CG Electronics
Ncell NPL
NIMB

‘कम्पनीहरुले मूल्य बढाएर आइपीओ जारी गर्ने परिपाटीले साना लगानीकर्ता मारमा ’

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले एउटा समितिले एउटा निर्णय गरिसकेपछि अर्को समितिको बैठक बसेर अर्कै निर्देशन दिने परिपाटीले असमझदारी बढ्दै गएको बताएका छन् ।
आइतबार अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो परिपाटीलाई समितिका सभापतिहरुले बसेर समाधान गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘एउटा समितिले एउटा निर्णय गरिसकेपछि अर्को समितिको बैठक बसेर अर्कै निर्देशन दिने परिपाटीले एक प्रकारको असमझदारी बढेको छ । यसको समाधानका लागि समितिका सभापतिहरुले बसेर समाधान गरौं । क्षेत्रधिकार मिचेर निर्देशन दिने पनि केही अवस्थाहरु आउँछन् । तर संवादको माध्यमबाट यस्ता समस्याहरुलाई हल गर्दै लैजानुपर्दछ । ’
साथै उनले कम्पनीहरुले मूल्य बढाएर आइपीओ जारी गर्ने परिपाटीका कारण साना लगानीकर्ताहरु मारमा पर्ने गरेको बताए । उनले नियम संशोधन गरेर राजपत्रमा प्रकाशित नगर्दा सर्वसाधारण लगानीकर्ताहरुलाई त्यो जानकारी नहुँदा सूचनाको हकबाट बञ्चित भएको हो कि ? यस विषयलाई गम्भिरताका साथ लिनुपर्ने बताए ।

यस्तै नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सञ्चालनमा नआई आईपीओमा कम्पनीको नेटवर्थ कसरी १०० भन्दा बढी हुन्छ भन्दै प्रश्न गरेका छन् । उनले ऐन–कानुनका कारणले राम्रा कम्पनी बजारमा नआएका कारण बजारलाई प्रभावित पार्ने निर्णय हामीले गर्न नहुने बताए ।

उनले भने, ‘सञ्चालनमा नआई आईपीओमा आउने कम्पनी पनि छन्, ती कम्पनीको नेटवर्थ कसरी १०० भन्दा बढी हुन्छ ? बजारमा अब्बल कम्पनी भित्रिएका छैनन् । हामीले समग्र रूपलाई हेर्नुपर्छ । ऐन–कानुनका कारणले राम्रा कम्पनी नआएका हुन् कि । बजारलाई प्रभावित पार्ने निर्णय हामीले गर्नु हुन्न । हाम्रा अहिलेका ऐन नियममा कहाँ के के कुरा मिलेको छैन त्यो पनि हेर्नुपर्ने भएको छ ।’

 

CG Electronics
डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक सार्वजनिक

डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक...

वि.सं.२०८२ माघ ९ शुक्रवार २१:५७

  काठमाडौ। डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्यजाँचसम्बन्धी तीनवटा...

भोलि शुरु हुने छैठौं टाइगर कपमा एनसेलको सहकार्य

भोलि शुरु हुने छैठौं टाइगर कपमा एनसेलको...

वि.सं.२०८२ माघ ९ शुक्रवार १३:२१

काठमाडौँ । एनसेलले खेलकुद विकास र युवा सशक्तिकरणमा आफ्नो योगदानलाई...

दलका चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : अध्यक्ष ढकाल

दलका चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता...

वि.सं.२०८२ माघ ८ बिहीवार ००:०१

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै राजनीतिक...

फाप्लालाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला र खेलग्राम बनाइने : पूर्वमन्त्री आले

फाप्लालाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला र खेलग्राम...

वि.सं.२०८२ माघ ७ बुधवार २२:०२

  कैलाली, ७ पुस : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का...

विनोद चौधरी भन्छन ‘सबै मिलेर पश्चिम नवलपरासीको विकास अभियानलाई पूर्णता दिनुछ’

विनोद चौधरी भन्छन ‘सबै मिलेर पश्चिम नवलपरासीको...

वि.सं.२०८२ माघ ७ बुधवार १७:१४

  प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा पश्चिम नवलपरासीमा नेपाली कांग्रेस...

काभ्रे–२ मा उमेश थापाको स्वतन्त्र उम्मेदवारी

काभ्रे–२ मा उमेश थापाको स्वतन्त्र उम्मेदवारी

वि.सं.२०८२ माघ ७ बुधवार ११:२२

  काठमाडौं। आउँदो फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका...