NMB Bank
prabhumoneytransfer
NIC ASIA Bank 2-  2024

एनआइसी एशिया बैंकका ग्राहकलाई बुद्ध एयरको टिकटमा छुट

 

काठमाडौँ । एनआइसी एशिया बैंक लिमिटेडका ग्राहकहरुले बुद्ध एयरको टिकट खरिद गर्दा ८ प्रतिशतसम्म छुट उपलब्ध हुनेगरी बैंक र बुद्ध एयरबीच सम्झौता भएको छ ।

सो सम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र बुद्ध एयरको तर्फबाट निर्देशक रुपेश जोशीले हस्ताक्षर गरेका हुन् । सम्झौता बमोजिम बैंकका ग्राहक महानुभावहरुले बुद्ध एयरका विभिन्न ठाउँमा रहेका १३ वटा काउन्टर र विमानस्थल काउन्टरबाट टिकट खरिद गर्दा उक्त छुट प्राप्त गर्न सक्नुहुनेछ ।

बैंकका ग्राहकहरुले मोबाइल बैंकिङ्ग एप, डेबिट कार्ड, क्रेडिट कार्ड एवं प्रिभिलेज कार्ड प्रयोग गरी काउन्टरमा भुक्तानी गर्दा दुई पक्षबीच भएको सम्झौता बमोजिम ८ प्रतिशतसम्म छुट प्राप्त गर्नुहुनेछ । नेपालको निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरसँग गरिएको यो छुट सम्झौताले बैंकका ग्राहक महानुभावहरुलाई विशेष गरी आउदै गरेका चाडपर्वका बेला विभिन्न गन्तव्यमा सुलभ रुपमा आवतजावत गर्न सघाउ पुग्ने बैंकले विश्वास लिएको छ ।

साथै, ग्राहकहरुका लागि ल्याइएको यस विशेष छुट योजनाबाट डिजिटल भुक्तानीको प्रवद्र्धनमा सघाउ पुग्ने हुँदा नगदरहित कारोबारलाई बढावा दिनको निमित्त ठोस टेवा पुग्ने समेत बैंकले विश्वास लिएको छ ।

 

विकास निर्माणका काम आमूल परिवर्तनको शैलीमा गर्नुपर्छ : प्रधानमन्त्री

विकास निर्माणका काम आमूल परिवर्तनको शैलीमा गर्नुपर्छ...

वि.सं.२०८१ असोज २२ मंगलवार २३:०५

  काठमाडौँ २२ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास...

बैंक र व्यवसायीबाट उद्धार कोषमा रकम हस्तान्तरण

बैंक र व्यवसायीबाट उद्धार कोषमा रकम हस्तान्तरण

वि.सं.२०८१ असोज २२ मंगलवार ०८:५९

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार...

बाढी पहिरो पीडितलाई प्रभु इन्स्योरेन्सद्धारा २५ लाख रुपैयाँ सहयोग

बाढी पहिरो पीडितलाई प्रभु इन्स्योरेन्सद्धारा २५ लाख...

वि.सं.२०८१ असोज २२ मंगलवार ०८:५७

काठमाडौं । प्रभु इन्स्योरेन्सले बाढी तथा पहिरोबाट पीडितको राहत तथा...

प्रधानमन्त्रीलाई दैवी प्रकोप उद्धार कोषमा रकम हस्तान्तरण

प्रधानमन्त्रीलाई दैवी प्रकोप उद्धार कोषमा रकम हस्तान्तरण

वि.सं.२०८१ असोज २२ मंगलवार ०७:४१

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार...

लाइफ इन्स्योरेन्स कर्पोरेशनबाट प्रधानमन्त्री उद्धार कोषमा ३१ लाख सहयोग

लाइफ इन्स्योरेन्स कर्पोरेशनबाट प्रधानमन्त्री उद्धार कोषमा ३१...

वि.सं.२०८१ असोज २० आइतवार २१:०१

  लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले बाढी, पहिरो र डुबानमा परेकाहरुको...

लक्ष्मी सन्राइज क्यापिटल र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डबीच आइपीओ जारी गर्नेसम्बन्धी सम्झौता

लक्ष्मी सन्राइज क्यापिटल र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट...

वि.सं.२०८१ असोज २० आइतवार २०:३८

काठमाडौँ । लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड (एलएस क्यापिटल) र नेपाल...