Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

पाल्पाली ढाकालाई आधुनिकीकरण र ब्रान्डिङ गरौँ : अध्यक्ष ढकाल

पाल्पाली ढाकालाई आधुनिकीकरण र ब्रान्डिङ गरौँ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाल्पाली ढाका उद्योगलाई आधुनिकीकरण गरी धेरै मात्रामा उत्पादन गर्न सकिए अन्तर्राष्ट्रिय बजारमा पनि निर्यातमार्फत ब्रान्डिङ गर्न सकिने बताउनुभएको छ ।

पाल्पा उद्योग वाणिज्य संघको ७० औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै अध्यक्ष ढकालले नेपालको निर्यात बजारलाई प्रवद्र्धन गर्न सकिने नेपालका यस्ता कैयौँ मौलिक उत्पादनहरु भए पनि तिनको बजारीकरणमा राज्य पछि परेको धारणा राख्नुभयो ।

अध्यक्ष ढकालले भन्नुभयो ‘पाल्पाले बेच्न सक्ने त पर्यटन हो तर पनि पाल्पाको ढाका र करुवाले राष्ट्रिय पहिचान नै बनाएकाले यी उत्पादनको ब्रान्डिङ र बजारीकरणमा के गर्न सकिन्छ यहाँका व्यवसायीहरु योजना बनाएर आउनुस्, हामी के गर्न सक्छौँ गर्छाैँ ।’

अध्यक्ष ढकालले अहिले बैंकको ब्याज पनि सस्तो भएको र देशमा लगानीको वातावरण पनि सहज बन्दै गएको अवस्थामा यस्ता राष्ट्रिय पहिचान बनाइसकेका उत्पादनमा लगानी गरी मुनाफा लिने कामबाट पछि पर्न नहुने पनि बताउनुभयो ।

उहाँले पाल्पा पर्यटनमा पनि देशको एक प्रख्यात ठाउँ भएकाले पर्यटकीय पूर्वाधारको निर्माण गरी स्वदेश र विदेशका बढी भन्दा बढी पर्यटक भित्र्याउने काममा लाग्नुपर्ने पनि बताउनुभयो ।
उहाँले भन्नुभयो ‘पाल्पामा रहेको रानीमहल एक ऐतिहासिक सम्पदा हो र योसँग नेपालको एक शताब्दि भन्दा लामो इतिहास छ ।

यसको विकास गरेर पर्यटक आकर्षण गर्नसक्ने सम्भावनाको खोजी गर्नुपर्छ । यी सम्पादहरुको संरक्षण, प्रवद्र्धन र प्रचारप्रसारबाट पर्यटकीय क्रियालकलापहरुमा बढावा दिन सक्नुपर्छ ।’

आफू सानो छँदा पनि बागलुङका नागरिकहरु स्वास्थ्य उपचारदेखि स्थानीय बजारसम्मका लागि पाल्पा आउने गरेको आफूलाई थाहा भएको प्रसंग उल्लेख गर्दै पाल्पासँग आफ्नो पनि भावनात्मक सम्बन्ध रहेको बताउनुभयो ।

सोही अनुसार अहिलेको पाल्पाले पनि बजार होस् या अन्य काममा पनि अगुवा भइ अघि बढ्न सक्ने उहाँको भनाई थियो ।

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी...

वि.सं.२०८२ असार २३ सोमवार २३:४१

काठमाडौं । हाईलाइफले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश गरेको...

जगदम्बा मोटर्सले सार्वजनिक गर्यो जुपिटर ११० स्कूटर

जगदम्बा मोटर्सले सार्वजनिक गर्यो जुपिटर ११० स्कूटर

वि.सं.२०८२ असार २३ सोमवार २३:२५

काठमाडौं । विश्वव्यापी रूपमा दुई तथा तीन पाङ्ग्रे सवारीसाधन निर्माण...

नेप्से २७ सय बिन्दुमै स्थीर कारोबार रकम भने घट्यो

नेप्से २७ सय बिन्दुमै स्थीर कारोबार रकम...

वि.सं.२०८२ असार २२ आइतवार २१:४१

काठमाडौं । कारोबार रकम घटेपनि साताको पहिलो कारोबार दिन आईतबार...

नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो जोखिमः विश्व बैंक

नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो...

वि.सं.२०८२ असार २२ आइतवार २१:३५

  काठमाडौं । नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो...

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब...

वि.सं.२०८२ असार २२ आइतवार ०९:२३

  काठमाडौं । बुद्ध एयरले छ महिनामै ७ अर्ब ४१...

एनआईसी एशिया बैंक र एनसीएचएलबीच ‘अलीपे प्लस’ अन्तरदेशीय भुक्तानी सम्झौता

एनआईसी एशिया बैंक र एनसीएचएलबीच ‘अलीपे प्लस’...

वि.सं.२०८२ असार २० शुक्रवार १५:०६

काठमाडौं । एन आई सी एशिया बैंक र नेपाल क्लियरिङ...