Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

ज्योति विकास बैंकका ग्राहकलाई ठमेल प्लाजा होटल एण्ड स्वीट्समा विशेष छुट

kumari  bank

 

काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई “Thamel Plaza Hotel & Suites” अन्तर्गतका २ वटा होटलमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। बैंकले काठमाडौंको ठमेलस्थित “Ramada Encore” मा १५% र पोखराको लेकसाइडस्थित “Dahila Boutique Hotel मा १०% छुट प्रदान गर्ने सम्झौता गरेको छ।

यस सम्झौतापश्चात, ज्योति विकास बैंकका ग्राहकहरूले यी २ वटा होटलमा खाना तथा रूम चार्जमा आकर्षक छुट पाउनेछन्। ज्योति विकास बैंकले ग्राहकहरुको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।

हालै बैंकले पोखरास्थित “Kuti Resort” मा बैंकका ग्राहकहरूलाई २०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। साथै, बैंकले चितवनस्थित “Jungle Villa Resort” र मकवानपुरस्थित प्रख्यात “Tistung Resort” मा बैंकका ग्राहकहरूलाई १५% सम्मको आकर्षक छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।

संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्ध रहेको छ। आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ।

स्वास्थ्यप्रद जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ़ मान्यतालाई शिरोधार्य गर्दै, यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले प्रदान गरेका ४७ वटा बेबी वार्मर उपकरणहरु मार्फत हरेक वर्ष करिब १७१५ भन्दा बढी नेपाली शिशुहरुको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ। यस्ता जीवन रक्षण गर्ने अतिप्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरू मध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ।

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

 

 

दक्षिण कोरियामा नेपाली विद्यार्थीले दुःख पाएपछि एनओसी दिन शिक्षा मन्त्रालयको स्थगन

दक्षिण कोरियामा नेपाली विद्यार्थीले दुःख पाएपछि एनओसी...

वि.सं.२०८२ वैशाख २९ सोमवार २२:५३

  काठमाडौं । सरकारले दक्षिण कोरियाका लागि जारी गर्दै आएको...

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (एनआइटीएफ) को आज अन्तिम दिन

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (एनआइटीएफ) को आज...

वि.सं.२०८२ वैशाख २९ सोमवार २२:०५

  काठमाडौं । काठमाडौंको भुकृटीमण्डपमा चलिरहेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला...

प्रिमियरका विद्यार्थीहरूद्वारा विद्यालयभित्र उद्यमशीलता, नवप्रवर्तन र नेतृत्वको अभ्यास

प्रिमियरका विद्यार्थीहरूद्वारा विद्यालयभित्र उद्यमशीलता, नवप्रवर्तन र नेतृत्वको...

वि.सं.२०८२ वैशाख २९ सोमवार २१:३७

काठमाडौं । प्रिमियर इन्टरनेशनल IB कन्टिन्युम स्कूल अन्तर्गतको NEB कार्यक्रमका...

Premier Empowers NEB Students through Innovation, Entrepreneurship, and Student Voice

Premier Empowers NEB Students through Innovation, Entrepreneurship,...

वि.सं.२०८२ वैशाख २९ सोमवार २१:३०

The NEB students at Premier International IB Continuum School led...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २८औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत नगद लाभांश पारित

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २८औं वार्षिक साधारण सभा...

वि.सं.२०८२ वैशाख २९ सोमवार १०:५७

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको आ.ब. २०८०/०८१ को...

नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध...

वि.सं.२०८२ वैशाख २८ आइतवार २३:४९

  काठमाडौँ । नबिल बैंकले आफ्नो बौद्ध शाखामा पाँचौ प्रायोरिटी...