Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

डिलर नेटवर्क विस्तारलाई तीव्र गतिमा अगाडि बढाउँदै जीडब्लूएम नेपाल

 

काठमाडौं । जीडब्लूएम नेपालले आफ्नो डिलर नेटवर्क विस्तारमा तीव्र गतिमा अघि बढिरहेको छ।

भीजी इम्पेक्स प्रालि नेपालका लागि जीडब्लूएमको आधिकारिक आयातकर्ता एवं वितरकले विराटनगर, भरतपुर (नारायणघाट) र बुटवलजस्ता सहरहरूमा आधिकारिक डिलरसीप स्थापना गरिसकेको जनाएको छ।

जीडब्लूएम नेपालले आफ्नो डिलर नेटवर्क विस्तारको क्रममा चितवनमा पनि आधिकारिक डिलरसीप स्थापना गरिसकेको छ।

यसका साथै यो आर्थिक वर्षको अन्त्यसम्म पोखरा, नेपालगञ्ज, जनकपुर, र बिर्तामोडमा पनि डिलरसीप विस्तार गर्ने योजना बनाएको कम्पनीले जनाएको छ।

यी डिलरसीपहरूले जीडब्लूएम ब्रान्डको लोकप्रिय गाडीहरू जस्तै हवल एच सिक्स एसयूभी, हवल जोलिअन एसयूभी, पोअर डबल क्याब पिकअप, विंगल भाइभ पिकअप, रेट्रो-आधुनिक ओरा०३ इलेक्ट्रिक क्रसओभरको अनुभव गराउन मद्दत गर्ने कम्पनीले जनाएको छ।

निकट भविष्यमा जीडब्लूएमले पोखरामा पनि नयाँ डिलरसीप खोल्ने योजना बनाएको जानकारी दिएको छ। यो वर्षको अन्त्यसम्ममा अन्य प्रमुख सहरहरूमा थप दुईवटा डिलरसीपहरू थपिने कम्पनीको भनाइ छ।

ओरा०३ इलेक्ट्रिक क्रसओभर जुन रेट्रो-आधुनिक डिजाइन र प्रिमियम सुविधाहरूले सुसज्जित छ, एनक्याप र यूरो एनक्याप दुवैमा फाइभ स्टार सेफ्टी रेटिङ पाएको कारण लोकप्रिय बन्दै गएको कम्पनीले जनाएको छ।

जीडब्लूएम नेपालले हवल एच सिक्स, हवल जोलिअन, जीडब्लूएम पोअर पिकअप र विंगल फाइभ पिकअपजस्ता विश्वभर लोकप्रिय मोडेलहरू बिक्री गरिरहेको छ।

साथै, निकट भविष्यमा नेपालमा ट्यांक ब्रान्डअन्तर्गत लक्जरी अफ-रोड मोडलहरू प्रस्तुत गर्ने योजना कम्पनीको छ।

एनसेलको ‘सधैँ अन करोडपति’ योजना : छानिए पहिलो हप्ताका १० जना १ लाख नगद विजेताहरु, बम्परमा १ करोड नगद पुरस्कार

एनसेलको ‘सधैँ अन करोडपति’ योजना : छानिए...

वि.सं.२०८२ असार ९ सोमवार २२:१२

काठमाडौं । एनसेलले आफ्नो ‘सधैँ अन करोडपति’ योजना अन्तर्गत पहिलो...

दरमखोला हाइड्रो इनर्जीको आईपीओ खुल्यो

दरमखोला हाइड्रो इनर्जीको आईपीओ खुल्यो

वि.सं.२०८२ असार ९ सोमवार २२:०८

काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आजदेखि आईपीओ निष्काशन गरेको...

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर आजदेखि विक्रीमा

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर आजदेखि विक्रीमा

वि.सं.२०८२ असार ९ सोमवार २१:५६

  काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडको संस्थापक...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवाहरुमा १५ प्रतिशतसम्म छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र...

वि.सं.२०८२ असार ९ सोमवार २१:४८

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड तथा...

४.७८ अंकले बढेर नेप्से परिसुचक २६ बिन्दु माथि उक्लियो

४.७८ अंकले बढेर नेप्से परिसुचक २६ बिन्दु...

वि.सं.२०८२ असार ९ सोमवार २०:५४

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसुचकमा केहि...

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’...

वि.सं.२०८२ असार ८ आइतवार १७:२३

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ’टेक एण्डे पे’...