NMB Bank
prabhumoneytransfer
NIC ASIA Bank 2-  2024

दशैंतिहारका लागि असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला

काठमाडौं । दशैंतिहारका लागि असोज १२ गतेदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिवार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको बैठकले व्यवसायीका मागका सम्बन्धमा सातबुँदे निर्णय गरेको छ ।

बैठकले सडक विभाग अन्तर्गतका सबै सडक घटस्थापना अगावै मर्मतसम्भार गर्न निर्देशन समेत गरेको छ । बिपी राजमार्ग सडक सुरक्षाका लागि साना सवारी मात्र सञ्चालन गर्न र रात्रि सवारी सञ्चालन रोक्न गृह मन्त्रालय र नेपाल प्रहरीलाई अनुरोध गर्ने र विभागले त्यसको अनुगमन गरी यातायात मन्त्रालयलाई रिपोर्ट गर्ने निर्णय पनि गरेको छ ।

सवारीसाधनको यान्त्रिक परीक्षण गरी गन्तव्यमा जान सहज व्यस्थापन गरिने भएको छ । वैज्ञानिक भाडा समायोजन विगत तीन वर्षदेखि नभएकाले छठ पर्वको एक हप्तापछि समायोजन गरिने पनि निर्णय भएको छ ।

पाँच तारे होटल हाेलिडे ईनकाे प्रधानमन्त्रीले उद्घाटन गर्ने

पाँच तारे होटल हाेलिडे ईनकाे प्रधानमन्त्रीले उद्घाटन...

वि.सं.२०८१ असोज २३ बुधवार १०:५१

  काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काको...

मन्त्रीसँगको वार्तापछि मेलम्चीको पानी काठमाडौं पठाउने सहमति

मन्त्रीसँगको वार्तापछि मेलम्चीको पानी काठमाडौं पठाउने सहमति

वि.सं.२०८१ असोज २२ मंगलवार २३:१७

काठमाडौं । आज(मंगलबार)देखि मेलम्चीको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा...

विकास निर्माणका काम आमूल परिवर्तनको शैलीमा गर्नुपर्छ : प्रधानमन्त्री

विकास निर्माणका काम आमूल परिवर्तनको शैलीमा गर्नुपर्छ...

वि.सं.२०८१ असोज २२ मंगलवार २३:०५

  काठमाडौँ २२ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास...

खाद्य सुरक्षा विश्व मानव समुदायको जीवन,मरणको मुख्य विषय बनेको छ  : मन्त्री अधिकारी

खाद्य सुरक्षा विश्व मानव समुदायको जीवन,मरणको मुख्य...

वि.सं.२०८१ असोज २२ मंगलवार २३:००

  काठमाडौं । कृषि तथा पशुपन्छि विकास मन्त्री रामनाथ अधिकारीले...

श्रमिकको मुद्दा साझा समस्याको रुपमा देखिएको छ  : अर्थमन्त्री पौडेल

श्रमिकको मुद्दा साझा समस्याको रुपमा देखिएको छ ...

वि.सं.२०८१ असोज २२ मंगलवार २२:५०

  काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले, श्रमिकका मुद्दाहरु कुनै एउटा...

अवरुद्ध कान्तिलोकपथ मार्ग सुचारु

अवरुद्ध कान्तिलोकपथ मार्ग सुचारु

वि.सं.२०८१ असोज २२ मंगलवार ११:१५

काठमाडौं । अवरुद्ध रहेको कान्तिलोकपथ मार्ग सुचारु भएको छ ।...