CG Electronics
Ncell NPL
NIMB

इक्यान मल्टि डेस्टिनेसन एजुकेशनल फेयर मेला भोली एभरेष्ट होटलमा

IME Limited.(IME)
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आयोजना गर्न लागेको ‘इक्यान मल्टि–डेस्टिनेसन एजुकेशनल फेयर–२०२४’ भोली अर्थात् १६ गते हुने भएको छ ।

१५औं संस्करणको उक्त मेला १३ गते आइतबार हुने भनिएता पनि गत (शुक्रबार र शनिबार) परेको अविरल वर्षको कारण देशव्यापी भएको क्षतिलाई मध्यनजर गर्दै इक्यानले मेलालाई सारेको थियो । तालिका परिवर्तन गरेपछि रोकिएको उक्त मेला इक्यानले बानेश्वरको एभरेष्ट होटलमा मेला भोलि अर्थात् बुधबार सञ्चालन गर्ने भएको हो ।

इक्यानका अनुसार एकदिन मात्र आयोजना हुने यो मेला विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुलाई मद्दत पुगोस् भन्ने उद्देश्यका साथ गर्न लागिएको हाे ।

शैक्षिक मेलाबाट विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालालाई अन्तर्राष्ट्रिय शिक्षासम्बन्धी सहि जानकारी र परामर्श दिनको लागि मेला आयोजना गर्न लागेको इक्यानका अध्यक्ष शेषराज भट्टराईले जानकारी दिए । यो शैक्षिक मेला उक्त दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने बताइएको छ ।

मेलामा करिव १५ हजारभन्दा बढी विद्यार्थी तथा अभिभावकको सहभागिता हुने अपेक्षा इक्यानले गरेको छ ।

अध्यक्ष भट्टराईका अनुसार मेला विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूको लागि पुलको रूपमा स्थापित हुनेछ । मेलामा इक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायीहरू, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरू तथा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलिया, नर्वे, फिनलैण्ड, मलेसिया, जर्मन, डेनमार्क, लगायत देशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरूको सहभागिता हुने इक्यानले जानकारी दिएको छ ।

विद्यार्थीहरूको उच्च शिक्षाको सपना साकार पार्न यो शैक्षिक मेला एक महत्वपूर्ण प्लेटफर्मको रूपमा प्रस्तुत हुने पनि अध्यक्ष भट्टराइले बताएका छन् । इक्यानले कोभिड–१९ पछि आयोजना गरेको यो पहिलो शैक्षिक मेला हो ।

‘मेलामा सहभागी हुने विद्यार्थीहरूले विभिन्न देशका प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गर्न पाउनेछन्, जसले गर्दा उनीहरूलाई आफ्नो शिक्षा र करियरको योजना बनाउन थप सहज साथै स्पष्ट हुने अपेक्षा गरिएको छ,’ उनले भने । मेलामा नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावी सम्भावना परामर्श सेवा प्रदान गरिने बताइएको छ ।

CG Electronics
देशभर ‘घण्टी’को लहर: राष्ट्रिय स्वतन्त्र पार्टी दुई तिहाईतर्फ

देशभर ‘घण्टी’को लहर: राष्ट्रिय स्वतन्त्र पार्टी दुई...

वि.सं.२०८२ फागुन २३ शनिवार १४:३५

  काठमाडौं । भ्रष्टाचारको अन्त्य, आर्थिक समृद्धि र सुशासनको नारा...

निर्वाचन २०८२: राष्ट्रिय स्वतन्त्र पार्टी १०१ सिटमा अग्रता, अन्य दल पछाडि

निर्वाचन २०८२: राष्ट्रिय स्वतन्त्र पार्टी १०१ सिटमा...

वि.सं.२०८२ फागुन २३ शनिवार ०९:४३

    काठमाडौं । २०८२ सालको निर्वाचनको प्रारम्भिक नतिजाले राष्ट्रिय...

झापा क्षेत्र नम्बर ५ मा बालेन शाह अघि, केपी ओली पछि

झापा क्षेत्र नम्बर ५ मा बालेन शाह...

वि.सं.२०८२ फागुन २३ शनिवार ०९:१६

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)...

रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी

रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी

वि.सं.२०८२ फागुन २३ शनिवार ०८:४८

  काठमाडौं । रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का...

काठमाडौं–६ बाट शिशिर खनाल भारी मतान्तरसहित विजयी

काठमाडौं–६ बाट शिशिर खनाल भारी मतान्तरसहित विजयी

वि.सं.२०८२ फागुन २२ शुक्रवार २०:१५

काठमाडौं । शिशिर खनाल काठमाडौं क्षेत्र नम्बर ६ बाट विजयी...

काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ भारी मतान्तरसहित निर्वाचित

काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ भारी मतान्तरसहित निर्वाचित

वि.सं.२०८२ फागुन २२ शुक्रवार १९:४७

काठमाडौं। काठमाडौं ८ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ...