Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

सुरक्षा समिति बैठक : हवाइ उद्धार जारी राख्ने, सडक तत्काल खुलाइने

Machhapuchchhre Bank Limited

 

काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न भएको छ । सिंहदरबारमा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकमा सुरक्षा निकायका प्रमुखले अविरल वर्षापछि आएको बाढी र पहिरोमा परि घाइते भएका नागरिकको उद्धार र राहतको प्रगति विवरण बिफ्रिङ गरेका थिए ।

बैठकमा बाढी , पहिरोमा परेकाहरुको खोज, उद्धार र राहत र यातायात व्यवस्थापनको अवस्थाको बारेमा छलफल र समिक्षा भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।
अहिलेसम्म हवाई माध्यमबाट २५८ जनाको उद्धार गरेको जानकारी दिँदै उनले तीन जिल्लामा हवाई उद्धारको कार्य जारी रहेको जानकारी दिए ।

उनले भने, बाढी, पहिरोमा परेकाहरुको खोज, उद्धार र राहत र यातायात व्यवस्थापनको अवस्थाको बारेमा छलफल गरेर त्यसको समिक्षा पनि गर्यौं । अहिलेसम्म हवाइ उद्धारबाट २५८ जना उद्धार भएको छ । मुलतः काभ्रे, सिन्धुपलाञ्चोक, ललितपुरमा हवाई माध्यमबाट उद्धार कार्य जारी राखिएको छ । रोशि खोलामा आएको पहिरोले अलपत्र परेका घाइते, बिरामी, अशक्तहरुलाई धुलिखेल ल्याइसक्नेगरी काम भइरहेको छ ।’

मुलुकका अन्य क्षेत्रमा समेत खोज, उद्धार र सडक व्यवस्थापनको कार्य रहेको उनले बताए । काठमाडौंसँग मुख्य सम्पर्क जोड्ने सडकहरु छिटो भन्दा छिटो खुलाउने विषयमा छलफल भएको तिवारीले बताए ।

‘अन्य क्षेत्रमा समेत खोज र उद्धार कार्यलाई निरन्तरता दिइएको छ । काठमाडौंसँगको मुख्य सम्पर्क रहेको वीपी राजमार्ग धेरै नै विग्रिएको हुनाले सकेसम्म छिटो संचालन गर्नेगरि छलफल भएको छ,’ उनको भनाइ छ ।

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट : इप्पान

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट...

वि.सं.२०८२ वैशाख १० बुधवार २२:४३

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले ऊर्जा क्षेत्रमा...

चिकित्सकहरूले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउ गर्ने

चिकित्सकहरूले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउ गर्ने

वि.सं.२०८२ वैशाख १० बुधवार २१:०९

  काठमाडौं । नेपाल चिकित्सक संघले देशभरका सम्पूर्ण चिकित्सकहरूलाई बैशाख...

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत दिने सरकारको निर्णय

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत...

वि.सं.२०८२ वैशाख १० बुधवार १९:५१

काठमाडौं । सरकारले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको...

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

वि.सं.२०८२ वैशाख १० बुधवार १८:३१

  काठमाडौं, १० बैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी...

शिक्षकहरुको समस्या सरकारले वार्ता मार्फत नै टुङग्याउछ : अर्थमन्त्री

शिक्षकहरुको समस्या सरकारले वार्ता मार्फत नै टुङग्याउछ...

वि.सं.२०८२ वैशाख १० बुधवार १७:२६

  काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आन्दोलनरत शिक्षकहरुको समस्या सरकारले...

सरकारले तलमाथि भएको कार्यशैली बदल्नुपर्छ : कार्यवाहक सभापति खड्का

सरकारले तलमाथि भएको कार्यशैली बदल्नुपर्छ : कार्यवाहक...

वि.सं.२०८२ वैशाख १० बुधवार १५:३९

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले आफ्नो...