API
Sagarmatha Cement
Laxmi Sunrise Bank Limited

रिगो एच्.आर. ले जित्यो नास-आइटी अवार्ड २०२४, अन्तर्राष्ट्रिय मञ्चमा १७ देशसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं । रिगो टेक्नोलोजीज़ले ‘नास-आईटी अवार्ड २०२४’ को “व्यवसायिक सेवा” विधाको उपाधी जितेको छ ।

विगत १२ वर्ष देखी एच्.आर. सफ्टवेयर सेवा प्रदान गर्दै आएको रिगो एच.आर. मनोनित भएका संस्थाहरु मध्ये सबैभन्दा विशिष्ट सेवा प्रदायक छनोट भएको हो ।

देश-विदेशमा रहेका निर्णायक सामु प्रविधि, नविनता, बजार सम्भाव्यता लगायत मापदण्डमा आफूलाई अब्बल सावित गर्दै रिगो एच्.आर. ले “व्यवसायिक सेवा” विधामा उक्त अवार्ड जित्न सफल भएको हो ।

रिगोका प्रमुख सञ्चालन अधिकृत प्रजेश बास्तोलाले यस किसिमको कार्यक्रमले नेपाललाई आई.टी. हबको रुपमा स्थापित गर्ने नेपाल सरकारको लक्ष्यलाई ठूलो सहयोग पुग्नुका साथै नेपाली सफ्टवेयर उद्योगको प्रचार प्रसार र प्रवर्द्धनमा अत्यन्त सकारात्मक भूमिका निर्वाह गर्ने बिश्वास व्यक्त गरे ।

उनले देशभरिबाट छनोट भएका सफ्टवेयर मध्ये रिगो एच्.आर. लाई व्यवसायिक सेवा समुहमा उत्कृष्ट सफ्टवेयरको अवार्ड प्रदान गरिएकोमा आयोजक नास-आईटी तथा निर्णायक मण्डललाई धन्यावद व्यक्त गरे ।

यो जीत संगै नेपालको आई.सी.टी. क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउँदै आएको रिगो एच्.आर. अब अस्ट्रेलिया, चीन, सिंगापुर, मलेसिया, थाईल्याण्ड, पाकिस्तान लगायत १७ देशबाट सोही विधामा विजयी प्रविधि कम्पनीहरुसँग ब्रुनाईमा हुन गईरहेको ‘एसिया प्यासिफिक आइसीटि अलायन्स अवार्ड’मा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्ने छ ।

सूचना तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ सहभागी भएको सो कार्यक्रममा अवार्ड वितरणका साथै नेपालको आई.सी.टी. क्षेत्रमा व्याप्त समस्या र तिनको समाधान लगायत समसामयिक बिषयमा छलफल समेत भएको थियो ।

कस्तो कम्पनी हो रिगो एच.आर. ?

नेपालीहरुको १००% स्वामित्व रहेको रिगो एच्.आर. सम्पूर्ण रुममा नेपालमै डिजाइन एवं विकास गरिएको अन्तराष्ट्रिय स्तरको मानव संसाधन व्यवस्थापन सम्बन्धि बृहत प्लेटफर्म हो ।
रिगो एच्.आर. ले बिगत १२ बर्ष देखि नेपाल भित्र तथा बाहिर गरि ३५० भन्दा बढी ठूला एवं मझौला संस्थाहरुलाई मानव संसाधन व्यवस्थान, पे-रोल, ट्याक्स, पर्फर्मेन्स, लर्निंङ तथा कानूनी अनुपालन सम्बन्धि उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । रिगो नेपाल उद्योग परिसंघ (सिएन्आई)ले प्रवर्द्धन गरेको स्वदेशी उत्पादन प्रवर्तन अभियानको सदस्य समेत हो ।

नयाँ प्रविधिहरुलाई विकासमा जोड्न आवश्यक : मन्त्री भण्डारी

नयाँ प्रविधिहरुलाई विकासमा जोड्न आवश्यक : मन्त्री...

वि.सं.२०८१ माघ ५ शनिवार ०९:२३

काठमाडौं । नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको...

अर्थतन्त्रको संकटबाट मुक्त हुन सरकारले सुत्र बनाउनपर्छ : अरुणकुमार सुवेदी

अर्थतन्त्रको संकटबाट मुक्त हुन सरकारले सुत्र बनाउनपर्छ...

वि.सं.२०८१ माघ ४ शुक्रवार २१:४६

  अरुणकुमार सुवेदी अर्थविद् एवम विश्लेषक हुन् । शेरबहादुर देउवा...

उत्पादित ऊर्जा खपतको चिन्ता गर्नु पर्दैन : प्रधानमन्त्री

उत्पादित ऊर्जा खपतको चिन्ता गर्नु पर्दैन :...

वि.सं.२०८१ माघ ४ शुक्रवार २०:५२

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलामखानी र...

ग्लोबल आइएमई बैंक र सिस्नुपानी नेपालको सहकार्यमा ‘दुई थोपा हाँसो’ सहित वित्तीय सचेतना कार्यक्रम सम्पन्न

ग्लोबल आइएमई बैंक र सिस्नुपानी नेपालको सहकार्यमा...

वि.सं.२०८१ माघ ४ शुक्रवार २०:०७

  काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रायोजनमा सिस्नुपानी नेपालले संयुक्त...

पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक : अध्यक्ष ढकाल

पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक...

वि.सं.२०८१ माघ ४ शुक्रवार १९:५८

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् :...

वि.सं.२०८१ माघ ३ बिहीवार २०:५५

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र...