Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

अहिले यातायात व्यवसायको क्षेत्रमा धेरै विकृतिहरु देखा परेका छन् : मन्त्री दाहाल

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अहिले यातायात व्यवसायको क्षेत्रमा धेरै विकृतिहरु देखा परेको बताएका छन् ।

सोमबार नेपाल पर्यटन बोर्डमा आयोजित ‘सार्वजनिक यातायातको नियमन र विद्यार्थी सहुलियतको कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बस पार्कहरुमा पनि यात्रुहरुलाई दुख दिने, टिकट ब्ल्याकमा बेच्ने जस्ता अनेक विकृतिहरु बढिरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताए ।

उनले भने, ‘अहिले हवाई भाडा पनि हामीले अनुरोध गरेपछि केही घटाउनुभएको छ । अहिले विकृति सबैतिर छ । यातायात व्यवसायको क्षेत्रमा पनि धेरै विकृतिहरु छन् । फेरि सेन्डिकेट आउँछ कि भन्ने यहाँहरुले आशंका गर्नुभएको छ ।

त्यसलाई हामीले नियन्त्रण गछौं । बस पार्कहरुमा पनि यात्रुहरुलाई दुख दिने, टिकट ब्ल्याकमा बेच्ने जस्ता अनेक विकृतिहरु छन् त्यसलाई पनि रोक्न आवश्यक छ ।’

मन्त्री दाहालले दशैंमा जनतालाई आफ्नो घर जानका लागि सहजता सृजना गर्ने सरकारको पहिलो कर्तव्य रहेको भन्दै सरकार त्यसैमा लागिपरेको जानकारी दिए ।

उनले भने, ‘दशैंमा जनतालाई आफ्नो जिल्लामा घरमा जान विद्यार्थीलाई आफ्नो घरमा जान कसरी सहजता सृजना गर्ने भन्ने त्यो कुरा हाम्रो पहिलो कर्तव्य हो त्यसैले हामी अहिले त्यसैमा लागिपरेका छौं भन्ने जानकारी गराउँछु ।’
उनले लोकतन्त्र र गणतन्त्रको कुरा साझा सवालमा प्राप्त गरिसकेको भन्दै अब बाँकी रहेको देश निर्माण र समृद्धिको काम पूरा गर्न आवश्यक रहेको उनको भनाइ छ ।

उनले भने, ‘लोकतन्त्रको कुरा गणतन्त्रको कुरा जुन उठाइरहेका थियौं । हाम्रा साझा सवालमा हामीले ति प्राप्त ग¥यौं । अब हाम्रो देश निर्माणको लागि संमृद्धिको लागि काम बाँकी छ । यो देशलाई समृद्धितर्फ लैजान आवश्यक छ ।’

 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

वि.सं.२०८२ मंसिर १ सोमवार २३:२२

  काठमाडौं । बैंक, वित्तीय संस्था र बीमा क्षेत्रमा उत्कृष्ट...

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस : चन्द्र ढकाल

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:२३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले...

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न सकिँदैन्’

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:१९

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जबसम्म सरकार र करदाता...

नेपाल बैंकको ८९औं वार्षिकोत्सवमा सुवेदी : ‘सेवा विस्तार र विश्वसनीयता नै हाम्रो आधार’

नेपाल बैंकको ८९औं वार्षिकोत्सवमा सुवेदी : ‘सेवा...

वि.सं.२०८२ मंसिर १ सोमवार २०:११

  काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आइतबार...

नेपाल बैंक लिमिटेडले ८९औं वार्षिकोत्सव मनायो, अध्यक्ष शर्माले स्थायित्व र विश्वसनीयतामा जोड दिए

नेपाल बैंक लिमिटेडले ८९औं वार्षिकोत्सव मनायो, अध्यक्ष...

वि.सं.२०८२ मंसिर १ सोमवार २०:०३

  काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आइतबार...

८९औं वार्षिकोत्सवमा नेपाल बैंकका सिईओ पाण्डे : ‘डिजिटल रूपान्तरण नै हाम्रो प्रमुख प्राथमिकता’

८९औं वार्षिकोत्सवमा नेपाल बैंकका सिईओ पाण्डे :...

वि.सं.२०८२ मंसिर १ सोमवार १९:४९

  काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो ८९औं वार्षिकोत्सव आइतबार...