Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकार उद्वार कोषमा ५१ लाख हस्तान्तरण

 

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ । सामाजिक उत्तर दायित्व अन्तर्गत कम्पनीले सो रकम सरकारी कोषमा जम्मा गरेको हो ।

गत असोज ११ र १२ गते परेको अविरल वर्षाको कारण राजधानी काठमाडौंसहित मध्य तथा पूर्वी नेपालमा गएको भिषण बाढी पहिरोमा ठूलो धनजनको क्षति भएकोमा राहत तथा पुननिर्माणमा सहयोग गर्न कम्पनीले ५१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

आज अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीलाई कम्पनीका अध्यक्ष सुरेशलाल श्रेष्ठले ५१ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । बाढी पहिरोले ठूलो मात्रामा जनधनको क्षती भएको र विषम परिस्थितिमा प्रभावित जनसमुदायलाई सहयोग गर्न कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा आर्थिक सहयोग स्वरुप ५१ लाख प्रदान गरेको कम्पनीले जनाएको छ । बीमा क्षेत्रबाट सबैभन्दा धेरै ५१ लाख रुपैयाँ सहयोग गरेर सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले उदाहरणीय कार्य गरेको हो ।

सो अवसरमा प्रधानमन्त्री के.पी.शर्मा ओलीले जनतालाई राहत प्रदान गर्न सहयोगको लागि धन्यवाद दिनुभएको कम्पनीले जनाएको छ । समारोहमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका सञ्चालक सुमित केडिया र हसना शर्मा, प्रमुख कार्यकारी अधिकृत बीरेन्द्र बैदावार तथा कम्पनी सचिव सुदर्शन आचार्यको उपस्थिति रहेको थियो ।

 

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै : मन्त्री पाण्डे

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै :...

वि.सं.२०८२ असार ३० सोमवार १७:१८

  काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले...

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको उत्साह

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको...

वि.सं.२०८२ असार ३० सोमवार १७:१५

काठमाडौं । मौद्रिक नीतिको उत्साह एक दिन पनि टिक्न नसकेपछि...

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो...

वि.सं.२०८२ असार ३० सोमवार १७:०७

काठमाडौं । शिवम् सिमेन्टले आफ्नो ब्रान्ड क्याम्पेन ‘क्वालिटीको मामिलामा नो...

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

वि.सं.२०८२ असार ३० सोमवार १६:५०

काठमाडौं । विश्वव्यापी रूपमा परिचित खड्लज परफ्यूम आधिकारिक रूपमा नेपाली...

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार ठाकुर नियुक्त

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार...

वि.सं.२०८२ असार ३० सोमवार १६:३८

काठमाडौं । महालक्ष्मी विकास बैंकको यही असार २० गते बसेको...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

वि.सं.२०८२ असार ३० सोमवार १६:२६

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विपन्न समुदायका विद्यार्थीलाई स्टेशनरी...