काठमाडौं । बाल क्यान्सरको निःशुल्क उपचारका लागि सघाउन नेपालले प्राप्त...

नेशनल लाईफको एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

नेशनल लाईफको एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम...

वि.सं.२०८१ फागुन ६ मंगलवार ००:२१

  काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले चितवन स्थित...