Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

इक्यान मल्टि डेस्टिनेसन एजुकेशनल फेयर मेला भोली एभरेष्ट होटलमा

 

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आयोजना गर्न लागेको ‘इक्यान मल्टि–डेस्टिनेसन एजुकेशनल फेयर–२०२४’ भोली अर्थात् १६ गते हुने भएको छ ।

१५औं संस्करणको उक्त मेला १३ गते आइतबार हुने भनिएता पनि गत (शुक्रबार र शनिबार) परेको अविरल वर्षको कारण देशव्यापी भएको क्षतिलाई मध्यनजर गर्दै इक्यानले मेलालाई सारेको थियो । तालिका परिवर्तन गरेपछि रोकिएको उक्त मेला इक्यानले बानेश्वरको एभरेष्ट होटलमा मेला भोलि अर्थात् बुधबार सञ्चालन गर्ने भएको हो ।

इक्यानका अनुसार एकदिन मात्र आयोजना हुने यो मेला विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुलाई मद्दत पुगोस् भन्ने उद्देश्यका साथ गर्न लागिएको हाे ।

शैक्षिक मेलाबाट विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालालाई अन्तर्राष्ट्रिय शिक्षासम्बन्धी सहि जानकारी र परामर्श दिनको लागि मेला आयोजना गर्न लागेको इक्यानका अध्यक्ष शेषराज भट्टराईले जानकारी दिए । यो शैक्षिक मेला उक्त दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने बताइएको छ ।

मेलामा करिव १५ हजारभन्दा बढी विद्यार्थी तथा अभिभावकको सहभागिता हुने अपेक्षा इक्यानले गरेको छ ।

अध्यक्ष भट्टराईका अनुसार मेला विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूको लागि पुलको रूपमा स्थापित हुनेछ । मेलामा इक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायीहरू, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरू तथा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलिया, नर्वे, फिनलैण्ड, मलेसिया, जर्मन, डेनमार्क, लगायत देशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरूको सहभागिता हुने इक्यानले जानकारी दिएको छ ।

विद्यार्थीहरूको उच्च शिक्षाको सपना साकार पार्न यो शैक्षिक मेला एक महत्वपूर्ण प्लेटफर्मको रूपमा प्रस्तुत हुने पनि अध्यक्ष भट्टराइले बताएका छन् । इक्यानले कोभिड–१९ पछि आयोजना गरेको यो पहिलो शैक्षिक मेला हो ।

‘मेलामा सहभागी हुने विद्यार्थीहरूले विभिन्न देशका प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गर्न पाउनेछन्, जसले गर्दा उनीहरूलाई आफ्नो शिक्षा र करियरको योजना बनाउन थप सहज साथै स्पष्ट हुने अपेक्षा गरिएको छ,’ उनले भने । मेलामा नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावी सम्भावना परामर्श सेवा प्रदान गरिने बताइएको छ ।

बजेटमा व्यवस्था गरिएको ‘टेक एण्ड पे–पीपीए’ दुर्भाग्यपूर्ण

बजेटमा व्यवस्था गरिएको ‘टेक एण्ड पे–पीपीए’ दुर्भाग्यपूर्ण

वि.सं.२०८२ असार ९ सोमवार २२:००

  काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा राखिएको नदी प्रवाही...

पोखरा महानगरको १७ औं नगरसभा प्रारम्भ, ८ अर्ब ३५ करोड बजेट सार्वजनिक

पोखरा महानगरको १७ औं नगरसभा प्रारम्भ, ८...

वि.सं.२०८२ असार ९ सोमवार २१:५३

पोखरा । पोखरा महानगरपालिकाको १७ औं नगरसभा आइतबारबाट औपचारिक रूपमा...

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना...

वि.सं.२०८२ असार ८ आइतवार २३:४६

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास...

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित उपयोग गर्नुपर्ने

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित...

वि.सं.२०८२ असार ८ आइतवार १९:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’...

वि.सं.२०८२ असार ८ आइतवार १७:२३

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ’टेक एण्डे पे’...

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको स्ववियु वैधानिक, दुवै रिट खारेज

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको...

वि.सं.२०८२ असार ७ शनिवार २२:५४

  काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी...