Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

उद्योगमन्त्रीद्वारा बाढीले बगाएको ग्यास बुलेटको निरिक्षण

काठमाडौं । अविरल वर्षाले च्यासल क्षेत्रमा ग्यासको बुलेट बगाएपछि उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले आयल निगमका अधिकारीसहित स्थलगत निरिक्षण गरेका छन् ।

शनिबार दिउँसो साढे १२ बजेतिर च्यासल पुगेर उनले निरिक्षण गरेको आयल निगमको उपनिर्देशक मनोज ठाकुरले जानकारी दिए ।

‘ग्यासको बुलेट नै बगाएर स्थानीयलाई ठूलो क्षति हुनसक्ला की भनेर मन्त्रीज्यूसहितको टोलीले निरिक्षण गरेका छौं’ उनले भने, ‘यो बुलेट ग्यास उद्योगको नभई टेम्पोमा रिफिलिङ गर्ने भ्याली अटो भन्ने कम्पनीको रहेको पुष्टि भएको छ ।’

१८ टन क्षमताको बुलेटमा ६ टन ग्यास रहेको अवस्थामा बाढीले बगाएको उनले जानकारी दिए । ‘बाढीले बगाउँदा बुलेटको ढक्कनबाट ग्यास उठिरहेको दृश्य देखिएको थियो । यसरी उडेर करिब ६ टन ग्यास नष्ट भएको प्रारम्भिक अनुमान छ’ ठाकुरले भने ।

च्यासलस्थित नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालय छेउमा खाली बुलेट अड्किएर बसेको छ । पानी मत्थर भएपछि प्रहरीको सहायतामा बुलेट झिकिने उनले जानकारी दिए ।

मन्त्री भण्डारीसँगै वाणिज्य तथा आपूर्ती सचिव गोबिन्दबहादुर कार्की, आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट, नायब कार्यकारी निर्देशक विरेन्द्र गोइतलगायतको टोलीले स्थलगत निरिक्षण गरेको थियो ।

 

ग्याँस र पेट्रोलियम पदार्थको तुलनामा हरित कोइला ५० प्रतिशत सस्तो छ : कुबेरमणि नेपाल

ग्याँस र पेट्रोलियम पदार्थको तुलनामा हरित कोइला...

वि.सं.२०८२ असार ११ बुधवार ००:१३

काठमाडौं । हरित कोइलाबारे नेपालीलाई बुझाउन जरुरी छ कुबेरमणि नेपाल उर्जा...

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा लैजानुपर्छ : पूर्वअर्थमन्त्री महत

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा...

वि.सं.२०८२ असार ११ बुधवार ००:०४

  काठमाडौं । पूर्वअर्थमन्त्री प्रकाश शरण महतले जलवायु परिवर्तनका कारण...

मिडियाहरुलाई नियमन गर्न आवश्यक छः मुख्यमन्त्री आचार्य

मिडियाहरुलाई नियमन गर्न आवश्यक छः मुख्यमन्त्री आचार्य

वि.सं.२०८२ असार ११ बुधवार ००:००

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज आचार्यले प्रेस स्वतन्त्रलाई नियमन...

बाह्य ऋण बोझले दिगो विकासका लक्ष्य प्राप्ती जोखिममा, तत्काल वित्तीय प्रणालीमा सुधार आवश्यक छ : उपाध्यक्ष अधिकारी

बाह्य ऋण बोझले दिगो विकासका लक्ष्य प्राप्ती...

वि.सं.२०८२ असार १० मंगलवार २१:४९

  काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले...

विदेशबाट फर्केका युवाहरूले सिकेको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्न आवश्यक छ : राष्ट्रपति पौडेल

विदेशबाट फर्केका युवाहरूले सिकेको सीप प्रयोग गर्ने...

वि.सं.२०८२ असार १० मंगलवार १७:१६

  काठमाडौंँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारीका लागि बाहिरिने...

आलोचना र टिप्पणी जसो गरे पनि हुन्छ,बजेट सन्तुलित छ : प्रधानमन्त्री ओली

आलोचना र टिप्पणी जसो गरे पनि हुन्छ,बजेट...

वि.सं.२०८२ असार १० मंगलवार १७:१२

  काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीले आलोचना र टिप्पणी...