CG Electronics
Ncell NPL
TATA Banner

किसानलाई चाँडै राहत उपलब्ध गराउन मन्त्रालय गम्भीरता पूर्वक लागेको छ : मन्त्री अधिकारी

city PAY   (City Express Money Transfer)
Ncell NPL
Sanima Bank
Himalayan Bank

 

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले किसानहरुलाई राहत दिने कुरामा मन्त्रालयमा गम्भीरता पूर्वक छलफल भइरहेको बताएका छन् ।

बुधबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा हालैको बाढी पहिरोले कृषि क्षेत्रमा पु¥याएको क्षतिका सम्बन्धमा भएको छलफलमा उनले किसानलाई राहत दिने मन्त्रालयमा छलफलको साथै यसको व्यवस्थापनका विषयमा दातृ संस्थाहरु सँग पनि अनुरोध गरेको बताए ।

उनले भने, ‘हालको डाटा अनुसार अहिलेलाई अन्नबालीमा ६ अर्ब रुपैयाँ नोक्सानी भएको छ । तर आगामी दिनमा नोक्सानीमा पर्नु भएका किसानहरुलाई कुन तहको राहत दिन सक्छौ । कसरी दिन सकिन्छ यसतर्फ गम्भीरता पूर्वक सोचेका छौ । मन्त्रालयमा छलफल पनि भएको छ । यसको व्यवस्थापनका विषयमा दातृ संस्थाहरु सँग हामीले अनुरोध गरेका छौ ।’

उनले यस विषयमा समितिबाट जे निर्देशन भएपनि त्यसलाई पालना गर्न मन्त्रालय तयार रहेको बताए ।

यसको साथै, उनले किसानहरु एकदमै पीडामा परेको र के खाने र कसरी बस्ने भन्ने अवस्थामा पुगेको भन्दै यस विषयमा छिटोभन्दा छिटो काम अगाडि बढाउनु पर्ने पनि बताए ।

उनले भने, ‘१२ गते हामीले टेलिफोनमा मात्र सम्पर्क गरेका थियौं । मन्त्रालय अन्तरगत देशभर रहेका सबै तहमा रहेका साथिहरुसँग टेलिफोनमा सम्पर्क भयो र १३ गते मात्र हामी बैठक बस्यौ ।

सबैभन्दा महत्वपूर्ण कुरा भनेको यो नोक्सानी भएका व्यक्तिहरु जुन किसानहरु हुनुहन्छ । पीडामा परेर टेलिफोनमै रुनु पनि भएको छ । अब हामीले दशैँ कसरी मनाउने र अब के प्राप्त हुन्छ भन्ने खालको प्रश्न पनि आएको छ ।’

 

CG Electronics
कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ करप्सन’ हो, यसलाई राष्ट्र बैंकले क्षम्यकारुपमा लिँदैन: गभर्नर

कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ...

वि.सं.२०८२ मंसिर २२ सोमवार ०८:२८

  काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले...

निजी क्षेत्र माथीको आक्रमण कुनैपनि हालतमा ठिक होइन: अर्थमन्त्री

निजी क्षेत्र माथीको आक्रमण कुनैपनि हालतमा ठिक...

वि.सं.२०८२ मंसिर २२ सोमवार ०८:१५

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्र माथिको आक्रमण ठिक...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर : धमाधम तानिदै विशिष्ट व्यक्तिहरु

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर...

वि.सं.२०८२ मंसिर २१ आइतवार २१:५९

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल...

प्रेस काउन्सिल अध्यक्ष डा.शर्मालाई नियुक्तिपत्र, इतिहासमा रेकर्ड हुनेगरी काम गर्न आग्रह

प्रेस काउन्सिल अध्यक्ष डा.शर्मालाई नियुक्तिपत्र, इतिहासमा रेकर्ड...

वि.सं.२०८२ मंसिर २१ आइतवार २०:५२

काठमाडौं । सरकारले प्रेस काउन्सिलका अध्यक्षमा डा. कुमार शर्मालाई नियुक्त...

ढुकुर जोडीले शाखा अधिकृतमा सँगै यसरी निकाले नाम

ढुकुर जोडीले शाखा अधिकृतमा सँगै यसरी निकाले...

वि.सं.२०८२ मंसिर २१ आइतवार २०:१८

  काठमाडौँ । नेपाली समाजमा श्रीमान् श्रीमतीलाई एउटै रथका दुई...

आर्थिक विपन्नताका कारण नेपालीले दुःख पाएका छन् : शिक्षामन्त्री पुन

आर्थिक विपन्नताका कारण नेपालीले दुःख पाएका छन्...

वि.सं.२०८२ मंसिर २१ आइतवार ०९:२४

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आर्थिक विपन्नताका...