Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

१५ औँ इक्यान मेला सम्पन्न, पाँच हजारभन्दा बढीले गरे अवलोकन

काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आयोजनामा आज नयाँबानेश्वरस्थित एभरेष्ट होटलमा सञ्चालित १५औँ इक्यान शैक्षिक मेला सफलतापूर्वक सम्पन्न भएको छ ।

उच्च शिक्षाका लागि विदेशी भूमिमा जान चाहने विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी आयोजना गरिएको मेलामा पाँच हजारभन्दा बढीले अवलोकन तथा परामर्श लिएको इक्यानले जनाएको छ ।

“बाढीपहिरोका कारण अधिकांश स्थानमा अवरोध सृजना भएको समयमा पनि मेलामा विद्यार्थी तथा अभिभावकको उल्लेख्य सहभागिता रह्यो”, इक्यानका अध्यक्ष शेषराज भट्टराईले भने, “मेलामा विद्यार्थीले अन्तर्राष्ट्रिय शिक्षासम्बन्धी सम्पूर्ण जानकारी लिएका छन् ।”

कोरोना महामारीपछि भौतिक रुपमा पहिलो पटक आयोजना गरिएको मेला भएकाले पनि विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको उनको भनाइ छ । मेलामा विभिन्न शैक्षिक परामर्श संस्थाका साथै विभिन्न देशका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिको पनि उपस्थिति थियो । विद्यार्थीहरुले कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुसँग प्रत्यक्ष साक्षात्कार गरेका थिए ।

मेला संयोजक गीता सिवाकोटलीले बाढीपहिरोका कारण निर्धारित समयभन्दा तीन दिन ढिला गरी आयोजना भएको. एक दिने शैक्षिक मेलामा विद्यार्थीले उल्लेख्य सहभागिता बताइन् ।

वन अप मिडिया प्रालिको व्यवस्थापनमा आयोजना भएको मेलाको प्रमुख प्रायोजकमा रियल ड्रिम्स एजुकेशनल कन्सलटेन्सी प्रालि र इन एसोसिएसनमा वेद इन्टरनेशनल एजुकेशन प्रालि थियो ।

साथै प्रायोजकमा केआईईसी प्रालि, अर्बिट इन्टरनेशनल एजुकेशन प्रालि, नोबेल एजुकेशन प्रालि, डब्ल्युआरआई एजुकेशन, राइट पाथ, सेनेका, कंगारु एजुकेशन फाउण्डेसन, एलाइट मुभर्स, भिरा एजकेशन र ग्रेस एजुकेशन प्रालि थिए । मेलामा विभिन्न २२ वटा कम्पनीका स्टल राखिएको थियो । शैक्षिक परामर्श क्षेत्रको सबैभन्दा पुरानो र ठूलो संस्था इक्यानमा ६०७ सदस्य छन् ।

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’...

वि.सं.२०८२ असार ८ आइतवार १७:२३

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ’टेक एण्डे पे’...

बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक, यस्ता छन् विशेषता

बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक, यस्ता...

वि.सं.२०८२ असार ८ आइतवार १७:१६

काठमाडौं । नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक...

नेशनल लाइफ इन्स्योरेन्सको ३७औं वार्षिक साधारण सभा सम्पन्न, १५% लाभांश पारित

नेशनल लाइफ इन्स्योरेन्सको ३७औं वार्षिक साधारण सभा...

वि.सं.२०८२ असार ७ शनिवार २२:३१

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३७औं वार्षिक साधारण...

आई.एम.ई. लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता र कर्मचारीलाई आमा हस्पिटलमा ५०% सम्म छुट

आई.एम.ई. लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता र कर्मचारीलाई...

वि.सं.२०८२ असार ७ शनिवार २२:२५

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले...

एक्सेल डेभलपमेन्ट बैंक र एनसीएचएलबीच नेपालपे कार्ड तथा अन्तरदेशीय भुक्तानीका लागि सम्झौता

एक्सेल डेभलपमेन्ट बैंक र एनसीएचएलबीच नेपालपे कार्ड...

वि.सं.२०८२ असार ७ शनिवार २१:५३

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड...

सानिमा बैंकका ग्राहकलाई गोरखामा मेडिकल चेकअप र फिटनेस सेवामा छुट

सानिमा बैंकका ग्राहकलाई गोरखामा मेडिकल चेकअप र...

वि.सं.२०८२ असार ७ शनिवार २१:४५

  काठमाडौं । सानिमा बैंकका ग्राहक र कर्मचारीका लागि गोरखामा...