सिटिजन्स बैंकद्वारा ४.२१ प्रतिशत लाभांश स्वीकृत
Monday Sep 23, 2024
वि.सं.२०८१ असोज ७ सोमवार २१:२२
काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०८०/८१ का लागि ४.२१ प्रतिशत लाभांश प्रस्ताव स्वीकृत गरेको छ । नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लागू हुनेगरी आज बसेको ४६३औँ सञ्चालक समितिको बैठकले मुनाफाबाट उक्त प्रतिशत लाभांश स्वीकृत गरेको हो ।
सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार आ.व २०८०/८१को वितरण योग्य मुनाफाबाट २०८१ आषाढ मसान्तको चुक्तापुँजी रु. १४,२००,९७४,००६ को ४ प्रतिशतले हुने रु ५६,८०,३८,९६० बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश ०.२१ प्रतिशतले हुने रु २,९८,९६,७८७ सहित जम्मा रु ५९,७९,३५,७४७ दिने प्रस्ताव गरिएको छ ।
उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीलाई प्रस्तावित लाभांश वितरण गरिने जानकारी दिएको छ ।
२०६४ साल वैशाख ७ गतेबाट कारोवार सञ्चालन गरी विगत १८ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आइरहेको यस सिटिजन्स बैंकले सर्वसाधारणलाई शेयर जारी गरेको आर्थिक वर्ष २०६५/६६ देखि नै शेयरधनीलाई निरन्तर लाभांश वितरण गर्दै आएको छ ।