NMB Bank
prabhumoneytransfer
NIC ASIA Bank 2-  2024

निजी क्षेत्र प्रवर्द्धन नीतिले मात्रै अर्थतन्त्र सुधार हुन्छ : अध्यक्ष ढकाल

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले निर्वाध गर्न नीतिगत स्थायित्व आवश्यक रहेको बताएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषका मिसनसंगको भेटमा अध्यक्ष ढकालले नेपाली अर्थतन्त्र र सामाजिक संरचना बुझेर नीतिगत सुझाव दिन र नीति तयार पार्न कोषलाई पनि आग्रह गरे ।

‘नेपाली अर्थतन्त्रको संरचना र चरित्र केही फरक छ,’ उनले भने, ‘सोहीअनुसार नीति बनाउन सकिएन भने सुधारमा ढिलाइ हुन्छ ।’

 

ढकालले नेपालमा हाल बैंकिङ प्रणालीमा उच्च तरलता देखिएको, र ब्याजदर घटेको भए पनि निजी क्षेत्रबाट लगानीको माग कम रहेको कुरा पनि बताए । उनले महासंघले बैंकहरूलाई आफ्नै सर्तमा ऋण दिनका लागि लचिलोपन प्रदान गर्न आग्रह गरेको कुरा बताउँदै, अत्यधिक नियमनले बैंकिङ क्षेत्र र निजी व्यवसाय दुवैको विश्वासमा गिरावट ल्याउन सक्ने बताए ।

ढकालले निजी क्षेत्रको सुझावमा सरकारले घोषणा गरेको नयाँ पुस्ताका सुधारले समाधानका उपाय निकाल्न सक्ने विश्वास पनि व्यक्त गरे ।

ढकालले पछिल्लो लगानी सम्मेलनका क्रममा लगानी बढाउन आठवटा कानुनमा संसोधन भएको र द्धिपक्षीय लगानी सम्झौताको खाका समेत तयार भएको जानकारी गराउँदै उच्च विदेशी विनिमय संचिति, सकारात्मक भुक्तानी सन्तुलनको अवस्थामा पनि विदेशी लगानी आकर्षित हुन नसकेको अवस्थामा कोषले नेपालको प्रवद्र्धनमा सहयोग पुर्याउनुपर्ने अध्यक्ष ढकालको आग्रह थियो ।

भेटका क्रममा मिसन प्रमुख सरवत जाहाँले कोष नेपाललाई सहयोग गर्न आएको बताए । निजी क्षेत्रलाई महत्व दिनुपर्ने विषयमा कोष सदैव सकारात्मक रहेको उनको भनाइ छ ।

 

विपद् जोखिम न्यूनिकरण गर्न बजेट अभाव, २० अर्ब आवश्यक पर्ने

विपद् जोखिम न्यूनिकरण गर्न बजेट अभाव, २०...

वि.सं.२०८१ असोज १९ शनिवार २१:३०

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी...

अन्तर्राष्ट्रिय बलुन फेस्टिवलको गुडविल एम्बेस्डरमा राजेश र प्रियंका

अन्तर्राष्ट्रिय बलुन फेस्टिवलको गुडविल एम्बेस्डरमा राजेश र...

वि.सं.२०८१ असोज १९ शनिवार २१:२७

  काठमाडौं । अन्तर्राष्ट्रिय बलुन फेस्टिबलको गुडविल एम्बेस्डमा महानायक राजेश...

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ५६ प्रतिशत चिकित्सक उत्तीर्ण

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ५६ प्रतिशत चिकित्सक...

वि.सं.२०८१ असोज १९ शनिवार २१:२४

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले ७०औं चिकित्सक नाम दर्ता (लाइसेन्स)...

अध्यक्ष ढकाल पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मानित

अध्यक्ष ढकाल पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मानित

वि.सं.२०८१ असोज १९ शनिवार २१:०३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पश्चिमाञ्चल...

बलि दिने कुरामा राज्यले नै प्रोत्साहन गरिरहेको छ: डा.गोविन्द टन्डन

बलि दिने कुरामा राज्यले नै प्रोत्साहन गरिरहेको...

वि.सं.२०८१ असोज १९ शनिवार १३:०१

दशैंको सांस्कृतिक र पौराणितक महत्व के छ ? यसलाई किन...

दशैं तिहारमा आनन्दका लागि जतिपनि खाने, अनि डाक्टर खोज्दै जाने ?

दशैं तिहारमा आनन्दका लागि जतिपनि खाने, अनि...

वि.सं.२०८१ असोज १९ शनिवार १२:४७

काठमाडौं । मानव स्वास्थ्यका लागि दैनिक खानपानको ठूलो महत्व छ...