लाइफ इन्स्योरेन्स कर्पोरेशनबाट प्रधानमन्त्री उद्धार कोषमा ३१ लाख सहयोग
Sunday Oct 06, 2024
वि.सं.२०८१ असोज २० आइतवार २१:०१
लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले बाढी, पहिरो र डुबानमा परेकाहरुको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई ३१ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रणय कुमारले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई उल्लेखित रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
बाढीपहिरो र डुबानका कारण ठुलो धनजनको क्षति भएकाले हस्तान्तरण गरिएको आर्थिक सहयोगबाट थोरै भएपनि राहत वितरणमा योगदान पुग्ने इन्स्योरेन्सले विश्वास लिएको छ ।
यसअघि पनि विभिन्न विपत्तीका समयमा जनतालाई राहत पुर्याउने उदेश्यले सरकारलाई आर्थिक सहायता उपलब्ध गराउँदै आएको इन्स्योरेन्सले जनाएको छ ।