Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

‘सरकार व्यवस्थित आवासमा पहुँच सुनिश्चित गर्ने दिशामा अग्रसर छ’

Machhapuchchhre Bank Limited

काठमाडौं । शहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालयले जनताको लागि जनता आवास कार्यक्रम, सुरक्षित आवास कार्यक्रम तथा बस्ती विकास कार्यक्रमहरु सञ्चालन गरिरहेको बताएका छन् ।

सोमबार काठमाडौंमा विश्व बसोबास दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले मौलिक हकको रुपमा व्यवस्था भए अनुसार सिमान्तकृत नागरिकहरुको आवासको सुनिश्चितताको प्रत्याभूती गरिएको भन्दै सरकार ग्रामिण क्षेत्रका नागरिकलाई समेत व्यवस्थित आवासमा पहुँच सुनिश्चित गर्ने दिशामा अग्रसर रहेको बताए ।

उनले भने, ‘मौलिक हकको रुपमा व्यवस्था भए अनुसार सिमान्तकृत घरबारविहीन सामाजिक आर्थिक रुपले पछि परेका नागरिकहरुको आवासको सुनिश्चितताको प्रत्याभूती गरिएको छ । यसका लागि मन्त्रालय जनता आवास कार्यक्रम, सुरक्षित आवास कार्यक्रम तथा बस्ती विकास कार्यक्रमहरु सञ्चालन गरि ग्रामिण क्षेत्रका नागरिकलाई समेत व्यवस्थित आवासमा पहुँच सुनिश्चित गर्ने दिशामा अग्रसर रहेको छ ।’

यसको साथै, उनले दिगो विकास एजेण्डा २०३० को लक्ष्यहरु हासिल गर्नको लागि संघीय, प्रादेशिक र स्थानिय सरकारहरु निरन्तर प्रयासरत रहेका बताए ।

उनले भने, ‘दिगो विकास एजेण्डाको २०३० को लक्ष्य ८ ले सबैको लागि समावेशी र दिगो आर्थिक वृद्धि पूर्ण उत्पादक मूलक र सम्मान जनक रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य लिएको छ । साथै उक्त एजेण्डाको लक्ष्य ११ मा मानव बसोबासलाई समावेशी सुरक्षित उत्थानशिल र दिगो बनाउने लक्ष्य लिएको छ । यी लक्ष्य हासिल गर्नको लागि संघीय, प्रादेशिक र स्थानिय सरकारहरु निरन्तर प्रयासरत रहेका छन् ।’

शहरी विकास मन्त्रालय तथा यस अन्तरगतका भवन निर्माण विभाग स्थानीय पूर्वाधार विभाग र सम्बन्धित निकाय तथा कार्यालयहरुले उत्पादनमूलक पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएर काम गरिरहेको पनि उनको भनाई छ ।

उनले भने, ‘शहरी विकास मन्त्रालय तथा यस अन्तरगतका भवन निर्माण विभाग स्थानीय पूर्वाधार विभाग र सम्बन्धित निकाय तथा कार्यालयहरुले रोजगार तथा उत्पादनमूलक पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएर कार्यक्रमहरु कार्यान्वयन गरिरहेका छन् ।’

मोदी जल विद्युत परियोजनामा करोडौँको चलखेल राजमन्त्री तामाङ र निर्देशक घिसिङको कम्पनी छनौटको तयारी

मोदी जल विद्युत परियोजनामा करोडौँको चलखेल राजमन्त्री...

वि.सं.२०८१ चैत ११ सोमवार १२:१०

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको मातहत रहेको १८ मेगावाट क्षमताको अप्पर...

जेडटीई पुनः नेपाली बजारमा प्रवेश, ब्लेड ए र नुबिया सिरिज सार्वजनिक

जेडटीई पुनः नेपाली बजारमा प्रवेश, ब्लेड ए...

वि.सं.२०८१ चैत ११ सोमवार ०९:०१

  काठमाडौं । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विश्वव्यापी अग्रणी...

संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णय

संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन...

वि.सं.२०८१ चैत ११ सोमवार ०८:५७

  काठमाडौं । नेपाली काङ्ग्रेसले संविधानको पक्षमा दृढताका साथ उभिने...

उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित वितरण आवश्यक : मन्त्री खड्का

उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित...

वि.सं.२०८१ चैत ११ सोमवार ०८:५१

  काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले...

आज केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

आज केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का...

वि.सं.२०८१ चैत १० आइतवार ०८:०७

  काठमाडौं । हाल कोशी तथा मधेश प्रदेशलगायत देशको पहाडी...

चलचित्रका माध्यमबाट पर्यटन क्षेत्रले लाभ लिनसक्छ : मन्त्री पाण्डे

चलचित्रका माध्यमबाट पर्यटन क्षेत्रले लाभ लिनसक्छ :...

वि.सं.२०८१ चैत १० आइतवार ०८:०२

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गुणस्तरीय चलचित्र...