‘हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार’ योजना अन्तरगत चार जनाले जिते नगद १ लाख

Sunday Oct 06, 2024
वि.सं.२०८१ असोज २० आइतवार २०:४१

काठमाडौँ । होण्डा नेपालले ल्याएको ‘हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार’ योजना अन्तर्गत चार भाग्यशाली ग्राहकहरुले जनही रु. १ लाख नगद पुरस्कार जित्न सफल भएका छन् । विजेताहरूलाई स्क्र्याच कार्डमार्फत छनोट गरिएको हो ।
तिरुमाला मोटर्स एकान्तकुनाबाट निश्चल घर्ती, युनाइटेड मोटर्स प्रा.लि. भरतपुर, चितवनबाट प्रतिमा भण्डारी, आस्था ट्रेडर्स वालिङबाट सन्तोष सुवेदी र के.डी. अटोमोबाइल्स महेन्द्रनगरबाट शान्ति साउदले मोटरसाइकल तथा स्कुटर खरिदमा पुरस्कार जितेका हुन् ।
दशैं, तिहार र छठपर्वको रौनक मनाउन सुरू गरिएको यस योजनालाई नेपालभरका ग्राहकहरूले अत्यन्त मन पराएको कम्पनीले जनाएको छ ।
यस योजनाअन्तर्गत, चाडपर्वको समयमा होण्डाको बाइक र स्कुटर खरिद गर्ने ग्राहकहरूले प्रत्येक खरिदमा रु.१० लाखसम्मको नगद पुरस्कार जित्ने मौका पाउनेछन् ।
ग्राहकहरूले ठूलो पुरस्कार जितेसँगै उनीहरुसङ्ग दशैंको खुशियालीमा सहभागी हुन पाउँदा निकै उत्साहित भएको कम्पनीले जनाएको छ । ‘हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार’ योजना अझै चलिरहेको भन्दै कमपनीले ग्राहकहरूलाई थप रोमाञ्चक नगद पुरस्कार जित्ने अवसर बाँकी रहेको उल्लेख गरेको छ । यो योजना होण्डा इजी फाईनान्समा पनि उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।