Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

जाने हैन दशैंमा घर, बससेवामा खुल्यो दैनिक ४२ हजारको संख्यामा अग्रिम टिकट बुकिङ

 

काठमाडौं । अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दसैँको अग्रिम टिकट बुकिङ खुला गरेको छ ।

बुकिङको प्राविधिक काम पूरा गरेको बससेवाले काठमाडौँ र पोखराबाट देशभरका ४४ गन्तव्यमा जाने बसको अग्रिम टिकट बुकिङ खुला गरेको हो । अब यात्रुहरूले अनलाइनबाटै दसैँको अग्रिम टिकट बुकिङ गर्न सक्नेछन् ।

बससेवाका अनुसार बुधबार ४४ गन्तव्यको मात्र टिकट बुकिङ खुला गरिएको हो । जसमा काठमाडौँबाट अर्घाखाँची, भोजपुर, विराटनगर, वीरगन्ज, बिर्तामोड, बोदेबर्साइन, बुटवल र छेटछेट जाने यात्रुले बुधबारदेखि अग्रिम टिकट बुकिङ गर्न सक्छन् ।

त्यसैगरी, काठमाडौँबाट दमक, धरान, गुल्मी, जनकपुर, काँकडभिट्टा, कृष्णनगर, लामाबगर, लुम्बिनी, पाल्पा, पोखरा, राजविराज, सिलगढी, मुक्तिनाथ, गौर, जोमसोम, चितवन, डडेलधुरा, नयाँ दिल्ली, धादिङ, धनगढी, पोखरा र स्याङ्जा जाने यात्रुले टिकट बुकिङ गर्न सक्ने बससेवाले जनाएको छ ।

 

बससेवाका अनुसार पोखराबाट बर्दिया, भैरहवा, भुरीगाउँ, विराटनगर, वीरगन्ज, बुटवल, दाङ र धनगढी जाने यात्रुले पनि अग्रिम टिकट बुकिङ गर्न सक्नेछन् ।

अन्य गन्तव्यमा १२ गते शनिबारदेखि टिकट बुकिङ खुल्ला गर्ने र यात्रुले सोही दिनदेखि टिकट बुकिङ गर्न सक्ने बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले बताए ।

खनालका अनुसार ७० भन्दा बढी जिल्लाका ४३३ गन्तव्यका लागि दैनिक ४२ हजारभन्दा बढी संख्यामा बससेवाबाट टिकट काट्न सकिनेछ ।

साथै दसैँमा गएका यात्रुहरूले फर्किन पनि बससेवाबाटै टिकट काट्न सक्नेछन् । यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाइल एप्लिकेसनबाट घरमा नै बसेर टिकट बुकिङ गर्न सक्ने बससेवाले जनाएको छ ।

नेपालका कुनै पनि सहरको टिकट अनलाइनबाटै काट्न सकिने भएकाले यात्रुलाई टिकट काट्न बससेवा उचित माध्यम हुने बससेवाले जनाएको छ ।

यातायात व्यवसायीसँगको छलफलपछि अनलाइनबाट बुकिङ सुरु गरिएको बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत खनालले बताए ।

उनले भने, ‘विगतका वर्षहरूका तुलनामा यस वर्ष सिट संख्या धेरै बढाइएको छ । बससेवामार्फत् अहिले दैनिक ४२ हजारभन्दा धेरै टिकट बुकिङ गर्न सकिन्छ ।’

बससेवा नेपालको पहिलो अनलाइन बस टिकेटिङ प्लेटफर्म हो । बससेवामा ४५० भन्दा बढी यातायात समिति तथा कम्पनी आबद्ध छन् । सबै समिति तथा कम्पनीका हजारौँ बसका लाखौँ संख्यामा टिकट घरमा बसीबसी मोबाइलबाट बुकिङ गर्न सकिने बससेवाले जनाएको छ ।

ग्याँस र पेट्रोलियम पदार्थको तुलनामा हरित कोइला ५० प्रतिशत सस्तो छ : कुबेरमणि नेपाल

ग्याँस र पेट्रोलियम पदार्थको तुलनामा हरित कोइला...

वि.सं.२०८२ असार ११ बुधवार ००:१३

काठमाडौं । हरित कोइलाबारे नेपालीलाई बुझाउन जरुरी छ कुबेरमणि नेपाल उर्जा...

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा लैजानुपर्छ : पूर्वअर्थमन्त्री महत

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा...

वि.सं.२०८२ असार ११ बुधवार ००:०४

  काठमाडौं । पूर्वअर्थमन्त्री प्रकाश शरण महतले जलवायु परिवर्तनका कारण...

मिडियाहरुलाई नियमन गर्न आवश्यक छः मुख्यमन्त्री आचार्य

मिडियाहरुलाई नियमन गर्न आवश्यक छः मुख्यमन्त्री आचार्य

वि.सं.२०८२ असार ११ बुधवार ००:००

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज आचार्यले प्रेस स्वतन्त्रलाई नियमन...

बाह्य ऋण बोझले दिगो विकासका लक्ष्य प्राप्ती जोखिममा, तत्काल वित्तीय प्रणालीमा सुधार आवश्यक छ : उपाध्यक्ष अधिकारी

बाह्य ऋण बोझले दिगो विकासका लक्ष्य प्राप्ती...

वि.सं.२०८२ असार १० मंगलवार २१:४९

  काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले...

विदेशबाट फर्केका युवाहरूले सिकेको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्न आवश्यक छ : राष्ट्रपति पौडेल

विदेशबाट फर्केका युवाहरूले सिकेको सीप प्रयोग गर्ने...

वि.सं.२०८२ असार १० मंगलवार १७:१६

  काठमाडौंँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारीका लागि बाहिरिने...

आलोचना र टिप्पणी जसो गरे पनि हुन्छ,बजेट सन्तुलित छ : प्रधानमन्त्री ओली

आलोचना र टिप्पणी जसो गरे पनि हुन्छ,बजेट...

वि.सं.२०८२ असार १० मंगलवार १७:१२

  काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीले आलोचना र टिप्पणी...