Laxmi Sunrise Bank Limited
NMB Bank
NIC ASIA Bank 2-  2024

ग्लोबल आइएमई बैंक र आईसीआईसीआई बैंक क्यानाडाबीच बैंकिङ्ग सेवासम्बन्धी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर

 

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र आईसीआईसीआई बैंक क्यानाडा बीच विभित्र बैंकिङ्ग सेवासम्बन्धी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यससम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृति सु्रेन्द्रराज रेग्मी र आईसीआईसीआई बैंक क्यानाडाका व्यवसाय प्रमुख हिमादर मड्डिपत्लाले हस्ताक्षर गर्नुभएको छ ।

यो सम्झौता भएसँगै नेपालबाट अध्ययनका लागी क्यानाडा जाने विद्यार्थी, स्थायीरुपमा क्यानाडा बसाई सरी जाने आप्रवासी, तथा फेडरल स्किल्ड वर्करहरुले आईसीआईसीआई बैंक क्यानाडाको बिभित्र बैकिङ्ग सेवा उपभोग गर्न तथा क्यानाडाबाट नेपालमा रेमिट्यान्स पठाउन/प्राप्त गर्न सहज हुनेछ ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्र रहेका छन ।

ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानाडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

आईसीआईसीआई बैंक क्यानाडामा भारतको निजी क्षेत्रको अग्रणी बैंक आईसीआईसीआई बैंक लिमिटेडको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी हो । आईसीआईसीआई बैंक क्यानाडाले क्यानाडा बैंकिङ्ग ऐन अन्तर्गत त्यहाँका धेरैजसो राज्य र क्षेत्रहरूमा प्रत्यक्ष सेवा प्रदायकका रूपमा कारेबार गर्दै आइरहेको छ । थप जानकारीका www.icicibank.ca लागि मा हेर्न सकिन्छ ।

हिमालयाज विजेता दीपक शाहलाई रोयल इन्फिल्ड नेपालले गर्‍याे सम्मान

हिमालयाज विजेता दीपक शाहलाई रोयल इन्फिल्ड नेपालले...

वि.सं.२०८१ कात्तिक १५ बिहीवार २१:१७

काठमाडाैँ । र्‍याली अफ हिमालयाजका विजयी दीपक शाहलाई रोयल इन्फिल्ड...

नविकरणीय उर्जा तथा उर्जा दक्षता विद्येयक चाँडो पास हुन्छ : उर्जामन्त्री खड्का

नविकरणीय उर्जा तथा उर्जा दक्षता विद्येयक चाँडो...

वि.सं.२०८१ कात्तिक १३ मंगलवार १६:१९

काठमाडौँ, १३ कात्तिक । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले...

माछापुच्छ्रे क्यापिटलद्वारा पाँचौँ वार्षिक साधारण सभा आज

माछापुच्छ्रे क्यापिटलद्वारा पाँचौँ वार्षिक साधारण सभा आज

वि.सं.२०८१ कात्तिक १३ मंगलवार १५:३४

  काठमाडौँ । यस माछापुच्छ्रे क्यापिटल लिमिटेडको पाँचौँ वार्षिक साधारण...

दशैं धमाका-झन्झट रहित चाडपर्वका अफरहरूको लाइभ

दशैं धमाका-झन्झट रहित चाडपर्वका अफरहरूको लाइभ

वि.सं.२०८१ कात्तिक १३ मंगलवार ०१:२२

  काठमाडौँ । दशैं नजिकिँदै गर्दा, भेटायोले आफ्नो धमाका अफरहरू...

एनआइसी एशिया क्यापिटलको लगानीकर्ता सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एनआइसी एशिया क्यापिटलको लगानीकर्ता सचेतना तथा वित्तीय...

वि.सं.२०८१ कात्तिक १२ सोमवार ११:०२

  काठमाडौँ । एनआइसी एशिया क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै...

सन नेपाल लाइफद्वारा मार्केटिङ्ग म्यानेजर इन्स्टलेसन कार्यक्रम सम्पन्न

सन नेपाल लाइफद्वारा मार्केटिङ्ग म्यानेजर इन्स्टलेसन कार्यक्रम...

वि.सं.२०८१ कात्तिक १२ सोमवार १०:१५

  काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले आश्विन मसान्तसम्म नियुक्त...