CG Electronics
Ncell NPL
NIMB

श्रमिकको मुद्दा साझा समस्याको रुपमा देखिएको छ  : अर्थमन्त्री पौडेल

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले, श्रमिकका मुद्दाहरु कुनै एउटा मुलुकको मात्र नभई विश्वव्यापी साझा समस्याको रुपमा रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघको २६ औं क्षेत्रिय परिषद्को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले श्रमिकका मुद्दाहरु विश्वव्यापी साझा समस्याको रुपमा रहेको भन्दै यस्ता समस्या सामुहिक प्रयासबाट मात्रै समाधान गर्न सकिने बताए ।

उनले भने, ‘श्रमिकका मुद्दाहरु कुनै एउटा मुलुकको मात्र नभएर विश्वव्यापी साझा समस्याको रुपमा रहेका छन् । सामुहिक प्रयासबाट मात्रै त्यस्ता समस्याहरु समाधान गर्न सकिन्छ भन्ने मलाई विश्वास छ ।’

उनले सरकारले सबैले काम गर्न पाउने अधिकार सुनिश्चित गर्दै श्रम शक्तिलाई देशको मुख्य सामाजिक आर्थिक शक्तिको रुपमा आत्मसाथ गरेको बताए । श्रम शक्तिलाई दक्ष र व्यवसायीक बनाउने र स्वदेशमा नै रोजगारी सृजना अभिवृद्धि गर्ने नीति सरकारले लिएको पनि उनको भनाई छ ।

उनले भने, ‘सरकारले सबैले काम गर्न पाउने अधिकार सुनिश्चित गर्दै श्रम शक्तिलाई देशको मुख्य सामाजिक आर्थिक शक्तिको रुपमा आत्मसाथ गरेको छ । श्रम शक्तिलाई दक्ष र व्यवसायीक बनाउने र स्वदेशमा नै रोजगारी सृजना अभिवृद्धि गर्ने नीति समेत सरकारको छ ।’

उनले समय सापेक्षित श्रमिकको न्युनतम पारिश्रमिकमा परिमार्जन गर्दै समयअनुकुल समायोजन गर्ने नीति कार्यान्वयन गर्दैै आएको जानकारी गराए ।

बैठकमा नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजय कुमार राईले जलवायु परिवर्तनका कारणबाट भएको बाढी पहिरो लगायतबाट केही वर्षबाट नेपालमा भएको मानविय तथा भौतिक क्षतिबाट गरिखाने श्रमिक वर्गमा पर्न गएको समस्या र उनीहरुको न्यायोचित रुपान्तरणका कुराहरु नेपालका तर्फबाट कुरा उठाउने बताए ।

उनले दुई दिने एशिया प्रशान्त क्षेत्रको सबै वरिष्ठ ट्रेड युनियन नेताहरु सम्मिलित बैठकको शुभकामना समेत दिए ।

 

CG Electronics
काठमाडौँ सामान ढुवानी व्यवसायी संघको ११ औँ साधारण सभा सम्पन्न

काठमाडौँ सामान ढुवानी व्यवसायी संघको ११ औँ...

वि.सं.२०८२ माघ २ शुक्रवार २३:५६

  काठमाडौँ। काठमाडौँ सामान ढुवानी व्यवसायी संघको ११ औँ वार्षिक...

तारागाउँ नेक्स्ट पुनः सञ्चालनमा, प्रदर्शनी, फिल्म र अन्य कार्यक्रमको तालिका सार्वजनिक

तारागाउँ नेक्स्ट पुनः सञ्चालनमा, प्रदर्शनी, फिल्म र...

वि.सं.२०८२ माघ १ बिहीवार २३:०१

  काठमाडौँ । बौद्धस्थित समसामयिक कला केन्द्र तारागाउँ नेक्स्ट तीन...

सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन सुस्त, नीतिगत र व्यावहारिक जटिलता कायमै

सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन सुस्त, नीतिगत र...

वि.सं.२०८२ पुस ३० बुधवार १७:३४

काठमाडौँ, पुस ३० । सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन अझै पूर्ण...

बागमती प्रदेशमा नेवारी र तामाङ भाषाको कार्यान्वयनबारे फोनिज संवाद कार्यक्रम हुँदै

बागमती प्रदेशमा नेवारी र तामाङ भाषाको कार्यान्वयनबारे...

वि.सं.२०८२ पुस २९ मंगलवार २१:५२

  काठमाडौं।नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

आदिवासी जनजाति आन्दोलनको समिक्षा आवश्यक, नेफिनको ११औँ महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह

आदिवासी जनजाति आन्दोलनको समिक्षा आवश्यक, नेफिनको ११औँ...

वि.सं.२०८२ पुस २९ मंगलवार २१:३०

  काठमाडौं । आदिवासी जनजाति आन्दोलनले नेपालमा संघीयता, गणतन्त्र, समावेशिता...

बाघझोरा समस्याको दीर्घकालीन समाधानमा सांसद बर्तौलाको पहल

बाघझोरा समस्याको दीर्घकालीन समाधानमा सांसद बर्तौलाको पहल

वि.सं.२०८२ पुस २९ मंगलवार १८:५८

  हेटौँडा । मकवानपुर–२ का प्रतिनिधिसभा सदस्य महेशकुमार बर्तौलाले त्रिभुवन...