विश्व शिक्षक दिवस मनाइयो

Wednesday Oct 09, 2024
वि.सं.२०८१ असोज २३ बुधवार २१:१०

काठमाडौँ । एकतिसौ विश्व शिक्षक दिवसका अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठनले आज आयोजना गरेको छलफलमा शिक्षकका पेसागत माग सम्बोधन हुनुपर्नेनमा जोड दिइएको छ ।
आवाजको मुल्यांकन गर्दै शिक्षाका लागि नयाँ सामाजिक सम्झौतातर्फ भन्ने नाराका साथ आयोजित दिवसका अवसरमा वक्ताहरूले विद्यालय शिक्षा विधेयक छिटो ल्याइनुपर्ने, शिक्षकका पेसागत माग सम्बोधन हुनुपर्ने, शिक्षाको हरेक नीति तर्जमा गर्दा शिक्षकको सहभागिता हुनुपर्ने लगायत माग गरेका छन् ।
पूूर्व शिक्षानन्त्री देवीप्रसाद ओझाले २०३६ सालको आन्दोलनदेखि जोडिएको शिक्षक आन्दोलनले कहिल्यै हार नखाएकाले अहिलेका मागलाई कानुनतः सम्बोधन गर्न सरकार अग्रसर हुनुपर्ने बताउनुभयो ।
संगठनका पूूर्व अध्यक्ष बाबुराम थापाले दुई ठुला दलको सरकार भएको अवस्थामा गुणस्तरीय शिक्षा र पेसागत मागलाई उचित सुनुवाइ हुने आशा व्यक्त गर्नुभयो । संगठनका महासचिव हन्शबहादुर शाहीले शिक्षाको सुधार र पेसागत माग पुरा गराउन आफुहरुबीचको एकतामा जोड दिनुभयो ।