CG Electronics
Ncell NPL
NIMB

पारस खड्का बने डिपलको ब्राण्ड एम्बेस्डर

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । ईभी ब्राण्ड डिपलको ब्राण्ड एम्बेस्डरमा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का नियुक्त भएका छन् ।
मंगलबार डिपलको आधिकारिक विक्रेता एमएडब्लु ग्रुपले उनलाई ब्राण्ड एम्बेस्डरमा नियुक्ति गरेको हो ।कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक विवेक सिकारियाले खड्कालाई सम्झौतापत्र हस्तान्तरण गर्नुको साथै डिपल एस ०७ को कीं ह्याण्डओभर समेत गरेको छ ।


सोही क्रममा उनले नेपाली क्रिकेटको इतिहाससँग जोडिएको लक्की नम्बर ७ सँगै आफू डिपल एस ०७ सँग पनि जोडिन पाउँदा निकै खुशी लागेको भन्दै डिपलले छोटो समयमा नै नेपाली बजारमा उत्कृष्टता परिचय बनाउन सफल भएको बताए ।
उनले भने, ‘मैले हस्ताक्षर गरेको पत्र एस ०७ हो ।

७ भन्ने शब्द मेरो लागि व्यक्तिगत रुपमा पनि मेरो मनमा छ किनभने मैले ७७ नम्बर नेपालको लागि क्रिकेट खेल्दा लगाएको नम्बर हो । यसको साथै म सातौं क्याप्टेन पनि हो । यो ७ भन्ने शब्द मेरो जीवनमा धेरै तरिकाले जुरेको पनि छ । डिपलको यो समारोहमा एस ०७ गाडी र पूरै परिवारसँग नै जोडिन पाउँदा खुसी लागेको छ ।’ यो कार बाहिरबाट हेर्दा जति राम्रो देखिन्छ भित्रबाट पनि उत्तिकै राम्रो भएको पनि उनको भनाई छ ।

यसको साथै, उनले पछिल्लो समय नेपाली क्रिकेटलाई सबैले चिन्न सफल भएको भन्दै खुसी पनि व्यक्त गरेका छन् । चिनियाँ अटोमोबाइल उत्पादक कम्पनी चांगानको उत्पादन डिपाल गत चैतमा मात्र नेपाल भित्रिएको हो । उत्कृष्ण पावर पिकअपसँगै आकर्षक लुक्स, लग्जरियस् फिचर्स र रेञ्जका कारण डिपल छोटो समयमा नै लोकप्रिय बन्न सफल भएको छ।

CG Electronics
दाइहात्सुले सार्वजनिक गर्यो दुई नयाँ इलेक्ट्रिक मिनी कमर्शियल भ्यान

दाइहात्सुले सार्वजनिक गर्यो दुई नयाँ इलेक्ट्रिक मिनी...

वि.सं.२०८२ माघ २५ आइतवार २२:२५

  काठमाडौं । जापानी अटोमोबाइल निर्माता दाइहात्सु मोटरले आफ्ना दुई...

जीहो इलेक्ट्रिक स्कुटरको ‘ईभी केयर क्याम्प’ सुरु, फ्रि चेकअप र विशेष छुट उपलब्ध

जीहो इलेक्ट्रिक स्कुटरको ‘ईभी केयर क्याम्प’ सुरु,...

वि.सं.२०८२ माघ २५ आइतवार २२:१५

  काठमाडौं । नेपालका लागि जीहो इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक...

सिटिजन्स बैंकद्वारा MAN–Citizens Aspiring Manager Award वितरण

सिटिजन्स बैंकद्वारा MAN–Citizens Aspiring Manager Award वितरण

वि.सं.२०८२ माघ २५ आइतवार २२:०८

काठमाडौँ। यस वर्षको “MAN–Citizens Aspiring Manager Award“ गौरव उप्रेतीलाई प्रदान...

‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न

‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न

वि.सं.२०८२ माघ २५ आइतवार २२:०१

  काठमाडौं। नेपालको निर्माण क्षेत्रको विकासमा केन्द्रित ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय...

पारस खड्का हायरको ब्रान्ड एम्बासडर नियुक्त

पारस खड्का हायरको ब्रान्ड एम्बासडर नियुक्त

वि.सं.२०८२ माघ २५ आइतवार २१:४०

  काठमाडौं । विश्वप्रसिद्ध होम एप्लायन्स ब्रान्ड हायरको ब्रान्ड एम्बासडरका...

वृज एडिटिभ्स प्रायोजनमा सोह्रौं राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न

वृज एडिटिभ्स प्रायोजनमा सोह्रौं राष्ट्रिय सिभिल इन्जिनियरिङ...

वि.सं.२०८२ माघ २५ आइतवार २१:३५

  काठमाडौं । वृज एडिटिभ्स् प्रा.लि.को प्रायोजनमा आयोजित सोह्रौं राष्ट्रिय...