Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

नेपाली सुपारी महंगो भयो, त्यसैले बजार पाउन सकेन : मन्त्री भण्डारी

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा उत्पादित सुपारी निर्यात सम्बन्धी विषयले सर्वोच्च अदालसम्म प्रवेश पाएको बताएका छन् ।

मंगलबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सुपारी निर्यात विषय धेरै पटक छलफलको विषय बनेपनि अहिले अदालसम्म प्रवेश पाएर केही आदेशहरु जारी भइसकेको बताएका हुन् ।

उनले भने, ‘नेपालमा उत्पादित सुपारी निर्यात सम्बन्धी विषयमा धेरै पटक छलफलको विषय बन्यो ।

संसदमा, मन्त्रालयमा मात्र होइन यो विषयले अहिले सर्वोच्च अदालसम्म प्रवेश पाएको छ । त्यहाँबाट पनि केही आदेशहरु जारी भइसकेका छन् । उत्पादनका थुप्रै तथ्यहरु छन् । अहिले पनि राज्य प्रणालीभित्रका तथ्यांकहरु सहि नभएको अवस्थामा छन् ।

पछिल्लो समय कृषि मन्त्रालयसँग सम्बन्धित तथ्यांकहरु आउनुपर्ने हो तर त्यो तथ्यांकहरु आउन नसकेको अवस्था छ ।’
साथै उनले नेपालमै उत्पादन भएको सुपारीलाई बजार दिलाउनको लागि सरकार लागि परेको बताए ।

उनले समितिबाट निर्देशित भएमात्र सुपारी परीक्षण कृषि मन्त्रालयले गर्नसक्ने बताए । उनले बाहिरको भन्दा नेपाली उत्पादन महंगो भएकाले पनि सुपारीको व्यापारले बजार नपाएको बताए ।

उनले भने, ‘अन्यन्त्र भन्दा नेपाली उत्पादन महंगो भयो । अहिले खासगरी गुट्खा बनाउने उद्योगहरु विशेषगरीसुपारी प्रयोग गरिरहनु भएको छ । गत वर्ष गुट्खाबाट नौं अर्ब राजस्व संकलन भएको छ । रोजगारी पनि सिर्जना भएको छ ।

तर अझ बढी भारतमा निर्यात गर्न सकिन्छ । तर बाह्य वस्तु आयात गर्दाखेरी सस्तोपर्ने र नेपालको उत्पादन गरेको सुपारी महंगो पर्ने भएर बाहिरबाट आयात गर्नुपर्ने अवस्था छ ।’

 

 

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना...

वि.सं.२०८२ असार ८ आइतवार २३:४६

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास...

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित उपयोग गर्नुपर्ने

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित...

वि.सं.२०८२ असार ८ आइतवार १९:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’...

वि.सं.२०८२ असार ८ आइतवार १७:२३

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ’टेक एण्डे पे’...

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको स्ववियु वैधानिक, दुवै रिट खारेज

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको...

वि.सं.२०८२ असार ७ शनिवार २२:५४

  काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी...

शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा सुरु

शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा सुरु

वि.सं.२०८२ असार ७ शनिवार २२:३८

  चितवन । भरतपुर १४ स्थित शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रले...

सुनकाण्डकी फरार अभियुक्त अमला रोका टोखाबाट पक्राउ

सुनकाण्डकी फरार अभियुक्त अमला रोका टोखाबाट पक्राउ

वि.सं.२०८२ असार ७ शनिवार २०:३५

काठमाडौं । अवैध सुन भन्सार चोरी पैठारी तथा संगठित अपराधमा...