हुन्डाई मोटरको ब्रान्ड भ्यालु २३ अर्ब अमेरिकी डलर

Wednesday Oct 23, 2024
वि.सं.२०८१ कात्तिक ७ बुधवार ०९:२६

काठमाडौं । हुन्डाई मोटर $23 बिलियन ब्रान्डको साथ ग्लोबल शीर्ष 30 स्थानमा उक्लियो छ । हुन्डाई मोटर कम्पनीले आफ्नो ब्रान्ड भ्यालु २३ बिलियन डलर पुगेको घोषणा गरेको छ ।
कम्पनीका अनुसार हुन्डाई २०२४ मा इन्टरब्रान्डका उत्कृष्ट ग्लोबल ब्रान्डहरूमध्ये विश्वव्यापी रूपमा ३०औं स्थानमा रहेको छ । पाँच वर्षमा ब्रान्ड मूल्यमा ६३ प्रतिशत वृद्धि भएको र लगातार दोस्रो पटक र्याङ्किङमा वृद्धि भएको छ ।
यस अवधिमा ब्रान्ड ३६औं बाट ३०औं स्थानमा उक्लिएको छ र ब्रान्ड भ्यालु बढेको लगातार १४औं वर्ष भएको कम्पनीले जनाएको छ ।
कम्पनीले आफ्नो उत्पादन र सर्भिसलाई सफ्टवेर र एआईसँग जोडेर सहज बनाइरहेको छ। हुन्डाई मोटरले मोबिलिटी इकोसिस्टम निर्माणमा गेम चेन्जर हुनेगरी काम गरिरहेको जनाएको छ ।
त्यस्तै, हुन्डाई माेटरकाे आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले कोना र आयोनिक फाइन विद्युतीय कार बिक्री गर्दै आएको छ ।