NMB Bank
prabhumoneytransfer
NIC ASIA Bank 2-  2024

मुक्तिनाथ विकास बैंकले महिला उद्यमीहरूका लागि ल्यायो वित्तीय साक्षरता कार्यक्रम सञ्चालनमा

 

काठमाडौं । मुक्तिनाथ विकास बैंकले महिला उद्यमीहरूका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले नेपाल महिला उद्यमी महासंघको २१ औं वार्षिक साधारणसभाको अवसरमा उक्त महासंघमा आवद्ध महिला उद्यमीहरूका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हाे ।

कार्यक्रममा बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्य र मार्केटिङ विभागका प्रमुख विनयरत्न शाक्यले सहजीकरण गरेका थिए । कार्यक्रममा महिला उद्यमीहरूले बैंकिङ कारोबार र सेवासुविधासम्बन्धी राखेका विभिन्न जिज्ञासाहरूलाई बैंकको तर्फबाट स्पष्टसमेत पारिएको थियो ।

महासंघका अध्यक्ष शोभा ज्ञवालीले उक्त कार्यक्रमबाट महिला उद्यमीहरूलाई बैंकिङ कारोबार गर्न प्रोत्साहन मिल्नुको साथै बैंकको सेवासुविधाबारे जानकारी भएको र सहभागीहरूका जिज्ञासाहरूलाई स्पष्ट भएकोले आगामी दिनमा बैंकबाट कर्जा उपयोग गर्न सहज हुने बताएकी थिइन् । उक्त कार्यक्रममा महासंघको तर्फबाट १५० जना महिला उद्यमीहरू सहभागी भएका थिए ।

बैंकले ‘नेपालमै टिक्न सजिलो छ’ भन्ने मान्यता राख्दै साना तथा मझौला व्यापार-व्यवसायहरूलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जाहरू ल्याएको छ ।

एआईसम्बन्धी अवधारणा-पत्रमा सरोकारवालासँगको छलफल सम्पन्न

एआईसम्बन्धी अवधारणा-पत्रमा सरोकारवालासँगको छलफल सम्पन्न

वि.सं.२०८१ असोज १९ शनिवार २१:३४

  काठमाडौं । सरकारले सार्वजनिक गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी...

१३२ युनिट डेलिभरीका साथ बीवाईडीले हासिल गर्‍यो महत्वपूर्ण उपलब्धि

१३२ युनिट डेलिभरीका साथ बीवाईडीले हासिल गर्‍यो...

वि.सं.२०८१ असोज १९ शनिवार २१:१४

  काठमाडौं । विश्वकै अग्रणी इलेक्ट्रिक सवारी साधन (ईभी) निर्माता...

प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा प्राइम कमर्सियल बैंकले ३१ लाख दिने निर्णय

प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा प्राइम कमर्सियल बैंकले ३१...

वि.सं.२०८१ असोज १९ शनिवार १९:३१

काठमाडौँ । प्राइम कमर्सियल बैंकले बढी पहिरो र डुबानमा परेकाहरुको...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुटको सुविधा

ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण...

वि.सं.२०८१ असोज १८ शुक्रवार २०:२०

  काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल मणिपाल...

प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण 

प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड...

वि.सं.२०८१ असोज १८ शुक्रवार १९:३१

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकैदिन रु...

दसैँमा मनकामना केबलकार दुई दिन बन्द हुने

दसैँमा मनकामना केबलकार दुई दिन बन्द हुने

वि.सं.२०८१ असोज १७ बिहीवार १८:५६

काठमाडौँ । मनकामना केबलकार सेवा यो दसैँमा दुई दिन बन्द...